२०८१ बैशाख ७, शुक्रबार | Fri, 19, Apr, 2024

कुन ठाउंमा कोठी हुंदा पैसा वच्दैन


२६११ पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०७६ पौष १०, बिहिबार मा प्रकाशित ४ साल अघि
  • समुन्द्र शास्त्रका अनुसार शरीरमा कोठीले पनि मानिसको जीवनमा प्रभाव पारिरहेको हुन्छ । शरीरका केही यस्ता भागमा कोठी छन् भने त्यसको प्रभावस्वरुप मानिसले जति पैसा कमाए पनि बचत नहुने बताइन्छ ।समुन्द्र शास्त्रका अनुसार शरीरका विभिन्न भागमा हुने कोठीले फरक फरक फल दिन्छन् । तर कतिपय भागमा कोठी भएमा तपाईंसँग भएको पैसा खर्च हुने वा जाने हुन्छ ।

    यी भागमा कोठी भएका ब्यक्तिको हातमा पैसा अडिन्नः बायाँ गालामा कोठी हुनु खर्चालु हुने लक्षण हो । यस्ता ब्यक्तिको हातमा पैसा परे पनि खर्च भैहाल्छ । बचत गर्न सक्दैनन् ।तल्लो ओंठमा कोठी छ भने धनको कमी हुन्छ । तर उपल्लो ओंठमा कोठी भएका ब्यक्ति भने कामुक हुने समन्द्र शास्त्रमा उल्लेख छ ।

    बायाँ हत्केलामा कोठी हुनेहरु पनि खर्चालु हुन्छन् । यिनीहरुबाट पैसा बचत हुनु सम्भव छैन ।बायाँ खुट्टामा कोठी हुनु पनि पैसा नटिक्ने संकेत हो ।यस्ता ब्यक्तिले पैसा बचाउन नसक्ने शास्त्रमा उल्लेख छ । चोरी औंलामा कोठी छ भने यस्ता ब्यक्तिले जीवनमा धन अभाव भोग्छन् ।

    हत्केलामा वृहस्पति पर्वतमा कोठी छ भने यस्ता ब्यक्तिले पनि धन बचाउन सक्दैनन् । यिनीहरुलाई पैसा हात लागेपनि बचत हुँदैन ।बायाँ आँखी भौंमा कोठी भएका ब्यक्ति पनि खर्चालु हुन्छन् । उनीहरुले विलासितामा पैसा खर्च गर्ने समुन्द्र शास्त्रमा उल्लेख छ ।बायाँ आँखामा कोठी हुनु पनि रोगमा पैसा जाने संकेत हो । यस्ता ब्यक्तिको पैसा उपचारमा बढी खर्च हुन्छ ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार