२०८१ बैशाख २१, शुक्रबार | Fri, 03, May, 2024

होसियार कुचोको व्यवस्थापन राम्रो नहुंदा घरमा कलह


५३९० पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०७६ आश्विन ६, सोमबार मा प्रकाशित ४ साल अघि
  • धर्म शास्त्रमा मानिसको जीवन पद्धतिका विषयमा सबै कुरा उल्लेख गरिएको पाइन्छ । मानिसले नित्यकर्म गर्दा के के गर्ने ? के नगर्ने विषयमा उल्लेख गरिएको पाइन्छ ।

    केही मानिसहरु सामाजिक मान्यता र रीतिथितिमा निकै विश्वास गर्ने गर्दछन् । विश्वासका आधारमा मानिसले शास्त्रसंगै भाग्य तथा वास्तुलाई पनि मान्दै आएको पाइन्छ ।

     

    भाग्यले साथ दिए पनि मानिसले वास्तुमा ध्यान नपु¥याउँदा वा वास्तुमा मात्र ध्यान दिई भाग्यले साथ नदिएमा पनि मानिसले उचित फल पाउन सक्दैनन् ।

    घरको उत्तरपूर्वी अर्थात इशान दिशामा फोहोर तथा कुचो लगायतका वस्तु राख्नु हुँदैन यसले घरमा कलह हुन्छ । वास्तुशास्त्र अनुसार अरु के के गर्नु हुँदैन ?

    १. घरको ईशान नैऋत्य कोणलाई सफा तथा हलुका सामान राखे राम्रो लाभ मिल्छ ।
    २. यस कोणमा अपवित्र वस्तुहरू, फोहोरमैला तथा कुहिने सामाग्री राख्नुहुँदैन ।
    ३. यस दिशातर्फ भारी वस्तु, जस्तैः सिमेन्टका बोरा, ढुंगा, फलाम लगायतका सामाग्रि राख्नुहुँदैन ।
    ४. जुनसुकै अवस्थामा पनि यस दिशामा शौचालय बनाउनु हुँदैन । अन्यथा घरमा कलह हुन्छ ।
    ५. इशान नैऋत्य कोणमा शौचालय भएमा सन्तान अपांग हुने, वंश वृद्धिमा समस्या हुने बताइन्छ ।
    ६. यी दिशामा फोहोरजन्य सामग्री हुँदा सन्तानमा दुष्चरित्रता र दीर्घरोगको समस्या देखापर्छ ।
    ७. घरको उत्तरपूर्वी दिशा सफा नभएमा घरमा दरिद्रता आउने हुन्छ ।
    ८. घरको उत्तर पूर्वी कोणका कुनामा प्वाल पार्नु हुँदैन साथै कुनै भग्नावशेष समेत राख्नु हुँदैन ।
    ९. यस कोणमा भान्साघर समेत बनाउनु हुँदैन । यसले हानी गर्छ ।

    इशान दिशामा के गर्ने ?

    घरको ईशान नैऋत्य कोण अर्थात उत्तरपूर्वी भागको कुनामा मन्दिर बनाउनु पर्दछ । मन्दिरमा भगवान स्थापित गरँई नियमित पुजा गर्नुपर्दछ ।

    उत्तरपूर्वी दिशामा घरको कृत्रिम जलप्रवाह वा प्राकृतिक वर्षाको बहाव हुनुपर्दछ । यस दिशालाई सकेसम्म खाली, स्वच्छ र सफा राख्नुपर्दछ । त्यतिमात्र होइन घरका प्रत्येक कोठामा ईशान कोण खाली राख्नुपर्दछ ।

    इशान कोणमा के हुन्छ ?

    यदि ईशान कोणमा इनार वा नहर छ भने जमीन हराभरा हुन्छ । विद्यालय छ भने विद्यँर्थीहरु पढ्न मन गर्छन् । यस कोणमा अस्पताल छ भने बिरामी छिट्टै निको हुन्छन् । यस ठाउँमा ब्यवसाय, व्यापार गर्दा आर्थिक लाभ हुने विश्वास गरिन्छ ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार