२०८२ माघ २६, सोमबार | Mon, 09, Feb, 2026

आज सडकमा तमासा


२३३७५ पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०८० चैत्र २७, मंगलबार मा प्रकाशित १ साल अघि
  • आज एउटा तमासा सडकजाम भेट्दा
    फेरी कतै पैदल यात्री सडकमै रमाउदा
    कता -कता उपत्यका सुनशान लाग्छ
    भद्रकाली माईतिमण्डला खाली दे:ख्दा

    जात्रा नहो यस्तो महाजात्रा कथा भजन
    यात्रुलाई धोका भो बटुवाको थियो कथन
    पश्चिमा हावा चल्दा नथाम्ने गणतन्त्र भो
    घुम्ति काँडा बाटोमै छ पानीको भयो मथन

    राम राज्य रावण रोदन कथाले माग्छ हर्षमा
    बनमारा घरमारा जोगाड प्रतिबिम्बित नोखमा
    सहर पसेछ स्याल भिर खोज्दै अतालियो
    नोक झोक बिबस्ता बिश्राम लिदैन शोखमा

    हल्लाले गर्‍यो सल्ला आतित्थ्य समाजमा
    चिन्ताले चिरबिर चुच्चो चर्न पाउन्न समग्रमा
    बिचौलिया बथान कथन कथ्न आतुर देखियो
    भू .पु. भरोषा त्याग्दै आउछरे अब सहरमा

    जे देखियो त्यो लेखियो कबिको मन बरालियो
    उत्कृष्ट सानको भन्दा अलमलको काम छयो
    सृंगार समान्ताको कदर पत्र बाँड्ने रह्यो उता
    गणतन्त्र बच्चा कच्चा हुर्काउने जिम्मामा छ यो

    शम्भुप्रसाद न्यौपाने बनेपा बुडोल काभ्रेपलाञ्चोक

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार