२०८१ बैशाख २१, शुक्रबार | Fri, 03, May, 2024

घरमा रहेका कुन कुन सामानले अशुभ हुन्छ ?


४०४४ पाठक संख्या
Thumbnail
  • नवसंकेत अनलाईन
  • २०७६ आश्विन २०, सोमबार मा प्रकाशित ४ साल अघि
  • वास्तुशास्त्र अनुसार घर बनाउने र सजाटव गर्दा राम्रो हुन्छ भन्ने धर्मशास्त्र मात्र होइन वैज्ञानिक रुपमा समेत पुष्टि भइसकेको छ । यहाँ हामीले केही कुरा उल्लेख गरेका छौं, वास्तुशास्त्र अनुसार ती कुरा घरमा राख्द अशुभ मानिन्छ ।

    माकुराको जालो : घरमा माकुराले जालो लगायो भने त्यसलाई तुरुन्त हटाउनुस् । किनकी वास्तुशास्त्र अनुसार, माकुराको जालो भएको घरमा गरीबी बढ्छ । यतिमात्र होइन, त्यसले संकट समेत निम्त्याउँछ ।

    परेवाको गुँड : हुन त परेवालाई घरमै पालेर समेत राखिन्छ । तर, वास्तुशास्त्रले भने घरमा परेवाको गुँड हुनुलाई शुभ मान्दैन । यसले घरको शान्तिस्थिति विगारिदिन्छ र परिवारमा फाटो ल्याउँछ ।

    चमेराको गुँड : घरमा चमेराले गुँड लगाएको छ भने पनि देख्नेवित्तिकै हटाइहाल्नुस् । किनकी तपाईंको घरमा चमेराको गुँड छ भने तपाईंले सुरुवात गरेको नयाँ काममा बाधा पुग्छ ।

    फुटेको ऐना : घरभित्र फुटेको ऐना झुण्डयाउनु या राख्नु पनि वास्त्रु शास्त्र अनुसार अशुभ मानिन्छ । किनकी त्यस्तो ऐनाले घरमा गरीबी निम्त्याउनुका साथै अनिकाल समेत निम्त्याउन सक्छ ।

    चुहिने धारो : घरमा चुहिने धारो छ भने पनि त्यो अशुभको संकेत हो । बास्तुशास्त्र अनुसार त्यसले सकारात्मक उर्जा जति बाहिर चुहिएको संकेत गर्छ । त्यसैले चुहिने धारा छ भने तुरुन्त मर्मत गर्नुस् ।

    चर्केको भित्ता : तपाईंको घरको भित्ता चर्केको छ भने पनि तुरुन्तै मर्मत गर्नुस् । वास्तुशास्त्र अनुसार, त्यसले तपाईंको परिवारमा गरीबी बढाउँछ ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार