२०८१ बैशाख २२, शनिबार | Sat, 04, May, 2024

खानीखोलाको बजेट ५१ करोड


१७८८९ पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०८० अषाढ १६, शनिबार मा प्रकाशित १0 महिना अघि
  • खानीखोला– काभ्रे जिल्लाको खानीखोला गाउँपालिकाले आर्थिक वर्ष २०८०।०८१ को लागि ५१ करोड ७ लाख ६९ हजार १ सय २ रुपैयाँको बजेट सार्वजनिक गरेको छ । गत असार १० गते सम्पन्न १३ औं गाउँसभा तथा ७ औं बजेट अधिवेशनमा उपाध्यक्ष दोर्जेमान जिम्बाले सो बजेट सार्वजनिक गरेका थिए ।

    उपाध्यक्ष जिम्बाले गाउँसभामा पेश गरेको बजेटमा कुल प्रस्तावित आय रकममा सङ्घीय वित्तीय समानीकरण अनुदान ७ करोड ३३ लाख, सङ्घीय सशर्त अनुदान १६ करोड ९५ लाख, सङ्घीय राजस्व बाँडफाँड ७ करोड ३६ लाख ९३ हजार ५ सय, सङ्घीय समपूरक अनुदान ८० लाख र सङ्घीय विशेष अनुदान १ करोड १५ लाख गरी सङ्घीय सरकारबाट प्राप्त कूल जम्मा बजेट ३३ करोड ५९ लाख ९३ हजार ५ सय आय अनुमान गरिएको छ ।

    त्यसैगरी प्रदेश वित्तीय समानीकरण अनुदान ६५ लाख ६४ हजार, प्रदेश सशर्त अनुदान ५ करोड ६८ लाख ९० हजार, प्रदेश समपूरक अनुदान २ करोड, प्रदेश सरकार विशेष अनुदान १ करोड, प्रदेश सवारी साधन कर र राजस्व बाँडफाँडबाट प्राप्त १ करोड ४५ लाख २१ हजार ६ सय २ रुपियाँ गरी कूल जम्मा प्रदेश सरकारबाट प्राप्त बजेट १० करोड ७९ लाख ७५ हजार ६ सय २ रुपियाँ अनुमानित आय प्राप्त भएको छ ।

    त्यसैगरि जिल्ला समन्वय समिति, काभ्रेपलाञ्चोकबाट २ करोड १८ लाख, सामाजिक सुरक्षातर्फ ४ करोड, आन्तरिक स्रोतबाट अनुमानित ५० लाख सेवा शुल्क तथा दस्तुर प्रक्षेपण गरिएको छ ।

    त्यसैगरि उपाध्यक्ष जिम्बाले कुल रकममा आर्थिक विकास तर्फ रु. १ करोड ५० लाख, भौतिक पूर्वाधार विकासतर्फ रु. ५ करोड ५० लाख, सामाजिक विकासतर्फ रु. २ करोड, विपद् व्यवस्थापनतर्फ ४३ लाख, सुशासन, सेवा प्रवाह र संस्थागत क्षमता विकासतर्फ रु. ७ करोड ८६ लाख ९३ हजार ५ सय तथा समपूरक अनुदानतर्फ रु. २ करोड ८० लाख, विशेष अनुदानतर्फ रु २ करोड १५ लाख गरी खर्च हुने प्रक्षेपण गरिएको छ।

    यसैबीच सामाजिक सुरक्षातर्फ रु. ४ करोड खर्च हुने अनुमान गरिएको छ । साथै सङ्घीय सरकार अन्तर्गत चालू तथा पूँजीगत खर्चतर्फ रु. १६ करोड ९५ लाख र प्रदेश सरकारबाट प्राप्त हुने सशर्त अनुदान कार्यक्रमतर्फ रु. ५ करोड ६८ लाख ९० हजार रहेको छ ।

    कुषि, पशु र सहकारी तर्फ

    • ‘हामी बनाउछौ हाम्रो खानीखोला’ निर्माण गर्ने सम्वाहकको रुपमा लिई आर्थिक क्षेत्रको विकासको लागि रु. १ करोड ५० लाख विनियोजन गरिएको छ ।
    • प्रत्येक वडालाई छुटटा छुट्टै कृषि र पशु ब्लकको रुपमा विकास गरी अनुदान र साझेदारीमा कुषि र पशुका कार्यक्रम सञ्चालन हुने व्यवस्था मिलाइएको छ।
    • कृषिलाई आधुनिक र व्यवसायिक बनाउँदै कृषिको विकास र विस्तार गर्न अनुदान र साझेदारीमा कार्यक्रम सञ्चालन गर्ने गरी आवश्यक बजेट विनियोजन गरिएको छ ।
    • साना, घरेलु तथा लघु उद्यम कार्यक्रमलाई प्रोत्साहन गर्न महिला उद्यमीहरूको नाममा गाउँपालिकामा दर्ता गर्न लाग्ने कर तथा शुल्कमा तीस प्रतिशत सम्म छुट दिने व्यवस्था मिलाइएको छ।

    सामाजिक विकास क्षेत्र

    • सामाजिक क्षेत्रको विकासका लागि २ करोड छुट्टयाइएको छ।
    • ‘स्वास्थ्य नै धन’ भन्ने मुल नाराका साथ आधारभूत स्वास्थ्य सेवालाई यस गाउँपालिकाको सबै नागरिकहरूको पहुँचमा पर्याउन जनसंख्या, भौगोलिकता र स्वास्थ्य सेवाको उपलब्धतालाई स्तरोन्नति गरिँदै लगिनेछ ।

    पूर्वाधार विकास

    • गाउँपालिकाको कार्यालय भवन, गाउँपालिकाका सात वटै वडाको गौरवका आयोजना लगायतका क्षेत्रलाई प्राथमिकता दिँदै पूर्वाधारजन्य विकासको लागि रु ५ करोड ५० लाख विनियोजन गरिएको छ।
    • यसबाट वडाको समस्या र आवश्यकता तथा सर्वसाधारण नागरिकमा पर्न गएको समस्यालाई सम्बोधन गर्दै समष्टिगत विकास गर्न सघाउ पुग्ने विश्वास लिएको छ ।
    • वडाबाट नै सञ्चालन हुन सक्ने वडागत योजना तथा कार्यक्रमको लागि श्रोत अनुमान तथा बजेट सीमा निर्धारण समितिले निर्धारण गरे बमोजिम बजेट विनियोजन गरिएको छ । यसबाट वडाको समस्या र आवश्यकतासँग नजिक रही समष्टिगत विकास गर्न सघाउ पुग्ने विश्वास लिएको छ ।
    • स्थानीय आवश्यकता र मागलाई विशेष मध्यनजर गरी समृद्ध खानीखोला निर्माण गर्न आधार प्रदान गर्ने र बजेटका प्राथमिकता क्षेत्रभित्र पर्ने गाउँपालिकास्तरीय गौरवका आयोजना समेत समेट्ने गरी त्यस्ता योजनामा उचित बजेटको व्यवस्था गरिएको छ ।
    • योजना र कार्यक्रम सञ्चालन गर्ने प्रयोजनार्थ समपूरक कोषमा रु. २ करोड ८० लाख विनियोजन गरिएको छ ।

    यसैबीच उपाध्यक्ष जिम्बाले यो बजेटको कार्यान्वयनबाट ‘हामी बनाउछौं हाम्रो खानीखोला’ भन्ने नारालाई सफल गर्न कोशेढुङ्गा सावित हुने विश्वास लिएको लिएका छन् । बजेटमा उल्लेखित योजना कार्यक्रमको कार्यान्वयनबाट समष्टिगत पूर्वाधारको विकास गरी समृद्ध र समाजवाद उन्मुख खानीखोला गाउँपालिकाको आधारशिला निर्माण गर्ने उद्देश्य प्राप्त गर्नका लागि पर्याप्त रुपमा मार्गदर्शन गर्ने जिम्बाले बताए ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार