२०८१ बैशाख ७, शुक्रबार | Fri, 19, Apr, 2024

पाेटेटाे क्रुकेट Potato Croqutee बनाउने तरीका


३१८० पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०७७ बैशाख २, मंगलबार मा प्रकाशित ४ साल अघि
  • मोहन गजुरेल

    सामग्रीहरू आलु-५०० ग्राम चिज-५० ग्रा अण्डाकाे पहेँलो भाग-२ वटा अण्डा पुरै -२ वटा व्रेडक्रम-अावश्यक्ता अनुसार (पाउरोटीकाे धुलाे) मैदा -आवश्यक्ता अनुसार नुन-स्वाद अनुसार जाईफलकाे धुलाे- थाेरै तेल – फ्राई गर्न पुग्ने वनाउने विधि -आलुलाई राम्रोसँग पखालेर ताछ्ने र ससाना टुक्रा वनायर नुन ,पानी राखेर पक्ने गरि उमाल्ने।

    पाकेकाे आलुलाई गिर्खा हट्नेगरि थिछ्ने वा माड्ने(Mashed )र एउटा फ्राई प्यानमा सानाे आंच वनाई नुन,जाईफलकाे धुलाे र अण्डाकाे पहेंलो भाग राखेर अलि कडा हुने गरि पकाउने र निकालेर फराकिलो भांडामा राखेर सेलाउने ३)सेलाय पछि व्रेडक्रम (पाउराेटिकाे धुलाे) र चिज राखेर माेल्ने। करिव २५ ग्राम जति लियर २ ईन्च वरावर हुनेगरि वुढि औलाकोकाे सेपमा वनाउने । सुख्खा मैदामा लटपटाउने र फिटेकाे अण्डामा चाेपेर व्रेडक्रमले चारै तिर ( Coad )ढाक्ने । कराईमा तेल गरम गर्ने र सुनौलाे खैराे (Golden Brown) हुने गरि Deep Fry गर्नेछ । स्तर :आकर्षक,स्वस्थकर,स्वादिलाे ,वास्नादार,हाईजेनिक हुनु पर्दछ। सेफ माेहन गजुरेल केन्द्रीय महासचिव ,ग्लाेवल नेपालिज सेफ फेडेरेसन ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार