२०८१ बैशाख १७, सोमबार | Mon, 29, Apr, 2024

कोरोना भ्रम र यथार्थ


२९२२ पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०७६ चैत्र १९, बुधबार मा प्रकाशित ४ साल अघि
  • दावा फेन्चु लामा
    कोरोना अर्थात कोभिड(ज्ञढ पहिलोपटक सन् २०१९ डिसेम्बर अन्तिम साता चीनको हुबेई प्रान्तको राजधानी वुहानमा देखिएको थियो। वुहान शहरबाट संक्रमन फैलिएर अहिले विश्वभरि महामारीको रुपमा फैलिएको छ । विश्व स्वास्थ संगठन ध्ज्इ को तथ्यांक अनुसार हालसम्म विश्वका १२७ भन्दा बढी देशमा संक्रमन फैलिसकेको छ । जसमा ३२ हजार भन्दा बढीले ज्यान गुमाइसकेका छन भने लाखौं संख्यामा संक्रमित दिनानुदिन बढ्दै गरइरहेको छ । पछिल्लो तथ्याङ्कअनुसार कोरोना भाइरसको सङ्क्रमणबाट सबैभन्दा बढी प्रभावित प्रमुख १० देशमा चीन, इटाली, इरान, दक्षिण कोरिया, स्पेन, फ्रान्स, जर्मनी, अमेरिका, स्वीट्जरल्याण्ड र नर्वे रहेका छन् । बढी प्रभावित १० देशमध्ये तीन एसियाली, एक अमेरिकी र ६ युरोपेली राष्ट्र छन्।

    युग परिवर्तनशील छ । परिवर्तित युगसंगै मानव जगतको विनाश पनि बढ्दो छ । प्राकृतिक विपत्ति बाहेक युद्धको नाममा होस या महामारी या दुर्घटना वा जुनसुकै बहानामा मानवक्षति दिनानुदिन बढ्दो छ। झन अहिलेको विश्वप्रतिस्पर्धा शक्ति प्रदर्शनको प्रतिस्पर्धा भइरहेको छ । आणविक हातहतियार, शक्तिसञ्चय र विश्वबजारको प्रतिस्पर्धा छ। यसले गर्दा विकसित र शक्तिशाली राष्ट्रहरुमा कसको शक्ति कत्ति भन्नेमा होडबाजी चलेको अवस्था छ। यो कोरोना नामक महामारी पनि त्यसैको उपजको रुपमा अनुमान गर्न सकिन्छ । यो महामारीको संक्रमन कसले र किन फैलायो भन्नेमा एकिन तथ्य पुष्टि नभएपनि यो कृत्रिम भाइरस हो भन्नेमा आममानसमा गहिरो शंका छ । झनै पछिल्लो समयको शक्तिशाली राष्ट्रहरु अमेरिका र चीनको आरोप प्रत्यारोपले यो शंका झनै बलियो हुँदै गएको छ ।

    विश्वमा तिब्र जनसंख्या वृद्धि छ, पृथ्वीको आयु घट्दो छ। पृथ्वीको आयु लम्ब्याउनको लागि या शक्तिशाली राष्ट्रहरुले आफ्नो शक्ति परिक्षणका लागि यो सब गरेको अनुमान पनि गर्न सकिन्छ किनकि आधुनिक विश्व संगै मानव बस्तीको विकल्प चन्द्रमा खोज्नु, विकल्पमा मंगलग्रह खोज्नु, जलवायु परिवर्तनमा रोक लगाउन विश्वसम्मेलन र गोष्ठीहरु आयोजना गर्नुको मुख्य उद्देश्य भन्नू नै पृथ्वीको आयु बढाउनु हो। प्रसिद्ध भौतिकशास्त्री स्टिवन हकिङले पृथ्वीको आयु छोटिदै गएको र बढ्दो जनसंख्याको जोखिमले मानिसलाई आगामी सय वर्षपछि नयाँ ग्रहमा बस्नुपर्ने बाध्यता हुनसक्ने बताएका छन। त्यस्तै “द वर्ल्ड बुक इन्साइक्लोपेडिया“ का अनुसार पृथ्वीको अनुमानित आयु ४.५ अर्ब वर्ष छ । र युएनडिपीका तथ्यांक अनुसार सन् २०१६ मा विश्वको जनसंख्या ७ विलियन भन्दा बढी पुगेको छ। विश्वमा प्रत्येक वर्ष ८० मिलियन भन्दा बढी जनसङख्या वृद्धि हुने गरेको तथ्यांक रहेको छ । जनसंख्या वृद्धि भए जसरी जमिन वृद्धि हुदैन। जमिन र जनघनत्वको सन्तुलन कायम गराउनको लागि भएपनि जनसंख्या घटाउनु बाध्यात्मक परिस्थिति छ। यसकै क्रमबद्ध हुनसक्छ कोरोना भाइरस ।

    यसलाई ’सफ्ट थर्ड वर्ल्ड वार’ को रुपले पनि लिन सकिन्छ। अबको तेस्रो विश्वयुद्ध पहिले जस्तो आणविक हातहतियार, गोला बारुदको हुनेछैन । अब हुने विश्वयुद्ध कि ’मेडिकल वार’ हुन्छ या ’साइबर वार’ हुन्छ। मेडिकल वार अन्तरगतकै एक नमुनाका रुपमा लिन सकिन्छ यो हालसालैको कोरोना महामारी। तर अहिलेको यो विश्व आधुनिकीकरण र टेक्नोलोजीले फड्को मारिसकेको परिस्थितिमा यदि पुरानै शैलीबाट विश्वयुद्ध भइहाल्यो भने युद्ध लैन्डिङ हुन कठिन छ । यसले विश्वको कुल जनसंख्या मध्ये करिब ५०५ जनसंख्या क्षति हुन्छ। र बाँकी रहेकामध्ये २५५ जनसंख्या प्राकृतिक रोगब्यादी र भोकमरीले मृत्यु हुन्छ। मानवीय क्षति मात्रै नभईकन उठ्नै नसक्नेगरि धनजनको क्षति हुन्छ। भौतिक, आर्थिक, सामाजिक र साँस्कृतिक पक्ष समेत विलय हुन जान्छ।यो भनेको अन्त्यमा मानवजगतकै अन्त्य हुनु हो । यद्यपि मानवजगतको रक्षाको लागि र पृथ्वीको आयु लम्ब्याउनको लागि कृत्रिम भारस बनाएर संक्रमन फैलाएको हो ।

    अन्तत कोरोना भाइरस प्राकृतिक या कृत्रिम जे भएपनि यसले विश्व आक्रान्त बनाइरहेको छ। यसबारे विशेष जानकार राख्नु र सावधानी अपनाउनु आमनागरिक लगायत सरोकारवाला सबैको उत्तिकै जिम्मेवारी हुन्छ। साबुनपानीले नियमित हात धुने, अनावश्यक भीडभाड नगर्ने, अनावश्यक घरबाहिर ननिस्किने, सार्वजनिक स्वास्थ्य सुझावको पालना गर्ने, प्रतिरक्षा क्षमता बढाउने, शान्त रहने जस्ता सामान्य सावधानीहरु हामी सबैले अपनाउन जरुरी छ।

    कोरोना भाइरसको विश्वव्यापी संक्रमण फैलँदै गर्दा विश्वका मानिस जति त्रसित बन्न पुगेका छन् त्यति नै यसबारेको गलत सूचनाले मानिसलाई भ्रामित पारेको छ। वास्तवमै भन्नुपर्दा गाउँघरमा अझैपनि लकडाउन र होम क्वारेन्टाइन के हो बुझेको छैन । एकथरीका आमबुझाइ शहरबाट गाउँ गएपछि रोगबाट बच्छ भन्ने छ भने अर्को थरि धामीझाँक्री बोलाएर पुजापाठ गर्ने, ग्रह मन्छाउने जस्ता अन्धविश्वासी गतिविधिहरु भइरहेको छ। यसबाट बच्न के गर्नुपर्छ, के गर्नुहुँदैन भन्नेमा अझै सचेतता छैन । यसले गर्दा गाउँमा एकजनालाई मात्रै कोरोना संक्रमित भेटियो भने गाउँमा भयावह स्थिति बन्छ। यसका लागि के गाउँ के शहर सबैले आफ्नो आफ्नो ठाउँबाट सचेतना फैलाऔँ । यसकारण यो विषयमा स्थानीय सरकार पनि गम्भीर हुन आवश्यक छ। सुरक्षित रहौँ । आफू बचौँ र अरुलाई पनि बचाऔँ ।

    दावा फेन्चु लामा
    सभापति
    नेपाली कांग्रेस तेमाल(५, काभ्रे

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार