२०८१ बैशाख १०, सोमबार | Mon, 22, Apr, 2024

१६ दिनको लागि पितृहरु पृथ्वि लोकमा


११५६५ पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०७७ भाद्र १९, शुक्रबार मा प्रकाशित ३ साल अघि
  • –दिनेश राज खरेल


    हिन्दुधर्मको संस्कृति, परम्परा र धार्मिकताले मानिसलाई सामाजिक प्राणी बनाएको छ । सांस्कृतिक परम्परा मध्य श्राद्धपनि एक हो । श्राद्ध शब्दमा ‘श्रत्’ धातु लागेर श्राद्ध बन्नगएको हो ।‘श्रत्’ धातुको अर्थ सत्य हो । संस्कृतमा भनिएको छ । –“ श्रत् सत्यं ददातीतिश्रद्धा ।” अर्थात् जसले भित्री हृदयदेखि सत्य मानेर, विश्वास र भक्तिभावले कुनै बस्तु अर्पण गर्दछ त्यसलाई श्रद्धा भनिन्छ । हामीले श्रद्धाभक्ति, विश्वास र विद्यानभित्र रहेर गर्नु पर्दछ । “श्रद्धयादीयते, हूयते, क्रियते तद् श्राद्धम्”अर्थात् श्रद्धापूर्वक दिने, हुने र गर्ने कार्यलाई श्राद्धभनिन्छ ।

    सोह्रश्राद्ध आश्विन महिनामा पर्दछ । आश्विन कृष्णपक्षलाई पितृपक्ष भनिन्छ । यो महिना र मितिअनुसार भाद्र महिनाहो तर नेपाली पञ्चाङ्ग पात्रोलाई नियाल्दा भाद्र १७ गते भाद्र शुक्ल पूर्णिमापूर्ण भई आश्विन कृष्णपक्षको प्रतिपदा सुरु भएको मानिन्छ । प्रतिपदादेखि चतुर्दशीसम्म १४ दिन पूर्णिमा र औसीको २ दिनगरि १६ दिनलाई सोह्रश्राद्धभनिन्छ ।

    सोह्र श्राद्ध अन्र्तगततिथी–मितिहरु भाद्र १७ गते देखि आश्विन १ गते सम्म पर्दछ । भाद्र १७ गते पहिलो दिन सुरु हुने श्राद्धलाई प्रतिपदा श्राद्ध भनिन्छ । त्यसैगरी १८ गते द्वितिया, १९ गते तृतीया, २१ गते चतुर्थी श्राद्ध परेको छ । पञ्चमी २२ गते र २३ गते षष्ठीतिथीछ । २३ गते सप्तमी, अष्टमी, नवमी, दशमी, एकादशी क्रमश २५, २६,२७ र २८ गते पर्दछ । द्वादशी श्राद्ध २९ गते गर्नु पर्छ भने ३० गते त्रयोदशी, ३१ गते चर्तुदशी र आश्विन १ गते अमावस्या वा औशीको श्राद्धगरी पिर्त बिसर्जन गरिन्छ ।

    देव पुजन, यज्ञ–यज्ञादि वाठूला चाडपर्वमाआफ्नो पितृलाई खुसीपारेर मात्रगर्नु पर्दछ । पितृ अतृप्त भएभने देवकार्य पूर्ण हुँदैन । पितृले भर्छन्, देवताले हर्छन् भन्ने भनाई प्रचलनमा रहि आएको छ । दशै नजिकिदै गर्दा हिन्दु धर्मावलम्विहरुको घर–घरमा धुमधामदुर्गा पूजाहुन्छ । दशै नेपालीले विशेष चाडको रुपमा मनाउँछन् । तसर्थ पितृकार्य गरेर मात्र देवकार्य गर्ने अधिकार प्रदान गरिएको छ ।

    योग्यपुत्रवा सन्तानले आफ्ना पितृको पुण्यतिथीमा तर्पण दिनु पर्दछ । सोह्र श्राद्धमा पनि तिथीपारेर पितृको सम्झनामा श्राद्धगर्नु पर्दछ । सोह्र श्राद्धमा गरिएको जल, अन्न, बस्त्र, पिण्ड, तर्पण सात पुस्ताका पिर्तले पाउँछन् भन्ने विश्वास गरिन्छ । आश्विन कृष्ण पक्षमा धर्मराजले पितृहरुलाई पृथ्वीलोकमा पठाउँछन् भनी शास्त्रमा उल्लेख गरिएको छ । स्वर्गलोकका राजा ईन्द्र र पितृलोकका राजा यम हुन् । पितृ पक्षको प्रसङ्गमा महाभारत युद्धमा कर्णको कथाजोडिएर आँउछ । “महाभारत युद्धमा प्राण त्याग गरेका दानवीर कर्णलाई स्वर्गमा भोजनको लागी बस्त्र आभूषण र सुनचाँदि दिइयो । यो घटनावाटअचम्मित भएर दानवीर कर्णले राजा ईन्द्रलाई प्रश्नगर्छन । उत्तरमा ईन्द्रले भन्छन् –“तिमीले जिवनकालमा सुनचाँदि, बस्त्रआभूषण दानग¥यौ तर आफ्ना पितृहरुलार्य अन्नदान नगरेकोले भोजनमा सुनचाँदि बस्त्र आभुषण दिइएको हो ।”दानवीर कर्णले यो विषयमा आफूलाई थाहा नभएको बताएपछि १६ दिनको लागी पृथ्वीलोकमा पठाइएको र पितृपक्षको सुरुवात भएको किम्बदन्ति भेटिन्छ ।”

    ज्योतिषाचार्य रविन्द्र पराजुलीको अनुसार –“कन्यागति सवितरी पितरो यान्तीतत् सुतान्”अर्थाते सूर्य कन्या राशीमाप्रवेश गरेपछिपितृहरु नजिकआँउछन् । आफ्ना सन्तानवाटजल, पिण्ड, तर्पण आदिको आशागर्छन् । बैज्ञानिक तथ्यलाई हेर्दा पनि सूर्य कन्या राशीमा प्रवेश गरेको समय पृथ्वीवाट पितृलोक नजिक पर्न जान्छ । तसर्थ घर छेउछाउ वा नजिक आएको वेला आफन्त तथा सन्तानहरुसंग आशगर्नु स्वभाविक र तर्क संगतपनि छ । यसरि सन्तानले पितृका नाममा प्रदान गरेको जल, अन्न, बस्त्र, पिण्ड, तर्पण सूर्य चन्द्रमाको बाटो भएर पितृले छिट्टै प्राप्तगर्न सक्छन् भन्न सकिन्छ ।”

    हामीले दिएको पितृले पाँउछन् र ? मरेका बाउले के खालान्, बाहुनले पो खान्छन् त भन्ने पनि सुुन्नपाइन्छ । अलि बैज्ञानिक तरिकाले सोच्ने हो भने पाउछन् नै । आजको समयमा इमेल, इन्टरनेट, मोबाइल, अनलाईनबाटआएका खवरहरु आँखाले प्रत्यक्ष देख्न सकिदैन तर हामिले तिबस्तुको उपभोग गरिरहेकाछौं । जसरी विदेशमा भएका आफन्तले त्यस देशको पैसा यहाहामी नेपाली मुद्रामा उपभोग निकाल्न सक्छौं त्यसरी नै हाम्रा पितृहरुले पनि प्राप्त गर्दछन् । विदेशबाटआउको पैसा प्राप्तगर्न कुनै संस्था वा व्यक्ति माध्यम भएजस्तै पण्डितहरुले मन्त्र शक्तिको माध्ययमबाट पितृसम्मतत्तत् पदार्थ पु¥याई दिन्छन् । “पितृदेवताहरु समय क्रमसंग बसु, रुद्र र आदित्य देवताको रुप धारणगर्ने हुनाले त्यहि स्वरुपमा ग्रहण गर्दछन् ।”भन्ने धारणा राख्नु हुन्छ शास्त्रिय अध्येय ताडि.पि.आत्रेय । भगवान श्रीरामले राजा दशरथको देहावसान भएको थाहापाएपछि जलचढाउँदै भन्नु भएको थियो – “ हे महाराज धिराज । मैले दिएको यो शुद्ध जल पितृलोकमा आजै पाउनु हुने छ, हजुरले ग्रहणगर्नुहोस् ।”

    पितृ पक्षमा आफ्ना वंश, कुल, सगोत्रमा रहेका पितृहरु घर वरिपरि घुम्ने गर्दछन् त्यसैले सोह्र श्राद्ध घरमै गर्नु पर्दछ । अनुकुल छैन भने नजिकको तिर्थ वा जलाशयमा गर्नु पर्दछ । घर लगायत श्राद्ध स्थल सफा सुग्घर हुनु पर्छ । पानीले पखालिएको वागाईको गोवरले लिपेको हुनु पर्दछ । श्राद्ध गर्ने व्यक्तिले स्नानगर्नु पर्छ । माछा–मासु, लसुन–प्याज केहि नखाई, एक भक्तिलिई, चोखो बस्त्र र जनै फेरिएको हुनु पर्छ ।

    पितृ देवताको कार्य गर्दा आलस्य त्याग गर्नु पर्छ । सत्य र मधुर बचन बोल्नु पर्छ । झर्काे फर्काे गर्ने दुर्वाच्य बोल्न हुँदैन । अन्न बस्त्र दक्षिणा भोजन अथाशक्य दानगर्नु पर्छ । धैर्य धारण, प्रेम, भक्ति र श्रद्धाको नियम पालन गर्नु पर्दछ । गीतामा कृष्णले अर्जुनलाई भन्नु भएको छ –“प्रेम, भाव र श्रद्धा छैन भने गरेको कार्य तामसिक हुन जान्छ । पितृ प्रसाद बनाइन्छ, भोजन, फलफूलआदिबनाइन्छ । तीचोखो र शुद्धहुनु पर्दछ । चाँदिको वा अन्य शुद्ध भाडाकुँडा प्रयोग गर्नु पर्दछ श्राद्धको दिन कुशको जरो, छोरीको छोरा, तोरीको साग, गाईको दुध र राडी अत्यन्त आवश्यक पर्दछन् ।

    पिर्तहरु तृप्त भएको खण्डमा सन्तान वृद्धिहुने, धन, विद्या, सुख प्राप्तहुने गर्दछ । घरायसि झै–भ्mगडा नहुने, व्यापार व्यवसाय राम्रो हुने भूमि लाभ हुने साथै राज्य नै प्राप्तगर्न पनि सकिन्छ । पितृले स्वर्ग र मोक्ष प्रदान गर्छन् भनने मान्यता रशिआएको छ । हिन्दु धर्मको संस्कार, परम्परा र रितीरिवाजलाई ढोंगी देखावटी र ठगीखाने भनि गलत व्याख्या गरेको पाइन्छ । त्यसरि आफ्नो संस्कार र संस्कृतिको आलोचना गर्दै त्याग्नु राम्रो मानिदैन । यस्तो चरित्रले व्यक्तिमा नकारात्मकता पैदा हुन्छ र दुद्र्दटनाको सिकार बन्न बाध्यबनाउँछ । पितृको आत्मा तृप्त छैन भने त्यो बंशविनाश भएर जान्छ । सन्तानले मानसिक, शारिरिक, आर्थिक संकट भोग्नु परेको थुपै्र उदाहरणहरु छन् ।
    सन्तानले आमाबुवालाई प्रेम, सदब्यवहार र सेवागर्नु पर्दछ । माया, आदर र स्नेहबाटटाढा राख्नु हुँदैन, मृत्यु पश्चातगरिने जति संस्कार छन् तीकार्यलाई पनिविर्षनु हुँदैन । हिन्दु धर्मले सन्ताको जिम्मेवारी संस्कार प्रति इमान्दारी, धार्मिक आस्था र पितृप्रतिको निष्ठालाई उच्चमानेको छ । अन्य धार्मिक र संस्कृतिक क्रियाकलाप साथै श्राद्ध धर्म, संस्कृति र सामाजिक दृष्टिले विज्ञान सम्मत छ । पितृदेवो भव ः

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    १%

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार