२०८१ बैशाख २२, शनिबार | Sat, 04, May, 2024

खानीखोलाको नीति तथा कार्यक्रमः आर्थिक विकास र पूर्वाधारमा जोड


१३४४३ पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०८० अषाढ १६, शनिबार मा प्रकाशित १0 महिना अघि
  • खानीखोला– काभ्रे जिल्लाको विकट भनेर चिनिने खानीखोला गाउँपालिकाले आर्थिक वर्ष २०८०।०८१ मा आर्थिक विकास र पूर्वाधार विकासको नीतिलाई जोड दिएको छ । गत असार १० गते गाउँपालिका अध्यक्ष इन्द्रबहादुर थिङ (छिन्ताङ)द्वार प्रस्तुत तथा पारित नीति तथा कार्यक्रममा मुख्यतः उत्पादन र बाह्रै महिना यातायात सुचारु बनाउने उल्लेख गरिएको छ ।

    अध्यक्ष थिङले आगामी तीन वर्षभित्र सबै वडादेखि गाउँपालिकाको केन्द्रसम्म बाह्रै महिना यातायात सञ्चालन हुने गरी पूर्वाधार विकास गरिने नीति तथा कार्यक्रममा समेटेका छन् ।

    उनले ‘जसको उत्पादन उसैलाई अनुदान’ कार्यक्रमलाई निरन्तरता दिएका छन् भने मासुजन्य तथा दूधमा किसानहरुलाई अनुदानको समेत व्यवस्था गर्ने भनिएको छ ।

    नीति तथा कार्यक्रममा विद्यालय शिक्षालाई व्यवस्थित बनाउँदै गुणस्तरीय शिक्षामा जोड दिएको छ ।
    यी हुन् नीति तथा कार्यक्रमका मुख्य प्राथमिकताहरु

    पूर्वाधार विकास

    • गाउँकार्यपालिकाको प्रशासकीय भवन निर्माणका लागि यसै आर्थिक वर्षमा स्रोत सुनिश्चित गरी ठेक्का प्रक्रिया अघि बढाइनेछ ।
    • बाँकी वडा कार्यालय भवन निर्माण गर्न जिल्ला समन्वय समिति, काभ्रपलाञ्चोकको ६० प्रतिशत र गाउँपालिकाको ४० प्रतिशत लगानीमा वडा कार्यालय भवन निर्माण कार्यलाई आगामी ४ वर्षभित्र पूर्णता दिइनेछ ।
    • गाउँपालिकाको केन्द्र तालढुङ्गा बजारलाई नमूना सहरको रूपमा विकास गर्ने योजना बनाइनेछ। साथै गाउँपालिकाको सहरी विकासको सम्भावना बोकेको जगथली, महांकााल र फलामेटारको पनि सम्भाव्यता अध्ययन गर्ने प्रक्रिया अघि बढाइनेछ ।
    • गाउँपालिका केन्द्र रहेको तालढुङ्गा बजारलाई स्वीकृत डि.पि.आर. बमोजिम प्रदेश सरकारको सहयोगमा सहरी विकास गरिनेछ ।
    • आगामी तीन वर्षभित्र सबै वडा केन्द्रसम्म बाह्रै महिना यातायात सञ्चालन हुने गरी पूर्वाधार विकास गरिनेछ।
    • बाहुनबिर्ता, धार्ने, सतिघाट, महाभारत जोड्ने चाउ खोला, ललितपुर जोड्ने दुर्लुङ खोला, खानीखोला, धनमनाबेसी कुपिनटार सुकुम फेदीको दुर्लुङ खोलामा पक्की पुल निर्माणको लागि सङ्घ र प्रदेशसँग समन्वय गरी आगामी चार वर्षभित्र पक्की पुल निर्माण गरिनेछ।
    • आगामी तीन वर्षभित्र सबै बस्तीहरूमा सडक सञ्जालसँग जोडिने व्यवस्था मिलाइनेछ ।
    • खानीखोला गाउँपालिकाको पहिचान बोक्ने र धेरै भन्दा धेरै बस्तीलाई समेट्ने खानीखोला कोरिडोरलाई खानीखोलाको मेरुदण्ड सडकको रूपमा विस्तार एवम् विकास गरी प्रदेश राजधानी हेटौँडासम्म जोडिनेछ ।
    • गाउँपालिका भित्रका अन्तर वडा र अन्तर गाउँपालिका जोड्ने सडकको पहिचान गरी प्राथमिकता निर्धारण सहित सडक गुरुयोजना निर्माण गरिनेछ ।
    • गाउँपालिका भित्रका झोलुङ्गे पुल निर्माण गर्न आवश्यक स्थानहरूमा आगामी ४ वर्ष भित्रमा झोलुङ्गे पुल निर्माण गरिनेछ ।
    • सडक एवम् अन्य पूर्वाधारको क्षेत्रमा आवधिक योजना निर्माण गरी सङ्घ र प्रदेशसँग समपूरक बजेटको व्यवस्था गर्ने कार्यलाई जोड दिइनेछ ।
    • सडक निर्माण गर्दा दिगो विकासको नीति बमोजिम योजनाको २ प्रतिशत बायो इन्जिनियरिङ्ग सम्बन्धी कार्यक्रम लागू गरिनेछ ।
    • गाउँपालिका स्तरका ठूला आयोजनाहरू निर्माण गर्दा सम्भाव्यता अध्ययन प्रतिवेदन डिपिआर तयार पारेर मात्र सञ्चालन गरिनेछ।
    • हाल सञ्चालनमा रहेको झोलुङ्गे पुलहरूको मर्मत सम्भार गर्ने आवश्यकताको पहिचान गरी थप स्थानमा झोलुङ्गे पुल तथा मोटरेवल पक्की पुलहरूको निर्माण कार्यलाई अगाडि बढाइनेछ ।
    • गाउँपालिकाभित्रका महत्वपूर्ण सडक आयोजनाको नयाँ ट्र्याक खोल्ने भन्दा पनि भएका सडकलाई दीगो र मजबुद बनाउन नाला, ग्य्राबेलिङ, सोलिङ, ढलान, ग्याबिन आदिमा प्राथमिकता दिइनेछ ।
    • आगामी ४ वर्षभित्र जिल्ला सदरमुकाम धुलिखेलदेखि गाउँपालिका केन्द्र तालढुङ्गासम्म र गाउँपालिका केन्द्रदेखि सबैभन्दा नजिकको बजार केन्द्रसम्म पहुँच पुग्ने खोपासी कामीडाँडा तालढुङ्गा र तालढुङ्गा हेटौँडा सडक ढलान वा कालोपत्रे गरिनेछ ।

    आर्थिक विकास

    खानीखोलाको आर्थिक जीवनलाई माथि उठाउने सन्दर्भमा खानीखोला सरकारले आफ्नो ध्यान मूख्य रूपमा केन्द्रित गर्न चाहेको नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ ।

    कृषि

    • ‘गाउँमै बसौँ शिक्षा सुधारौं उत्पादन बढाऔं समृद्ध बनौं’ भन्ने नाराका साथ यस गाउँपालिकामा रहेका परम्परागत तथा निर्वाहमुखी खेती प्रणालीलाई निरुत्साहित गर्दै कृषिमा यान्त्रीकरण, आधुनिकीकरण र बजारीकरण गरी सम्पूर्ण खानीखोलाबासी किसानलाई व्यावसायिक खेतीतर्फ आकर्षित गराउनका लागि जोड दिइनेछ र यस्ता क्रियाकलापका लागि प्रारम्भिक चरणमा वडा स्तरीय अभिमुखीकरण तालिमको व्यवस्था मिलाइनेछ ।
    • यस गाउँपालिका भित्रको उत्पादन कार्यलाई प्राभवकारी तुल्याउनको लागि गाउँपालिकास्तरीय “एक वडा एक उत्पादन” कार्यक्रम अन्तर्गत कृषि र पशुपंक्षी क्षेत्रमा विशेष प्राथमिकता दिई सोको लागि करार सेवा मार्फत ‘एक वडामा एक कृषि प्राविधिक’ कर्मचारी नियुक्तिलाई निरन्तरता दिइनेछ ।
    • यस गाउँपालिकाको प्रमुख उत्पादनको रूपमा रहेको कफी खेतीलाई खानीखोलाको मुख्य नगदे बालीका रूपमा विकास गरी ‘कफीमा जसको उत्पादन उसैलाई अनुदान’ कार्यक्रमलाई निरन्तरता दिइनेछ र आम कफी उत्पादक कृषकहरूलाई सहकारी वा समूहमा आवद्ध गराई उत्पादन कार्यमा सामूहिकताको नीति लागू गरिनेछ ।
    • खानीखोला गाउँपालिकालाई कफी पकेट क्षेत्रको रूपमा थप विकास र विस्तार गरिनेछ ।
    • कृषि तथा पशुपंक्षी तथ्यांक अद्यावधिक गरी किसान सूचीकरणलाई व्यवस्थित गरिँदै लगिनेछ।

    पशुपंक्षी

    • पशु पालन क्षेत्रमा गाईभैंसी तथा बाख्रा पालनको लागि अति अनुकुल वातावरण भएकोले दूध र मासु उत्पादनमा कार्यविधि निर्माण गरी अनुदान मार्फत प्रोत्साहन गरिनेछ ।
    • पशु उपचारलाई भरपर्दो बनाउन आधुनिक औजार उपकरण व्यवस्था गरिनेछ ।
    • किसानसँग ५० प्रतिशत प्रत्यक्ष साझेदारीमा गाईभैंसी प्रवद्र्धन कार्यक्रम सञ्चालन गरिनेछ।
    • पशु स्वास्थ्य घुम्ती शिविर सञ्चालन गरिनेछ । औषधी र खोप सेवालाई प्रभावकारी बनाइनेछ ।
    • व्यवसायिक रूपमा पशु पालन गर्ने किसानलाई कार्यविधि निर्माण गरी अनुदानको व्यवस्था गरिनेछ । पशु बीमा कार्यक्रमलाई विकास र विस्तार गरिनेछ ।
    • रेबिज, लम्पिस्किन जस्ता महामारीजन्य रोग नियन्त्रणका लागि आवश्यक कार्यक्रम तय गरिनेछ ।
    •  

      पशु नश्ल सुधारका कार्यक्रम सञ्चालन गरिनेछ र पशुपंक्षी तथा मत्स्य पालनका लागि आवश्यक उन्नत माछाका भुरा, उन्नत घाँसका बिउँ बेर्ना, दाना, औषधि खोप लगायतका सामग्रीको प्रबन्ध गरिनेछ।

    • दूधको व्यवस्थित भण्डारण गर्न चिस्यानकेन्द्र स्थापना गरिनेछ र दूग्धजन्य उद्योग स्थापना गरिनेछ ।

    सिंचाई

    • खानीखोला गाउँपालिकाका कृषि योग्य जमिन तथा फाँटहरूमा अनिवार्य सिंचाईको व्यवस्था गरिनेछ ।
    • भाङटारबेसी, फलामेटार, धार्ने, जगथली, आँपटार, बेलटार, महादेवटार, महांकाल, बोरनबेसी, तालढुङ्गा, हात्तीसार, माझीटार, सतिघाट, बाहुनबिर्ता, बलदेउ जस्ता फाँटहरूमा सिंचाईको उचित प्रवन्ध मिलाइनेछ।

    सामाजिक विकास
    शिक्षा

    • आवश्यकता र वास्तविक जीवनसँग जोड्ने र काम सिकाउने जीवन उपयोगी सीपमा आधारित शैक्षिक पाठ्यक्रमको विकास गरी एक विद्यालयबाट नमूनाको रूपमा शुरूआत गर्ने र क्रमशः सवै विद्यालयमा सो अनुसारको पठनपाठनको व्यवस्था मिलाइनेछ ।
    • शिक्षा नियमावली, शिक्षा नीति, बहुभाषा शिक्षा निर्देशिका जस्ता कानुनी तथा नीतिगत व्यवस्था मार्फत शिक्षा क्षेत्रको गुणस्तर नियमन एवम् प्रवद्र्धन गरिनेछ।
    • गाउँपालिकाको स्थानीय तथा मातृभाषा पाठ्यक्रम तर्जुमा गरी लागू गरि सकिएकोले यसै आर्थिक वर्षमा पाठ्यपुस्तक मुद्रण तथा छपाइ गरी स्थानीय तथा मातृभाषा पाठ्यक्रम कार्यान्वयनमा थप विस्तार गरिनेछ।
    • विद्यालय बाहिर रहेका र बीचमै विद्यालय छोड्ने बालबालिकाहरूलाई विद्यालय शिक्षा पूरा गर्न प्रोत्साहनका लागि विशेष प्याकेज सञ्चालन गरिनेछ ।
    • विद्यालयहरूको भौतिक पूर्वाधार, स्वास्थ्य तथा सरसफाइ सुविधा र आधारभूत खानेपानी सुविधा विस्तार गर्दै शिक्षकहरूको पेशागत क्षमता विकासका लागि निरन्तर तालिम सञ्चालन गरिनेछ ।
    • विषयगत शिक्षकहरूको अभिलेख व्यवस्थापन गरी गाउँपालिकाको शैक्षिक विकासमा उनीहरूको अनुभवलाई उपयोग गरिनेछ ।
    • सबै विद्यालयहरूमा पुस्तकालय, विज्ञान र कम्प्युटर प्रयोगशाला स्थापनाको नीति लिइनेछ।
    • सबै शिक्षकहरूलाई प्रविधिमैत्री बनाइनेछ ।
    • अनुगमन, निरीक्षण र सुपरिवेक्षण कार्यलाई थप प्रभावकारी बनाइनेछ ।
    • आफ्ना बालबालिका र विद्यालयप्रतिको भूमिकाबारे जिम्मेवार बनाउन विद्यालय व्यवस्थापन समिति र अविभावक बीच निरन्तर अन्तक्र्रिया र अनुशिक्षणात्मक कार्यक्रम सञ्चालन गरिनेछ।
    • अनाथ तथा असहाय बालबालिकाका लागि निःशुल्क आवासीय शिक्षा सञ्चालनमा निरन्तरता दिइनेछ ।
    • सामुदायिक अध्ययन केन्द्रलाई सञ्चालनमा ल्याइनेछ र हरेक वडामा एउटा सामुदायिक अध्ययन केन्द्र सञ्चालनमा जोड दिइनेछ ।
    • गाउँपालिकास्तरीय अतिरिक्त शैक्षिक क्रियाकलाप सञ्चालन गरिनेछ र विद्यालय स्तरमा सञ्चालन गर्न आर्थिक सहायता उपलब्ध गराइनेछ ।
    • गाउँपालिकास्तरीय परीक्षा प्रणाली लागू गरी HOME CENTER विहीन बनाई स्तरयुक्त बनाइनेछ ।
    • विद्यालयको भौतिक निर्माण र मर्मत कार्यलाई निरन्तरता दिइनेछ ।
    • अपुग शिक्षक पदपूर्तिका लागि स्वयंसेवक शिक्षक कार्यविधि कार्यान्यवनमा ल्याइनेछ ।
    • एस.इ.इ. परीक्षा दिनबाट बञ्चित रहेका वा एस.इ.इ. परीक्षा नदिई बसेका वा एस.इ.इ. पूरक परीक्षा पनि दिन नपाउने शैक्षिक योग्यता भएका विद्यार्थीहरुलाई खुला विद्यालय मार्फत एस.इ.इ. परीक्षा दिन पाउने व्यवस्था मिलाइनेछ ।
    • अविभावकसँग निरन्तर अन्तक्र्रिया कार्यक्रमबाट प्राप्त सुझाव जस्ताको त्यस्तै शिक्षक अविभावक सङ्घ र विद्यालय व्यवस्थापन समिति मार्फत प्रत्येक विद्यालयका प्रधानाध्यापकसम्म पु¥याई शैक्षिक गुणस्तर सुधारका लागि सम्बन्धित प्रधानाध्यापकलाई पूर्ण जिम्मेवार र जवाफदेही बनाइनेछ ।
    • आगामी तीन वर्षभित्रमा खानीखोला गाउँपालिकामा एक प्राविधिक शिक्षालय र एक सामुदायिक क्याम्पस स्थापना गरिनेछ ।
    • सामुदायिक विद्यालयका शिक्षण कार्यलाई गुणस्तरीय र परिणाममुखी बनाउन गाउँपालिका शिक्षा शाखा र सबै विद्यालयका प्रधानाध्यापकसँग कार्य सम्पादन करार गरिनेछ । साथै गाउँपालिकाको सम्पूर्ण विद्यालयका शैक्षिक कार्यक्रममा एक रुपता ल्याउन शैक्षिक क्यालेन्डरको पूर्ण पालना गर्न गराउन लगाइनेछ ।
    • यस गाउँपालिकाको शैक्षिक गुणस्तर सुधार तथा शैक्षिक अनुसन्धानात्क कार्यका लागि काठमाडौँ विश्वविद्यालय लगायत सङ्घ, प्रदेश र जिल्लास्तर अन्तर्गतका उत्कृष्ट शिक्षण संस्थासँग सहकार्य गरिनेछ।

    स्वास्थ्य

    • खानीखोला गाउँपालिकास्तरीय निर्माणाधीन अधुरो अस्पताल भवन सङ्घ तथा प्रदेश सरकारसँग पहल गरी छिटै सम्पन्न गरी सञ्चालनमा ल्याइनेछ ।
    • खानेखोला गाउँपालिकाका सबै वडाहरुमा आधुनिक स्वास्थ्य चौकी भवन निर्माण गरिनेछ ।
    • खानीखोला गाउँपालिकामा गत आर्थिक वर्षबाट सञ्चालनमा ल्याइएको जेष्ठ नागरिक तथा दीर्घ रोगीहरुको मासिक घुम्ती स्वास्थ्य परीक्षण कार्यक्रमलाई निरन्तरता दिइनेछ ।
    • वर्षमा एक पटक खानीखोलास्तरीय एकीकृत स्वास्थ्य शिविर सञ्चालन गरिनेछ।
    • यस गाउँपालिकाका गर्भवती महिलाहरूका लागि निःशुल्क एम्बुलेन्स सेवा उपलब्ध गराइनेछ ।
    • नेपाल रेडक्रस सोसाइटीसँग सहकार्य गरी रक्त सञ्चार सेवालाई सहज तुल्याइनेछ ।
    • गाउँपालिका क्षेत्रभित्र हुने परम्परागत औषधिजन्य वनस्पतिको संरक्षण, जडिबुटी खेती प्रवद्र्धन र प्रशोधनका कार्यहरू सञ्चालन गरिनेछ ।
    • महिला स्वयंसेविकाहरूको दक्षता विकास तालिम उपलब्ध गराई उनीहरूको सेवालाई प्रभावकारी तुल्याइनेछ ।
    • स्वास्थ्य क्लिनिकहरूले प्रदान गर्ने आधारभूत सेवाहरूको शुल्क नियमन गरिनेछ ।
    • अति सीमान्तकृत, सीमान्तकृत, गरिब तथा पछाडि परेका जनसमुदायलाई निःशुल्क स्वास्थ्य बीमा गर्ने व्यवस्था मिलाइनेछ ।
    • स्वास्थ्य चौकीहरूमा ल्याब सेवा सञ्चालनका लागि विशेष व्यवस्था गरिनेछ ।

    खानेपानी तथा सरसफाइ

    • खानीखोला गाउँपालिकाका सम्पूर्ण बस्तीमा रहेको खानेपानीको अभाव पूर्ति गर्न आगामी चार वर्षभित्र ‘खानीखोला सरकारको अभिभारा एक घर एक धारा’ कार्यक्रम सम्पन्न गरिनेछ।
    • खानेपानीको समस्या भएका गाउँपालिकाको सबै ठाउँमा बृहद् खानेपानी आयोजना मार्फत खानेपानीको व्यवस्था गरिनेछ। साना खानेपानी आयोजना निर्माणलाई प्राथमिकतामा राखी उचित बजेट विनियोजन गरिनेछ ।
    • खानेपानीको लागि नेवा संस्था सँग सहकार्य गरी ८० र २० प्रतिशत साझेदारी लागतमा बृहद् खानेपानी आयोजना कार्यान्वयन गरिनेछ ।
    • प्लास्टिकजन्य फोहोर नियन्त्रण र न्यूनीकरण गर्न प्लास्टिक झोला प्रयोगलाई निरुत्साहित गरिनेछ। साथै गाउँपालिकाबाट निस्कासन हुने फोहोरमैला व्यवस्थापन गर्न उपयुक्त स्थानमा गाउँपालिकास्तरीय एक फोहोरमैला व्यवस्थापन स्थल निर्माण गरिनेछ ।
    • कोठे, दयागाउँ, डाँडागाउँ, धार्ने क्षेत्र, फलामेटार, मिल्चे, महाङ्काल, कुस्पा, बाँसघारी, तालढुङ्गा लगायतका बस्तीहरुमा यसै आर्थिक वर्षमा खानेपानी योजना सञ्चालनमा ल्याइनेछ ।
    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार