२०८१ बैशाख १३, बिहिबार | Thu, 25, Apr, 2024

युवाहरुलाई कृषिमा आत्मनिर्भर गराउंदै स्वदेशमै रोजगारी दिलाऊँ


८७८० पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०७७ जेष्ठ ४, आईतबार मा प्रकाशित ३ साल अघि
  • पृथ्वी भुजेल

    नेपाल एक विश्वको जलस्रोतको दोस्रो धनी देश हो।जलश्रोत कृषि प्रधान देश भयता पनि यहाँ अन्य देश बाट तरकारी,फलफूल, अनाजहरू र खाद्यन्न अन्य देश बाट आयात गर्नु परेको छ।देश अहिले अरूको भरमा बाँचिरहेको छ के यसरी नै हामी नेपाली अरूको भरमा मात्रै बाँच्ने हो त…? नेपाल एक कृषि प्रधान देश भयता पनि यहाँका मानिसहरू कृषि पेसामा लागिएको देखिँदैन किनभनें समाज कृषिमा लाग्नु भनेको बेरोजगार सरह हो,भन्ने किसिमको मान्यता छ जसले गर्दा युवा पुस्तालाई समेत नकारात्मक असर परेको छ।

    पछिल्लो समय किसानहरू आलस्य भयका छन् कारण उनीहरुले उत्पादन गरेको तरकारी फलफूल र खाद्यान्न हरु बजार सम्म ल्याउन सकिरहेको छैन धेरै मात्रामा यस्ता वस्तुहरू खेर गइरहेको छ।जसले गर्दा किसानहरू आलस्य भयका छ्न।किसानमा जुन हुनुपर्ने जोस जाँगर छैन।सरकारले यस कुरामा मध्यनजर राखेर बजार यातायातको व्यवस्था गरी उत्पादित कृषि तरकारी,फलफूल र खाद्यन्न हरु बजार सम्म ल्याई व्यवस्था गर्न आबस्यक देखिन्छ।देश आफैमा आत्मनिर्भर बन्न आबस्यक देखिएको छ अबको युवापुस्तालाई मध्यनजर गरेर विशेष कृषि क्षेत्रमा लाग्नुपर्छ।आजको र देश विकासको आधार तय गरी आगाडि बढ्नु पर्छ।

    युवाहरु कृषि क्षेत्रमा आउन नचाहाने होइनन् तर समाजले उनीहरुलाई कृषि पेसामा आउन दिइरहेको छैन पहाड,तराई क्षेत्रमा हेर्ने हो भने पढेलेखेका मान्छेले कृषि खेती गर्न खोजेमा ‘तलाई पढाएको यही कृषि खेतबारीमा किसानी गर्न हो ‘ भन्ने किसिमको अवस्था छ।यस्ता सामाजिक मान्यता समस्याहरुलाई विभिन्न क्षेत्रबाट कृषि अनुसन्धान कर्ता प्राविधिक लगायत दक्ष व्यक्तित्वहरू बाट सु समाचार र तालिम दिई यस समस्यालाई समाधान गर्न आबस्यक छ। नेपालमा पढेलेखेका मानिसले राम्रो काम पाउँदैन र त्यस कारण पनि धेरै नेपाली युवाहरु विदेश जापान,कोरिया,अस्ट्रेलिया,जस्ता देशहरूमा पलायन भइरहेको छ।अहिलेको शिक्षा शिक्षामा मात्र सीमित भएको छ।त्यस शिक्षालाई परिवर्तन गरी प्राविधिक र व्यावहारिक शिक्षा ल्याउन आबस्यक छ।

    जुन शिक्षा ले समाज र देश विकासको लागि आधार तय होस्।नया नया प्रविधि र प्रविधिक शिक्षा कृषि, भेटनरी,इलोक्ट्रोनिक्स जस्ता अबको देश विकास उन्नतिमा मदत गर्दछ अबको मोडल परिवर्तन गर्न निकै नै आबस्यक छ।अहिले जुन तरिकाबाट कृषि उपज उत्पादन भई बजार सम्म पुगेको छ,त्यसलाई परिवर्तन गर्नु पर्ने पहिलो आबस्यकता छ। स्थानीय निकाय सँग समन्वयन गरेर सरकारले किसानलाई उचित मूल्य दिने व्यवस्था मिलाउनु पर्छ।सरकारले अहिले कृषि तथा कृषि समन्धि कार्यका लागि दिई रहेको अनुदानको रकम थोरै थोरै छर्ने भन्दा पनि सम्भावाना बोकेको परियोजनामा कृषि क्षेत्र मा नै काम गरेका,कृषि फमलाई लगानी गर्ने,सामूहिक नेतृत्वमा सञ्चालन,सहुलियतमा कृषि कर्जा प्रवाह गर्ने, बजारीकरण को ग्यारेन्टी गर्ने जस्ता कार्यहरू गरेमा कृषि क्षेत्रले राम्रो फड्को मार्न सक्छ।

    अबको कृषि आधुनिक कृषिलाई प्रोत्साहन गर्दै गाउँ फर्केका नागरिकलाई गाउँमै रोक्ने विशेष अभियान चलाउनु पर्छ।बेरोजगारी युवा तथा देश विदेशमा भूगोल प्राकृतिक अवस्था हेरेर कृषि उद्योग व्यवसाय बाख्रापान,पशुपालन,र व्यवसायीक कृषि खेती गरी बेरोजगार युवा वर्गलाई रोजगारीको श्रृजना गर्नु पर्छ। प्रधानमन्त्रीज्यू तपाईंले भन्नु भएको खै त बेरोजगारी लाई रोजगार,खै त शिक्षामा परिवर्तन.. यस कुरामा ध्यान केन्द्रित गर्न आबस्यक छ।विश्वका ९० प्रतिशत भन्दा बढी मुलुकहरू पारिवारिक खेतीमा छन् त्यसकारण उनीहरूको अर्थतन्त्र सबल मजबुत छ अब हामी बजारमुखी अर्थतन्त्रलाई दुरुत्साहन गरेर खाएर बाकी रहेको बजार लैजाने खालको नीति अवलम्बन गर्न आबस्यक छ।

    कृषिमा उद्यमशीलता मानिसहरूलाई तालिम दिनु निकै नै आबस्यक छ।कसैलाई कृषिमा(अर्गानिक) कसैलाई उद्योगमा ,कसैलाई विद्युतमा तालिम दिनु आवस्यक छ।यसका लागि राज्जका नीतिहरु र जनताहरूले पनि यही अनुसार आबस्यक देखिन्छ शिक्षा र रोजगारीको अवसर को लागि विदेशिएका युवालाई स्वदेशमै रोजगारी र व्यवसायको श्रृजना अवसर श्रृजना गर्नु पर्छ।कोरोना महामारी पछि श्रृजना हुने सम्भावित बेरोजगारीको पंक्तिलाई रिजगारी उपलब्ध गराउने उपायको खोजी गर्नुपर्छ।यस अग्रसरताले नेपाललाई अविकसित बाट विकास तर्फ,पछौटे बाट समृदि तिर,गरीब बाट सम्पन्नता तिर,परनिर्भरता बाट आत्मनिर्भर तिर लैजान हामी सबै नेपाली एक जुट भै लागौ।

     

     

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार