२०८१ बैशाख ७, शुक्रबार | Fri, 19, Apr, 2024

तुलसिको पातले मानव स्वास्थ्यमा दिने फाईदाहरु


४८५७ पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०७६ कार्तिक २४, आईतबार मा प्रकाशित ४ साल अघि
  • औषधीय गुण भएको बहुउपयोगी वनस्पति तुलसी हरेक रोगका लागि उपयोगी मानिन्छ ।आयुर्वेदमा समेत तुलसीलाई विभिन्न रोगको अचुक औषधिका रुपमा लिइएको छ । चिकित्सकका अनुसार समेत तुलसीमा सयौँ रोग निको पार्ने क्षमता हुन्छ ।

    यसका पात, हाँगा, फूल, जरा, बीउ सबै उत्तिकै महत्व छन् । यसले भोक जगाउने, रुची जगाउने तथा पाचन क्रिया बढाउनुका साथै झाडावान्ता पनि रोक्ने कार्य गर्दछ । तुलसी रोपेको चारसय मिटर वरपरको वातावरणलाई सुगन्धले शुद्ध पार्छ भन्ने जनविश्वास छ । तुलसीको अरु औषधिय गुण के के छ त ?

    १. जाडो मौसममा हुने रुघाखोकी, निमोनिया, ब्रोक्राइटिस र श्वास प्रश्वासका समस्यामा नियमित तुलसीको पात चपाएर खाएमा लाभदायी हुन्छ ।

    २. तुलसीको पातको चुर्ण बनाई अदुवा र मरिचसँग मिसाएर खाएमा स्वास्थ्यमा धेरै फाइदा पुग्छ ।

    ३. तुलसीलाई तातो पानीमा मिसाएर पिउँदा टाउको दुखेको, चिसोका कारण नाक बन्द भएको, पिनास र श्वासनली बन्द भएको समस्याबाट छुटकारा पाइन्छ ।

    ४. धेरै दिशा लागेमा तुलसीको ८/१० वटा पातलाई जाईफल पिनेर खाएमा ठीक हुन्छ ।

    ५. आउ परेमा १०/१२ तुलसीको पात मिस्रीसँग पिनेर खाने गरेमा ठीक हुन्छ ।

    ६. दिशामा रगत आएमा १/२ चम्चा तुलसीको गेडा आधा ग्लास पानीमा बेलुका भिजाएर बिहान खाने गरेमा ठीक हुन्छ ।

    ७. अल्काई भएमा १०/१२ वटा तुलसीको पात खाएर पानीले निल्ने साथै तुलसीको पातको लेदो नरिवलको तेलमा फिटेर गुद्द्वारको घाऊमा लगाएमा ठीक हुन्छ ।

    ८. घाटी बसेर बोल्नै नसक्ने भएमा १०/१२ वटा तुलसीको पात ४/५ दाना मरिच र मिस्रीको टुक्रासँग चपाएर निल्दा घाटी बसेको ठीक हुन्छ ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार