२०८१ बैशाख १२, बुधबार | Wed, 24, Apr, 2024

आदरणीय कृषक दाजुभाई तथा दिदी बहिनीहरुमा हार्दिक अनुरोध


१७७९६ पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०७७ जेष्ठ १४, बुधबार मा प्रकाशित ३ साल अघि
  • यस कार्भेपलाञ्चोक जिल्लाको पाँचखाल नगरपालिकाको विभिन्न ठाउँमा मकै बालीमा अमेरिकन फौजी कीरा प्रकोपको रुपमा देखा परेको हुनाले उक्त कीरा रोगथामका लागि निम्नानुसारको व्यवस्थापन विधि अवलम्बन गर्नु हुन सबैको जानकारीका लागि यो सुचना प्रकाशित गरिएको छ ।
    १. फौजी कीराको पहिचानः
    अमेरिकन फौजी कीरा मकै बालीमा लाग्ने पुतली समुह अन्तर्गत पर्ने रात्रीचर किरा हो । उपयुतm खाना तथा बासस्थानको खोजीमा यो कीराको बयस्क एक रातमा १०० किलोमिटर टाढासम्म उडेर जान्छ ।

    २. लक्षणः
    २.१ यस कीराको लार्भाले पात, गुभो, जुङगा तथा घोगामा समेत क्षति गर्दछ ।
    २.२ लार्भाहरुले पातको तल्लो सतहबाट हरियो भाग खाएर झिल्ली मात्र राख्दछ ।
    २.३ मकैका पातहरुमा सियोको प्वाल जस्तो धेरै प्वाल बनाई मकैको पात छिया छिया बनाएको हुन्छ ।

    ३. कीराको पहिचानः
    ३.१ बयस्क पुतली १.६ से.मी लामो र खरानी मिश्रीत खैरो रङको हुन्छ ।
    ३.२ भाले पुतलीको अघिल्ला पखेटाको टुप्पो तिर ठुला सेता धब्बा हुन्छ । तर पोथी पुतलीको त्यस्ता धब्बा हुदैनन् ।
    ३.३ पोथी पुतलीले मकैको पातको फेद र डाँठ जोडीएको तल्लो भागको सतहको फुण्डमा फुल पार्दछ र एक समुहमा १०० देखि २०० फुल पार्दछ ।
    ३.४ लार्भा सुरुको अबस्थामा हल्का हरियो हुन्छ । हुर्किदै जादा पछिल्लो अवस्थामा लार्भाको शरीर खैरो र टाउको गाढा खैरो हुन्छ ।
    ३.५ लार्भाको टाउकोमा अंग्रेजी अक्षरको थ् आकारको सेतो रङको धर्का हुन्छ ।
    ३.६ यसको लार्भा ६ वटा चरणमा पुरा हुन्छ । मकै बालीमा क्षति गर्ने लार्भा अवस्था नै हो, लार्भा अवस्थाको पनि पाँचौ र छटौं अबस्थामा बढी क्षति गर्छ ।

    ४. कीराको जीवन चक्रः
    ४.१ फुलबाट २ देखि ५ दिनमा लार्भा निस्कन्छ ।
    ४.२ ४ देखि १८ दिनमा लार्भा प्युपा अवस्थामा जान्छ ।
    ४.३ प्युपा अबस्थामा २ देखि ८ सेन्टिमीटर भित्र माटोमा ७ देखि ८ दिन बिताउछ र बयस्क पुतली भई निस्कन्छ । साधारणतया यसको जीवन चक्र ३० दिनको हुन्छ ।

    ५. कीरा नियन्त्रणको घरेलु विधिः
    ५.१ खरानी वा काठको धुलो मकैबालीको सबै बोटको गुभोमा प्रयोग गर्ने ।
    ५.२ गाई वा भंैसीको मुत्रमा पिरो खुर्सानी, नीम, तितेपाती लगायतमा वनस्पतिहरु थिचेर वा कुटेर १५ मिनेट उमाल्ने, सेलाएपछि छानेर १ भाग मुत्रमा १० भाग पानी मिसाएर प्रत्यक बोटको गुभोमा पर्ने गरी स्प्रे गर्ने ।
    ५.३ फनेल ट्रयापको प्रयोग गर्ने यस ट्रयापमा फल आर्मिवर्म ल्युर राख्ने । यो ट्रयापबाट भाले पुतली नियन्त्रण हुन्छ ।

    ६. कीरा नियन्त्रणको जैविक विधिः
    ६.१ एन.पि.भि.रल्एख्रद्यभबगखभचष्ब दबककष्बचबरद्यबअअष्गिक तजगचष्लनष्भलकष्क ९व्युवेरिया वेसियाना, वेसिलस थुरिंजिनिसिस० जस्ता शुक्ष्म जैविक बिषादी प्रति लिटर ५ ग्रामका दरले प्रयोग गर्ने ।

    ७. कीरा नियन्त्रणको रासायनिक विधिः
    १. स्पाईनेटोरम ९क्उष्लभतयचबm० १ मि.लि. प्रति २ लिट पानीका दरले प्रयोग गर्ने ।
    २. ईमामेक्टीन बेन्जोएट ९भ्mबmभअतष्ल द्यभलशयबतभ० १ ग्राम प्रति ३ लिटर पानीका दरले प्रयोग गर्ने ।
    ३. क्लोरान्ट्रानिलप्रोल ९ऋजयिचबलतचबलष्ष्उिचयभि० १ मि.लि. प्रति २.५ लिटर पानीका दरले प्रयोग गर्ने ।
    ४. स्पाईनोस्याड ९क्उष्लयकबम० १ मि.लि. प्रति ३ लिटरका दरले मिसाएर प्रयोग गर्ने ।

    (नोटः रायायनिक विषादी प्रयोग गर्दा धेरे नै प्रकोप छ भने हप्ताको २ पटक अन्यथा १ पटक मात्र मास्क, पञ्जा र छुट्टै लुगा प्रयोग गरी गर्नु पर्ने छ र घोगा लागेकोz छ भने रासायनिक विषादी छर्नु हुदैन)

     

    पाँचखाल नगरपालिका, काभ्रेपलाञ्चोक

     

    लवग्रीन नेपाल

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार