२०८० चैत्र १५, बिहिबार | Thu, 28, Mar, 2024

कुन नङ फुल्दा कस्तो फाई वा घाटा


५४५८ पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०७७ अषाढ २६, शुक्रबार मा प्रकाशित ३ साल अघि
  • कहिले काँही हातका नङ सेतो भएको देखिन्छ । नङ सेतो हुनेलाई फुलेको भन्ने गरिन्छ । हातको कुन औंलाको नङ फुल्दा के फाईदा र कस्ता घाटा हुन्छ भन्ने बारेको जानकारी हामी गराउन गईरहेका छौं ।

    हेर्नोस कुन औलाको नङ फुल्दा के फाईदा के घाटा

    -केही प्रचलित मिथकः हातका सबै नङ एकैपटक फूले त्यसले व्यक्ति ठुलो मानसिक संघर्ष झेल्दैछ र उक्त व्यक्ति भविष्यमा बिरामी पर्छ भन्ने संकेत हो ।

    -दायाँ वा बायाँ हातको बुढी औलाको नङ फुले त्यसले निकट भविष्यमै प्रेम मिलनको संकेत गर्छ भने नङमा काला टिकाहरु देखिएविपरीत फल भोग्नुपर्ने हुन सक्छ ।

    – साहिँली औंलाको नङ फूले मानसम्मान धन तथा यश प्राप्तिको योग बन्छ । त्यसको विपरीत काला छिटाहरु देखिए अपमान, अपजस तथा बदनामीको सामना गर्नुपर्ने हुनसक्छ।

    -कान्छी औलाको नङमा देखिने सेता दाग व्यापारमा लाभ तथा लक्ष्य प्राप्तिमा अनुकुलताको सूचक मानिन्छ । काला दागले भने त्यसको विपरीत फलको संकेत गर्दछ ।

    -चोरी औंलाको नङ फुले प्रेम विजय, मानसम्मान तथा धन प्राप्तिको संकेत मिल्छ । यसको विपरीत काला छिटाहरु देखिए धन तथा मानहानी हुनसक्छ ।

    – माझी औलाको नङ फुले यात्राको योग परेको मानिन्छ । त्यसविपरीत काला छिटाहरु देखिए यात्रामा नोक्सानी तथा दुर्घटनासमे भोग्नुपर्ने हुन सक्छ ।

    – नङ पँहेलो देखिए व्यक्तिको स्वास्थ्यको दृष्टिले प्रतिकुल अवस्थामा रहेको मानिन्छ । यसैगरी रातो तथा नीलो रंग देखिनु पनि अशुभ मानिन्छ । फुलेको नङको प्रभाव बढीमा पाँच महिना रहने विश्वास छ ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार