२०८१ बैशाख १३, बिहिबार | Thu, 25, Apr, 2024

कोरोनाले भन्दा भोकमरीले मर्ने दिन नजिकदो छ


१४०५१ पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०७७ जेष्ठ २१, बुधबार मा प्रकाशित ३ साल अघि
  • पृथ्बि भुजेल

    नेपाल यक कृषि प्रधान देश मुलक राष्ट्र भनेर चिनिन्छ।कृषि मा आत्मनिर्भर बनाउँछौं भनेर समुर्ण नेपाली नागरिक किसान लाग्नु भएको छ र यो आजको आबस्यकता पनि हो नेपालमा कोरोना भाइरस कोभीड 19 ले धेरै कुरा सिकाएको छ र नेपालको लागि कृषि क्षेत्र ठूलो चुनौतीको विषय पनि छ। पछिल्लो समय कृषि उत्पादन बजार लान नसकेर कृषि उत्पादनहरु धेरै खेर गएको पाइन्छ। भनिन्छ,कृषिमा आत्मनिर्भर बनाउन पर्छ भनेर यति बजेट उति बजेट अनुदान भनेर उत्पादन गर्नुहोस बजार व्यवस्थापन हामी गर्छौ भनेर भनिन्छ यो भाषणमा मात्र सीमित भयो।

    हामी नेपाली कोरोना ले होइन भोकमरीले मर्ने सम्भावना धेरै नै छ। सरकार तिमीलाई किसानको आँशु लाग्ने यसरी पनि होला त कृषि क्रान्ति अभियान हामीले भन्न सुहाउला त कृषि प्रधान देश हो भनेर..?के दिन्छौ देशमा रोजगारी कसरी सिर्जना गर्छौ..? कृषिमा आत्मनिर्भर आफ्नो देशको किसानलाई मर्का मा पारेर भारतबाट तरकारी ल्याउँछौ नेपालमा किसानले उत्पादन गरेको तरकारी यक जिल्ला बाट आर्को जिल्ला लान नपाइने कोरोना लाग्छ रे भन्दै तरकारी फाल्ने,भारतबाट तरकारी,फलफूल, खाद्यान्न आयातित हुँदा कोरोना आउँदैन ? कसरी बस्छन् र बच्चन हाम्रो देशको किसान अनि युवा नेपाली दाजुभाई तथा दिदीबहिनीहरु विदेश पलायन हुनुको कारण नै यही हो।

    देशमा कृषि क्रान्ति ल्याउने , आत्मनिर्भर बनाउने,रोजगारी श्रृजना गर्ने भनेर किसानले उत्पादन गरेको तरकारी कसरी फाल्न सक्यौं यसरी देशमा कृषि क्रान्ति,आर्थिक क्रान्ति परिवर्तन हुने सपना सपनामा मात्रै सीमित रहने छ। हामीले अनुमान लगाउन सकाै कि,भारत बाट आउने तरकारीमा विषादी मात्र चेक गरिने अवस्था रहेछ भने अनुमान लगाउन सकियो यो अत्यन्त गम्भीर विषय छ नेपाली किसानहरूको उत्पादनलाई फालियर विदेशी उत्पादनलाई निर्वाह रूपमा आउन दिई र रहेका छैनौं यस बारेमा गम्भीर हुन आबस्यक छ।सम्पूर्ण हाम्रो परिश्रमी किसान हरुको समान मा जसले आफ्नो रगत पसिना बगाएर धेरै लगानी र मानिसहरूलाई आफूलाई रोजगारी मात्र होइन अरूलाई पनि रोजगारी दिई रहेका छन्।

    नेपालीहरु विदेशी पलायन हुनुको मुख्य कारण नै यही हो किसानले उत्पादन गरेको तरकारी सडकमा फालिन्छ भने कसरी देश कृषिमा आत्मनिर्भर बन् र बनाउन सकिन्छ।कृषि मन्त्री माननीय घनस्याम भुसाल धेरै जनता किसानले आशा गरेको नेता हुनुहुन्छ कोरिनको महामारीले पनि धेरै जनतालाई मुख्य कृषिमै जोड दिनु पर्दो रहेछ भनेर महसुस पनि भएको र हात मुख जोड्नकै लागि बिदेसिनु परेका नेपाली युवाहरुको लागि पनि अबको विकल्प के भनेर खोज्नु र आफ्नैं देशमा फर्केर केही गर्न पाए भने मनस्थिति, पैसा भयर लगानी गर्ने उपयुक्त ठाउँ नपाएर ब्यक्तिहरु विदेश पलायन हुने र यहाको जमीन बाँझो राख्ने किनबेच मन्दीको कारणले अबको कृषि क्रान्ति वैज्ञानिक रूपबाट आगाडि बढाउन सबैको हस्टेमा हैंसे हुनै नै छ कृषिमा क्रान्ति अवसर र आबस्यकता नै हो।

    ७० लाख युवा अब स्वदेश फर्के मेरो सरकारले योग्यता,क्षमता अनुसारको रोजगार दिने छ ‘ भनेर विगतमा भनिएको छ त्यो बमोजिमका कामहरू रोजगारी श्रृजना गर्नु आबस्यक छ।वर्तमान परिस्थितीमा हाम्रो नेपालको मुख्य समस्या नै यही हो अब जति सुकै जस्तो सुकै अवस्थामा कृषिका उत्पादनको बजारको सहजीकरण न्यूनतम मूल्य को ग्यारेन्टी गरियोस्।स्थानीय बजार र बजारमा किसानकै सीधा पहुंच होस्।दलाल र दामासाही सोसकहरुको भरबाट किसानले छुटकारा पाओस्।बिचौलिया र ठूलठूला हाकिमले खाने कमिसन कम गरेर बजेटलाई प्रदेश सरकार मा अलमल्ल नपरी सिधै स्थानीय निकाय मा आउने वातावरण मिलोस।जय कृषि जय किसान

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार