२०८१ बैशाख १९, बुधबार | Wed, 01, May, 2024

आज – ०२ कार्तिक २०७६ शनिवार को राशिफ


२७७५ पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०७६ कार्तिक २, शनिबार मा प्रकाशित ४ साल अघि
  • मेष

    मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) भौतिक सुविधाका साधन खरिद गर्ने अवसर जुट्न सक्छ । घरपरिवारमा रमाइलो वातावरण छाउनेछ । शुभकार्यको चर्चा चल्नेछ । पूजा पाठमा मन जाला ।

    बृष

    वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) टाढा रहेका साथीभाइहरूसँग मनोरञ्जक भेटघाट हुनेछ । मनोरञ्जक क्रियाकलापमा सहभागी हुन पाइनेछ । औपचारिकतामा अल्लि बढी व्यस्त रहनु पर्नेछ ।

    मिथुन

    मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) अभिभावकको सुझावले उचाइमा पुर्‍याउन सहयोग गर्नेछ । धार्मिक तथा समाजसेवामा मन लाग्नेछ । शुभकार्यको चर्चापनि चल्नेछ ।

    कर्कट

    कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) अभिभावकले स–साना त्रुटि औंल्याउँदा मन खिन्न हुनेछ । मेहनतपूर्वक गरिएको काममा अपजस आइलाग्ला । यात्रामा सावधानी अपनाउनु पर्नेछ ।

    सिंह

    सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) होसियारीपूर्वक गरिएका कार्यबाट प्रर्याप्त आर्थिक लाभ लिन सकिनेछ । शैक्षिक क्षेत्रमा सफलता मिल्नेछ । वैदेशिक क्षेत्रबाट सफलता मिल्नेछ ।

    कन्या

    कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) शुभ समाचार सुन्न पाइएला । मित्र जनबाट साथ सहयोग मिल्ने देखिन्छ । आफ्नो क्षेत्रमा प्रभूत्व जमाउन सकिनेछ । मनोरञ्जनमा सहभागी भइएला ।

    तुला

    तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) राज्यबाट मान सम्मान पाइनेछ । वैदेशिक क्षेत्रमा गरिएका कार्यले अन्ततः फाइदा नै पुर्‍याउनेछ । व्यापार व्यवसायबाट पनि उन्नति नै देखिन्छ ।

    बृश्चिक

    वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) अनावश्यक ठाउँमा धन खर्च हुनेछ । श्रमअनुसार फाइदा कमै होला । कार्यमा अवरोधका साथै स्वास्थ्यमा पनि प्रतिकूलता रहन सक्ने देखिन्छ ।

    धनु

    धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) अन्योलका बीच उन्नतिको मार्ग प्रशस्त हुनेछ । क्षमता प्रदर्शन गर्ने क्रममा पदोन्नतिको ढोका खोलिनेछ । आँटेको र ताकेको कार्य पुरा होला ।

    मकर

    मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) सुन्दर पहिरनले ब्यक्तित्वमा निखारता ल्याउनेछ । धार्मिक यात्राको योगछ । आत्मविश्वास र पराक्रममा वृद्धि हुनेछ । प्रेम प्रस्ताव प्राप्त हुने सम्भावना छ ।

    कुम्भ

    कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) आज परोपकार तथा सहयोग आदिमा पनि भूमिका निर्वाह गर्न पाइनेछ । वित्तिय संस्थाबाट सहयोग पाईनेछ । स्वास्थ्यको भने विशेष ख्याल राख्नुपर्नेछ ।

    मीन

    मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) विश्वासपात्रलाई वचन दिदा संयम अपनाउनुहोला । बाहिरी खानपान तथा मनोरञ्जनमा समयको ख्याल गर्नुपर्नेछ । अनावश्यक झमेलामा परिएला । – ज्यो.प. नारायणप्रसाद

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार