२०८१ बैशाख १२, बुधबार | Wed, 24, Apr, 2024

कोलेस्टेरोल लाई नियन्त्रण कसरी गर्ने ?


५०१० पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०७६ मंसिर २९, आईतबार मा प्रकाशित ४ साल अघि
  • शरीरमा यदि खराब कोलेस्टेरोल (एलडिएल) बढेमा मुटुसम्बन्धी अनेक रोग लाग्न सक्छन् । ज्यादै खतरनाक मानिने एलडिएल कोलेस्टेरोल बढेमा यसले शरीरलाई धेरैखाले नोक्सानी पुर्याउँछ ।

    वास्तवमा खानासित हामी जुन चिल्लोपदार्थ (फ्याट) लिन्छौँ, तिनैलाई परिवर्तन गरेर हाम्रो शरीरले कोलेस्टेरोल निर्माण गर्दछ । एलडिएल कोलेस्टेरोल कम गर्नका लागि हामीले सीमित मात्रामा मात्र चिल्लोपदार्थको सेवन गर्नुपर्ने हुन्छ । यसका अलावा खाने बानीमा सुधार गरेर पनि हामी ब्याड कोलेस्टेरोलमा सुधार गर्न सक्छौँ । आफ्नो नियमित खानामा यी ३ पदार्थलाई सामेल गरेर हामी ब्याड कोलेस्टेरोललाई नियन्त्रणमा राख्न सक्छौँ ।

    चिया (ग्रिन र ब्ल्याक)

    नियमित चिया पिउनाले पनि कोलेस्टेरोल नियान्त्रणमा रहन्छ । खराब कोलेस्टेरोललाई नियन्त्रण गर्न ग्रिन टी र ब्ल्याक टी पिउनुपर्ने हुन्छ । ग्रिन टीमा यस्तो एन्टिअक्साइड पाइन्छ, जसले कोलेस्टेरोललाई नियन्त्रणमा राख्दछ ।

    दाल

    दाल शरीरका लागि निकै फाइदाजनक हुन्छ । खराब कोलेस्टेरोललाई कम गर्ने सबैभन्दा राम्रो फाइबर दालमा पाइन्छ । दालमा प्रोटिन, कार्बोहाइड्रेड, भिटामिन र मिनरल्स पाइन्छन्, जसले मुटुलाई स्वस्थ राख्छन् । रहर, मुगीलगायत दालको सेवनले एलडिएल कोलेस्टेरोल कम हुन्छ ।

    ओट्स

    ओट्सले पनि शरीरमा भएको खराब कोलेस्टेरोलको स्तरलाई नियन्त्रणमा राख्छ । ओेट्समा घुलनशील फाइबर, प्रोटिन र सुगर रहेको हुन्छ । यसमा अधिक फाइबर हुने हुनाले यसको सेवनले कोलेस्टेरोल नियन्त्रणमा रहन्छ र मुटुका मांसपेशीहरू बजबुत हुन्छन् ।

    कोलेस्टेरोल घटाउने १५ तरिका

     

    कालेस्टेरोल रगतमा पाइने एक प्रकारको बोसो हो । रगतमा बोसोको मात्रा सामान्य भन्दा बढि भएमा सो बोसो रगतको नलिको भित्तामा बसेर नलिलाई साघुरो बनाउछ, जसले रक्तप्रवाहमा कमी हुनसक्छ । उच्च कालेस्टेरोलले मुटुको रक्तनली (कोरोनरी आर्टरी) साँघुरो भएर बन्द हुने अवस्थामा पुग्न सक्छ । यस्तो अवस्थालाई हर्टअट्याक भनिन्छ । युवाहरुमा देखिने हर्टअट्याकको प्रमुख कारण हाइ कालेस्टेरोल हो।
    रगतमा कालेस्टेरोलको मात्रा बढी हुने प्रमुख २ कारणहरु हुन्छन् । पहिलो धेरै चिल्लो खाना र दोस्रो वंशाणुगत कारण हुन्छ । रगतमा कालेस्टेरोलको मात्रा बढी भएको कुनै लक्ष्यण देखिदैन । हाइ कालेस्टेरोलको लक्ष्यणको रुपमा एकैपटक हर्टअट्याक वा ब्रेन स्ट्रोक देखिन सक्छ । त्यसैले २० वर्ष भन्दा माथीका सबै मानिसले कम्तिमा पनि वर्षमा एकपटक रगत परीक्षण गरी कालेस्टेरोलको मात्रा थाहा पाउनुपर्छ । खानपान, मोटोपना र शारीरिक गतिविधिमा कमीका कारण कोलेस्टेरोलको मात्रा बढ्दै जान्छ ।

    उच्च रक्तचाप, मधुमेह, मुटु रोग र मोटा मानिसलाई कोलेस्टेरोल हुने सम्भावना बढी हुन्छ । कोलेस्टेरोल बढी भएमा सुगर, रक्तचाप, थाइराइड र मुटुको जाँच गराउनु पर्छ ।

    कालेस्टेरोल जाँच
    रगतमा कालेस्टेरोलको मात्रा थाहा पाउन गरीने जाँचलाई लिपिड प्रोफाइल भनिन्छ । कालेस्टेरोलको मात्रा थाहापाउन कम्तिमा ९ देखि १२ घण्टाको खालिपेटमा रगतको लिपिड प्रोफाइल परीक्षण गराउनुपर्छ । लिपिड प्रोफाइलमा रगतमा ५ वटा कोलेस्टेरोलको जाँच गरिन्छ ।

    १) टोटल कोलेस्टेरोल

    यसले रगतमा राम्रो र नराम्रो दुबै कोलेस्टेरोलको पुरै मात्रा देखाउछ । यो परीक्षणबाट एलडिएल, एचडिएल वा ट्राइग्लीसराइड मध्ये कुन बढी छ भन्ने थाहा हुदैन। तसर्थ टोटल कोलेस्टेरोलको जाँचमात्र गरेर ढुक्क हुनुहुदैन ।

    २) एलडिएल कोलेस्टेरोल

    एलडिएल कोलेस्टेरोललाई नराम्रो कोलेस्टेरोल भनिन्छ । यो बढ्नु सबैभन्दा बढी खतरा मानिन्छ । एलडिएल कोलेस्टेरोलको मात्रा बढेमा यो रक्तनलीको भित्ता बसेर नलीलाई साघुरो बनाउछ । सामान्य मानिसमा एलडिएल कोलेस्टेरोल १३० भन्दा कम हुनुपर्छ र १६० भन्दा बढी भएमा औषधि सेवन गर्नुपर्ने हुन्छ। तर मधुमेहका बिरामी, हर्टअट्याक भइसकेका र मुटुको रक्तनलिमा समस्या भएका बिरामीमा एलडिएल कोलेस्टेरोलको मात्रा १०० भन्दा कम हुनुपर्छ । एलडिएल कोलेस्टेरोलको मात्रा जति कम भयो हर्टअट्याकको सम्भावना त्यति नै कम हुन्छ ।

    ३) एचडिएल कोलेस्टेरोल

    एचडिएल कोलेस्टेरोललाई राम्रो कोलेस्टेरोल भनिन्छ । यसले रक्तनलीलाई साघुरो हुनबाट जोगाउछ । यो कोलेस्टेरोल मुटुका लागि राम्रो मानिन्छ । एचडिएल कोलेस्टेरोल को मात्रा जती बढी भयो त्यति नै राम्रो मानिन्छ । यसको मात्रा पुरुषमा ४० भन्दा बढी र महिलामा ४५ मिलिग्राम भन्दा बढी हुनुपर्छ ।

    ४) भिएलडिएल कोलेस्टेरोल

    यो कोलेस्टेरोलको त्यति महत्व हुदैन तर यसको मात्रा पनि सामान्य हुनु राम्रो मानिन्छ ।

    ५) ट्राइग्लीसराइड कोलेस्टेरोल

    ट्राइग्लीसराइड पनि मुटु रोगसंग सम्बन्धीत हुन्छ । तर यसलाई एचडिएल र एलडिएल भन्दा कम महत्व दिइन्छ । ट्राइग्लीसराइड बढी भएकामा पनि मुटु रोग बढी भएको पाइन्छ । ट्राइग्लीसराइड मदिरा र चिल्लो पदार्थका खानाका कारणले बढ्छ । ट्राइग्लीसराइड ५०० मिलिग्राम भन्दा बढी भएमा पैन्क्रियाजमा खराबी भएर पैन्क्रियाटाइटिस भन्ने रोग लाग्नसक्छ । मधुमेहि र मुटु रोगीमा ट्राइग्लीसराइड १५० देखी २०० मिलिग्राम भन्दा कम हुनुपर्छ ।

    कोलेस्टेरोल बढेमा नसाबाट राम्रोसँग रक्तसञ्चार हुन पाउँदैन, जसले गर्दा हृदयाघात हुने जोखिम हुन्छ । कोलेस्टेरोलको मात्रा बढ्न नदिन अपनाउनुपर्ने केही उपाय यस्ता छन्ः

    – कोलेस्टेरोलको समस्या भएकाहरूले तेल र तेलजन्य पदार्थको सेवन सन्तुलित मात्रामा गर्नुपर्छ । प्रतिदिन तीन चम्चाभन्दा बढी तेल भरिसक्के खानु हुँदैन ।

    – भान्छामा प्रयोग गर्ने तेल बदलिरहनुपर्छ । एकपटक ल्याएको तोरीको तेल सकिएपछि सूर्यमुखी, जैतुन, तिल, नरिवल तेल आदि ल्याउनुपर्छ । नियमित एउटै तेल खानु हुँदैन । यसरी तेल बदलेर खाने गर्नाले शरीरलाई उपयोगी हुने खालका सबै खाले फ्याट प्राप्त हुन्छन्, जुन कोलेस्टेरोलको बिरामीका लागि उपयोगी हुन्छन् ।

    – कोलेस्टेरोलको मात्रा सन्तुलनमा अमला खाने गर्नुपर्छ ।

    – चुकन्दर खानाले पनि रगतमा कोलेस्टेरोलको मात्रा सन्तुलनमा रहन्छ ।

    – हरियो सागसब्जी, कोसे तरकारी, केराउ, सूर्यमुखीको दाना, आलसजस्ता खानामा फोलिक एसिड प्रशस्त मात्रामा पाइन्छ, जसले शरीरमा कोलेस्टेरोलको मात्रालाई नियन्त्रित र सन्तुलित अवस्थामा राख्छ ।

    – मेथी, लसुन, प्याज, बेसार, हाडेबदाम, सोयाबिन आदि खाने गर्नाले पनि कोलेस्टेरोल नियन्त्रित अवस्थामा रहन्छ ।

    – कोलेस्टेरोल बढेमा कलेजोमा समस्या उत्पन्न हुनसक्छ । त्यसैले कोलेस्टेरोल बढ्ने समस्या भएकाहरूले एलोभेरा, अमला र तरकारीको जुस मिसाएर खाने गर्नाले कोलेस्टेरोलका कारण कलेजोमा जम्मा भएको विकार शरीरबाहिर निकास हुन्छ ।

    – कोलेस्टेरोलको समस्या भएकाहरूले काँचो नरिवलको पानी पिउने गर्नु रामो हुन्छ ।

    – कोलेस्टेरोल हुनेले उसिनेको खाना खान जोड दिनुपर्छ । घिउ, बटर आदि खानु हुँदैन । बिस्कुट, कुकिजजस्ता खाद्य पनि कम खानुपर्छ । साथै, जंक फुठ पनि कम खानुपर्छ ।

    – फलफुल र सागसब्जि बढी खाने

    – नियमित शारीरिक व्यायाम गर्ने

    – तौल घटाउने

    – चुरोट र मदिरा छाड्ने

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार