२०८१ बैशाख २१, शुक्रबार | Fri, 03, May, 2024

पुरुषले भुलेरपनि भन्न नहुने चार कुरा


१२३३९ पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०७६ आश्विन २८, मंगलबार मा प्रकाशित ४ साल अघि
  • चाणक्य राजनीतिका मात्र नभई जीवन दर्शनका पनि ज्ञाता थिए । उनले जीवनमा जे–जति अनुभव सँगाले र जुन नियम बनाए त्यो लोकलाई दिएर अमर भए ।

    उनी महान् शिक्षक, गुरु पनि थिए । उनका केही कुरा जो सयौं वर्षपहिले जति सान्दर्भिक थिए, अहिले पनि त्यत्ति नै सान्दर्भिक छन् । चाणक्य शास्त्रका अनुसार पुरुले गोप्य राख्नुपर्ने चार कुरा यस्ता छन्–

    १. कुनै पुरुषको मनमा दुःख छ भने त्यो कसैसँग अभिव्यक्त गर्न नहुने बताएका छन् । किनभने संसारमा सच्चा हितैषी एकदमै कम हुने गर्छन् । जुन मानिससँग दुःख अभिव्यक्त गरिन्छ उसैले पिठ्युँपछाडि यसको मजाक उडाउन सक्छ । जसका कारण यसले झन दुःखी बनाउँछ ।

    २. चाणक्यले धनको क्षति भयो भने पनि यसबारे कसैलाई भन्न नहुने सुझाएका छन् । धनको क्षतिबारे अरूलाई बताउँदा यसले प्रतिष्ठा नष्ट हुन्छ । मानिसहरूले उसको सम्मान गर्न छाड्छन् । मानिसले धन क्षति भएको थाहा पाएमा सम्मानको साटो उपहासको विषय बनाउन थाल्छन् ।

    ३. पुरुषले आफ्नो घरको भित्री कुरा पनि बाहिर कसैलाई बताउन नहुने चाणक्यले भनेका छन् । विशेषगरी आफ्नी पत्नीको चरित्रका विषयमा अर्कोसँग कुनै पनि टिप्पणी गर्नु हुँदैन । यसो गर्नाले पुरुषको प्रतिष्ठा र सम्मानको नाश हुन्छ ।

    ४. चाणक्यले भनेका छन्– जीवनमा मिलेको अपमानलाई कहिल्यै पनि अरूका सामुन्ने चर्चाको विषय बनाउनु हुँदैन । हुन सक्छ, तपाईं अरूलाई भनेर मनको भावना पोख्न चाहनुहुन्छ तर सुन्ने मानिसले यो कुरा दोस्रो मानिसलाई बतायो भने अपमान झन बढ्न सक्छ । यसकारण अपमानसँग जोडिएका घटना कहिल्यै कसैसँग बताउनु हुँदैन ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार