२०८१ बैशाख २१, शुक्रबार | Fri, 03, May, 2024

यसरी गर्न सकिन्छ अनुहारको संरक्षण


३५१३ पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०७६ आश्विन २०, सोमबार मा प्रकाशित ४ साल अघि
  • ०  अनुहार नियमित धुनुहोस् । मेकअप सफा गरेपछि अनुहार धुने बानी अनिवार्य बसाल्नुहोस् । बिहान या बेलुका व्यायामपछि पनि अनुहार धुनुहोस् ।

    ०  डन्डिफोर आएको छ भने निचोर्ने तथा फुटाउने नगर्नुहोस् । डन्डिफोर फुटाउँदा अनुहारमा पीडा हुनुका साथै अझै धेरै डन्डिफोर आउँछ ।

    ० पटक–पटक अनुहार नछुनुहोस् । अनुहार धेरै छुँदा हातको फोहोर या तेल अनुहारमा लाग्छ । अनुहारका रौँका प्वालमा फोहोर जमेर संक्रमण हुन्छ ।

    ०  अनुहारमा नियमित टोनर प्रयोग गर्नुहोस् । तर, छालाअनुसार उपयुक्त टोनर आवश्यक पर्छ । टोनरले डन्डिफोर, दाग–धब्बाको समस्या कम गर्न तथा छाला सफा राख्न महत्वपूर्ण भूमिका खेल्छ ।

    ० अनुहारमा स्क्रब गर्नुहोस् । स्क्रबले डेड सेल हटाउँछ र छाला चमकदार बनाउँछ । हप्तामा एकपटक स्क्रब गर्नु उपयुक्त हुन्छ । स्क्रब गरेपछि फेसियल, ब्लिचिंग आवश्यक नपर्न सक्छ । तर, धेरै स्क्रब भने नगर्नुहोस् । प्राकृतिक तेल बढी खेर जाँदा छालालाई झन् बेफाइदा गर्छ । समय–समयमा स्किनको ट्रिटमेन्ट पनि गर्नुहोस् ।

    ० छाला नराम्रो हुने, डन्डिफोर आउने मुख्य कारणमा तनाव पनि पर्छ । त्यसैले तनावमुक्त रहनुहोस् । तनावमुक्त हुन विभिन्न उपाय अपनाउन सकिन्छ । योग, ध्यान गर्ने तथा संगीत सुन्ने गर्दा पनि तनावमुक्त भइन्छ ।

    ० छालालाई सूर्यको किरणबाट बचाउनुहोस् । घरबाहिर निस्किनुअघि एसपिएफ ३० भन्दा बढीको क्रिम प्रयोग गर्नुहोस् ।

    ०  आफूलाई उपयुक्त प्रोडक्ट मात्रै प्रयोग गर्नुहोस् । साइड इफेक्ट हुने प्रोडक्ट प्रयोग नगर्नुहोस् । स्किन प्रोफेसनलको परामर्शमा प्रोडक्टहरू प्रयोग गर्नु राम्रो हुन्छ ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार