२०८१ बैशाख ६, बिहिबार | Thu, 18, Apr, 2024

दलाल भ्रष्टाचारी नेताहरुलाई पर्दाफास गर्न युवाहरु एकजुट हुन आवश्यक छ


६६८७ पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०७७ जेष्ठ २२, बिहिबार मा प्रकाशित ३ साल अघि
  • पृथ्वि भुजेल

    युवा भन्नाले शरीरमा बल मानसिकता सोच र सोच सपनामा परिवर्तन गर्ने एउटा उमेर हो।युवा एउटा देशको कर्णधार, रक्षाकवच हो।हामी युवाहरुले के सोच्दै छौ देशलाई सार्वभौम र संवृदि बनाउने कुरा सोच्दै छौ।नेपाल राष्ट्र अहिले सम्म देशको पराधीन मुलुक बनेको छैन तर पनि देशमा विदेशीको हस्तक्षेप यक पछि आर्को हुँदै गएको छ।उनीहरूको रणनीति दिन प्रति दिन फेरिंदै गएको छ।देशको राजनीतिक ,सामाजिक,सांस्कृतिक,भाषिक,धार्मिक,आर्थिक र सैनिक क्षेत्रमा भारतीय बिस्तारबाद ले हस्तक्षेप गर्दै आएको छ।

    हामी युवा हौ र हाम्रो राष्ट्रियता जोगाउनु पर्छ भने हाम्रो देश सार्वभौम सम्पन्न राष्ट्र हो भने हामिलाई बढेको सिक्री चुडाल्नु पर्छ।हाम्रो मुख सिकाएको धागो चुदल्नु पर्छ।हामी सम्पूर्ण युवाहरुले आफ्नो सोचाइलाई फराकिलो बनाउँदै राष्ट्रियताको पक्षमा उभिन सक्नु पर्छ। आजको समयमा कोरोना भाइरस ले विश्व आक्रान्त बनाइरहँदा यसै बिचमा नेपाली भूमिमा भारतले हस्तक्षेप गरेको छ त्यो हाम्रो नेपाली भूमि फिर्ता लिनै पर्छ हाम्रो नेपाली भूमिको यक मुठी माटो पनि भारतको हुनु हुदैंन र हामीलाई उनीहरूको पनि चाहिँदैन।

    कसैको पुच्छर बनेर होइन राष्ट्रिय हितको पक्षमा उभिएर देशको जातीय,क्षेत्रीय,लिङ्गीय,वर्गीय समस्याहरूको समाधान गर्दै उत्पीडित जनसमुदायको अधिकार सुनिश्चित गर्न यक जुट भई हामी सम्पूर्ण नेपाली युवाहरु लाग्नु पर्छ।अझै पनि हाम्रो समाजमा विभिन्न समस्याहरू देखा पर्दछन् जातीय विभेद,दाइजो प्रथा समाज र देशमा विभिन्न घटनाहरू घट्ने मुख्य कारण नै यही कुरा ले गर्दा भएको छ।यदि हाम्रो समाजमा जातीय विभेद,लिङ्गीय,वर्गीय जस्ता विकृतिहरू हटाउन सकिन्न तब सम्म सम्पन्न राष्ट्रको निर्माण गर्न सकिँदैन।

    ‘ ‘ युवा ‘ शब्दलाई उल्टो बाट हेरौ त! वायु हुन्छ।आजको दिनसम्म युवा भने बितिकै आधी तुफान सँग लडेर तुलना गरेको अत्यधिक मात्रामा पाइन्छ।युवा आजको आवश्यकता समयको पुकार भनेको हामी प्रत्यक युवाहरु वायु बनेर देशको सेवामा निस्वार्थ यवम अपेक्षा सहित भई समर्पित भयर हाम्रो पुर्खाहरूले हाम्रो देश नेपालको छवि विश्व मान चित्रमा जसरी बनाएका छन् त्यो छविलाई कायम राख्न आजको आवश्यकता हो र देश सर्वच्च स्थानमा पुर्याउन हामी युवाहरुको जिम्वेवारी हुन्छ। हामी सम्पूर्ण युवाहरुले जिम्वेवारी बहन गर्दै सत्यलाई आत्मसाथ गर्दै सकारात्मक सोचका साथ आगाडि बढ्न सके व्यक्तिगत जीवन त सुन्दर हुन्छ नै यो धर्ती नै स्वर्गमा रूपान्तरण हुन्छ।हामी युवाले जे सोचौं त्यो महत्पूर्ण हुन्छ।

    हाम्रो देश नेपालमा सकारात्मक रूपान्तरणको चाहाना राख्दै थुप्रै संघ संस्थाहरुले विभिन्न अभियान चलाएको थुप्रै पाइन्छ।पछिल्लो समय संघसंस्थाहरू च्याउ उम्रे जसरी खोलिएका छन् तर कतिपय संघसंस्थाहरुले स्वार्थको लागि खोलिएको छ भने कतिपय निस्वार्थ देश र समाजमा भए गरेका टिकाटिप्पणी हरु समेटेर अभियानमा हिँडिरहेको देखिन्छ।तर सकारात्मक रूपान्तरण कति भयो..? हामी कतिको सकारात्मक हुन सक्यौं..? सोच्नु पर्ने विषय बनेको छ जब सम्म युवाहरुको विचारमा सकारात्मक सोचको विकास हुँदैन तब सम्म अमिले चाहेको सम्पन्न राष्ट्र निर्माण गर्न सकिदैन त्यस कारण हाम्रो सोच सकरात्मक हुन आबस्यक छ। देश विदेशमा रहेको नेपाली युवाहरु हाम्रो साथमा आउने छन् देशका दलाल भ्रष्टाचारी नेताहरुलाई पर्दाफास गरेर हाम्रो देशको भबिस्यको हामी नेपाली स्वयम् स्वविवेकले गर्नै ठाउँ सम्म पुग्ने छौ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार