२०८१ बैशाख १३, बिहिबार | Thu, 25, Apr, 2024

निन्द्रा राम्रो नभए आउछ सुसाईडको विचार


२७९२ पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०७६ कार्तिक ४, सोमबार मा प्रकाशित ४ साल अघि
  • कोही व्यक्ति निराश छ भने राम्रो निद्रा लिनु आवश्यक हुन्छ । पर्याप्त निद्रा नपुग्दा आत्महत्याको विचार आउँछ । म्यानचेस्टर विश्वविद्यालयले गरेको अनुुसन्धानले यो कुरा पत्ता लगाएको हो ।

    अनुसन्धानकर्ता डोना लिटलवूडले बेलायतमा करीब ५१ मानिससँग कुराकानी गरेकी थिइन् । उनीहरूले बारम्बार आत्महत्याको कुरा गर्थे । सोधीखोजी गर्दा उनीहरूलाई राति एकदमै कम निद्रा लाग्ने गरेको पाइयो । राम्रो निद्रा नलाग्दा
    उनीहरू केही न केही सोचेर बसिरहेका हुन्छन् अनि उनीहरूलाई मानसिक चोट पुगेका क्षणहरू नै प्रायः याद आइरहेका हुन्छन् ।

    अनुसन्धानकर्ताहरूले चिकित्सकहरूलाई निराशाको चिकित्सा गर्दा पर्याप्त निद्रा लाग्ने उपाय पनि सुझाउन सल्लाह दिएका छन् । यसरी आत्महत्याको सम्भावना क मगर्न सकिन्छ । शरीरका लागि निद्रा एकदमै महत्त्वपूर्ण हुन्छ ।

    निराशा र तनाव मात्र नभई निद्राले अन्य रोगबाट पनि मुक्ति दिलाउँछ । त्यसैले चिकित्सकहरूले औषधि खानुका साथसाथै आराम गर्ने सल्लाह पनि दिन्छन् । रोगीहरूलाई उनीहरू निद्राको ओखती दिन्छन् । शारीरिक वा मानसिक पीडाबाट ध्यान हटाउनका लागि पेनकिलरका साथसाथै निद्राको औषधि पनि दिइन्छ । राम्रो निद्रा आएन भने तनाव र झर्कोफर्को हुन्छ । यसले अन्य रोग पनि लगाउँछ । पूरा निद्रा नपाउने मानिसले व्यायाम गर्न पनि मन गर्दैन । त्यसैले पनि राम्रो निद्रा आवश्यक हुन्छ । एजेन्सी

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार