२०८१ बैशाख ६, बिहिबार | Thu, 18, Apr, 2024

खतरनाक मानिने साईकोसिस रोग कसरी लाग्छ


४०३४ पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०७६ कार्तिक ४, सोमबार मा प्रकाशित ४ साल अघि
  • मानसिक रोगमध्ये साइकोसिस सबैभन्दा उच्च तहको खतरनाक रोग हो । मानसिक रोगका पनि विभिन्न प्रकारहरु हुन्छन् । जस्तो साईकोसिस, छारे रोग, डिप्रेसन आदि । योमध्ये साइकोसिस रोग अन्यभन्दा धेरै जोखिमयुक्त रहेको मानसिक चिकित्सकहरुले बताएका छन् ।

    नेपालको एक मात्र मानसिक अस्पतालमा आएका बिरामीहरुको तथ्यांकलाई आधारमान्दा किशोरावस्थामा नै धेरै मानसिक रोगले सताउने गरेको छ । यो तथ्यांक पछिल्लो समय बढ्दो मात्रामा छ । अस्पतालमा आएका बिरामीहरु मध्ये प्रायः २० देखि ४० वर्षबीचका मानिसहरुमा यो मानसिक रोग सम्बन्धी गम्भीर समस्या देखिएको छ । केही समय अघि अस्पतालले यस सम्बन्धी तथ्यांक विश्लेषण पनि गरेको थियो । सो क्रममा कूल बिरामी संख्याको ८० प्रतिशतभन्दा धेरै यो उमेर समूहका बिरामी थिए । यसमध्ये प्रायः ३५ वर्षभन्दा माथिका बिरामीहरुमा डिप्रेसन देखिने गरेको छ ।

    प्रविधिसँगको धेरै लतका कारण पनि साइकोसिसका बिरामीहरु पछिल्लो समय बढ्दै गएको मानसिक अस्पतालका निर्देशक डा. मोहनराज श्रेष्ठले जानकारी दिए । उनका अनुसार साइकोसिस कडा रोगहरुको समूह हो । उनका अनुसार ५० शैयाको सो अस्पतालमा ४/५ जना छाडेर सबै शैयाहरु साइकोसिसका बिरामीले भरिएको छ ।

    सामान्य किसिमका बिरामीहरुलाई बहिरंग उपचार गरेर घर पठाउने गरिन्छ । गम्भीर किसिमका मानसिक रोगीहरुलाई भने अन्तरंग सेवामा भर्नागरेर उपचार गर्ने गरिएको छ । यो रोगलाई नेपालीमाभन्दा पागलपन भन्ने गरिन्छ । यो रोग लागेका मानिसहरु सामाजिक रुपमा नमिल्दो किसिमको व्यवहार गर्ने गर्छन् । उनीहरुको मानसिक असन्तुलन ठम्याउन नै मुस्किल पर्ने गर्छ । यसमा पनि फरक फरक किसिमका मानसिक रोगीहरु पर्छन् ।

    श्रेष्ठका अनुसार डिप्रेसन बढ्दै गएरपछि त्यो व्यक्तिमा साइकोसिस हुने गर्छ । डिप्रेसनको चरमसीमामा उदास हुने लक्षणहरू सँगसँगै पागलपनका लक्षणहरू पनि भेटिन सक्छन् । कोही नयाँ मानिस आफ्नो सामु आयो भने आफूलाई मार्न आएको भनेर एक्कासी आत्तिने, एकाएक आफ्नो शरीरका सबै बस्त्रहरु फुकालेर हिँड्ने जस्ता व्यवहारहरु ती बिरामीहरुले गर्छन् । त्यस्तो हुँदा पनि उनीहरुलाई आफूले गरिरहेको कृत्यको बारेमा जानकारी हुँदैन ।

    आफ्ना स्वजनहरू मरिसके या आफ्नो शरीरका भागहरू कुहिएर झरिसके जस्ता कुराकानी समेत यो रोग लागेका मानिसहरुले गर्छन् । आफ्नो श्रीमान या श्रीमतीहरु अरुसँग लागेको भनेर अनावश्यक शंका गर्ने र त्यसैमा चिन्ता लिने काम समेत यो रोगलागेका बिरामीहरुले गर्छन् । उपचार नगरेमा यो अवस्था कति लम्बिन्छ भन्न सकिन्न । संक्रमण र आत्महत्याको सम्भावना यस प्रकारको पागलपनमा बढी हुने हुनाले औषधि गर्नैपर्ने हुन्छ ।

    साइकोसिसका प्रकार र कारण

    सामान्यतया साइकोसिस दुई किसिमको हुन्छ । एउटा प्राङ्गारिक (अर्गानिक) साइकोसिस र अर्काे कार्यात्मक-फन्क्सनल) साइकोसिस । जसमध्ये पहिलो साइकोसिस शारीरिक या मानसिक खराबीका कारण हुन्छ । दोस्रो बाहिरी दुर्घटनाको कारण हुने गर्छ ।

    दोस्रो अर्थात् कार्यात्मक (फन्क्सनल) साइकोसिस टाउकोमा लागेको चोटपटक, छारेरोग तथा अन्य कम्पन, म्यादी ज्वरो, छातीको सङ्क्रमण तथा अन्य सङ्क्रमणहरू, मेनिनजाइटिस, इन्सेफ्लाइटिस आदि कारणले लाग्ने गर्दछ ।

    मदिरा एवं लागूपदार्थको अत्यधिक सेवन, विभिन्न प्रकारको औषधिजस्तै- स्ट्रोआइड, ब्रोमोक्रिपटिन तथा टिबी रोगमा प्रयोग हुने औषधि आइएनएच आदिको धेरै प्रयोगले पनि साइकोसिस हुने गर्दछ ।

    दोस्रो अर्थात् कार्यात्मक(फन्क्सनल) साइकोसिस पनि तीन प्रकारको हुन्छ । पहिलो एक्युट साइकोसिस, दोस्रो रिकरेन्ट साइकोसिस र तेस्रोमा क्रोनिक साइकोसिस । पहिलो एक्युट साइकोसिस मानसिक तनाव धेरै हुँदा लाग्ने गर्दछ । यो छोटो समयको लागि हुन्छ । दोस्रो रिकरेन्ट साइकोसिस बेला बेलामा दोहोरिइरहने स्वभावको हुन्छ । केही समयको लागि रोग निको हुने र केही समयपछि फेरि रोग सुरु हुने हुन्छ । अर्काे क्रोनिक साइकोसिस दीर्घकालसम्म असर गर्ने किसिमको साइकोसिस हो । यो रोग बिस्तारै सुरु हुन्छ भने लामो समयसम्म यसको असर देखिँदैन । एक्कासी यसको असर देखिन थाल्छ ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार