२०८१ बैशाख ७, शुक्रबार | Fri, 19, Apr, 2024

यस्ता तरकारी खाँदा हृदयघातबाट जोगिन मद्धत पुग्छ


३१२३ पाठक संख्या
Thumbnail
  • नवसंकेत अनलाईन
  • २०७६ कार्तिक २०, बुधबार मा प्रकाशित ४ साल अघि
  • हामी दैनिक रुपमा भातसँगै तरकारी पनि खाइरहेका हुन्छौँ । स्वादका लागि मात्रै नभएर हामीले खाने तरकारीले हाम्रो स्वास्थ्यलाई पनि विभिन्न रोगबाट बचाउन सहयोगी भूमिका खेलिरहेको हुन्छ । भोजनसँगै खाने तरकारी तथा सागहरुले दिन प्रतिदिन हृदय रोग जस्ता धेरै रोगहरुबाट बचाउन मद्दत पुग्दछ ।
    स्वास्थ्यका लागि लाभकारी केही तरकारीबारे जानकारी राखौँ ।

    प्याज

    यसको प्रयोग सलादको रुपमा समेत गर्न सकिन्छ । प्याज हृदय कमजोर भएका डरपोक व्यक्तिहरूको धड्कन बढेर हृदयघात हुने व्यक्तिहरूका लागि लाभदायक छ ।

    टमाटर

    यसमा भिटामिन सी, बिटाकेरोटिन, लाइकोपिन, भिटामिन ए एवं पोटासियमको मात्रा प्रचुर हुने भएकाले यसको प्रयोग गर्ने व्यक्तिहरूमा हृदय सम्बन्धी रोगको समस्याको खतरा हुँदैन ।

    लौका

    यसको प्रयोगले शरीरमा कोलेस्ट्रोलको मात्रालाई नियन्त्रणमा राख्दछ । ताजा लौकाको रसमा पुदिनाको पत्ता अथवा तुलसीको पत्ता मिसाएर दैनिक दुई पटक खान सकेमा शरीरलाई स्फूर्ति राख्न सकिन्छ ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार