२०८१ बैशाख ११, मंगलबार | Tue, 23, Apr, 2024

नेपालमा भएको लकडाउनले संजीवनी बुटीको काम गरेको छ, कृषि क्रान्तिको विकल्प छैन


४७९८ पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०७७ जेष्ठ ३, शनिबार मा प्रकाशित ३ साल अघि
  • पृथ्वी भुजेल


    विश्वव्यापी महामारीको रूपमा फैलिएको कोरोना भाइरस एक सरुवा रोग हो । विश्व नै आक्रान्त परिरहेको यसबाट बच्न नेपालमा लकडाउन संजीवनी बुटी भएको छ । अहिले नेपालमा कोरोना संक्रमित को संख्या जति लामो हुन्छ, खाद्यान्न सामग्रीको अभाव त्यति नै बढ्दै जाने छ । तसर्थ केन्द्रीय सरकार,प्रदेश सरकार र स्थानीय सरकार कृषि क्रान्तिमा लाग्नुको विकल्प हामीसँग केही छैन । हामी कृषिमा लागौ र आत्मनिर्भर बनाऔं ।

    कृषि क्षेत्रको विकास र समृद्धिको लागि आजको प्रमुख आबस्यकता भनेको कृषकहरुमाझ नया प्रविधि र प्रविधिक बजारको सहजीकरण समन्वय गर्नुपर्छ । हामीले परम्परागत कृषि प्रणालीलाई अबको नयाँ आधुनिकीकरण नयाँनयाँ प्रविधिको प्रयोग गरी कृषि अभियानलाई निरन्तरता दिई विभिन्न किसिमका मौसमी तथा बेमौसमी कृषि उत्पादन गर्नु पर्छ ।

    नेपाल एक कृषि प्रधान देश हा,े हामीले गरेको कृषिमा राम्रो फाइदा भनेको अर्गा्निक कृषि खेती हो । अर्गा्निक कृषि खेतीले किसान तथा उपभोक्ताहरूलाई मात्र होइन खेती गर्ने स्वयंलाई पनि राम्रो फाइदा गर्दछ । विषादीको प्रयोग गर्दा किसानलाई खतरा हुन सक्छ त्यति मात्र नभएर माटोको उर्वराशक्ति घटाई उत्पादनमा ह्रास आउने हुन्छ । म ग्यारेन्टी साथ भन् चाहन्छु कृषिमै आत्मनिर्भर बन्न सक्छौ । यसका लागि केन्द्रिय सरकार प्रदेश सरकार,स्थानीय सरकारले ध्यान दिनु आबस्यक छ ।

    नेपालमा अहिले कृषिको अवस्था

    नेपलमा सबै जमीन कृषियोग्य छ, विभिन्न किसिमका हावापानी हिमाल पहाड तराई फरक फरक किसिमका कृषि उत्पादन गर्न सकिन्छ । नेपालमा जहाँ बस्ती छ त्यहा खेती योग्य जमिन छ, तर पनि कृषि उत्पादन गर्न सकेको छैन ।
    अहिलेको युवापुस्ता कृषिमा प्रवेश गर्न चाहँदैनन् कारण कृषिमा लाग्नु भनेको बेरोजगारी हुनु सरह हो भन्ने सामाजिक मान्यताको विकास भएको छ । यस समस्यालाई समाधान गर्नको लागि कृषि क्षेत्रका प्राविधिक अनुसन्धानकर्ता लगायतले कृषि क्रान्ति पेसा गरेर समाजमा देखाउन आबस्यक छ । यसबाट युवालाई कृषि तर्फ प्रोत्साहन मिल्नेछ ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार