२०८१ बैशाख २९, शनिबार | Sat, 11, May, 2024

आज – जेठ १९ शुक्रवार को राशिफल


१२७६७ पाठक संख्या
  • २०८० जेष्ठ १९, शुक्रबार मा प्रकाशित ११ महिना अघि
  • मेष

    चु, चे, चो, ला, लि, लु, ले, लो, अ

    आज आफ्नो प्रयास र कामधन्दाबाट दीर्घकालिक फाइदा पुग्न सक्छ, त्यसैले आफ्नो विचार र योजनालाई प्रयास गर्दा राम्रो हुनेछ ।

    बृष

    इ, उ, ए, ओ, वा, वि, वु, वे, वो

    आज ठीक समयमा सही निर्णय लिन सकिनेछ । आँटेको र ताकेको कार्य पुरा होला । शेयर बजारको क्षेत्रमा पनि सफल रहने योग छ ।

    मिथुन

    का, कि, कु, घ, ङ, छ, के, को, हा

    आज नयाँ कार्यको थालनी हुनेछ । सामाजिक कार्यमा सफलता मिल्नेछ । आफन्त र सहयोगीहरूको राम्रो साथ र सहयोग प्राप्त हुनेछ ।

    कर्कट

    हि, हु, हे, हो, डा, डि, डु, डे, डो

    मनमा देखिने अस्थिरता अधैर्यताका कारण निर्णायक क्षमतामा कमी आउनेछ । तर्क, विवाद र प्रतिस्पर्धाबाट पनि लाभ हुने छैन ।

    सिंह

    मा, मि, मु, मे, मो, टा, टि, टु, टे

    आज धार्मिक चिन्तन बढ्नेछ । बोलीको प्रभाव पनि बढ्नेछ नयाँ कमको थालनी हुनेछ । सरकारी जागिरेले बढुवा, प्रशंसा र पुरस्कार पाउनेछन् ।

    कन्या

    टो, पा, पि, पु, ष, ण, ठ, पे, पो

    शुभकार्यको चर्चा चल्नेछ । धर्मकर्म तथा समाज सेवामा मन लाग्नेछ । श्रमको उचित मूल्याङ्कन हुनेछ । प्रेम जीवन सबल र सफल रहनेछ ।

    तुला

    रा, रि, रु, रे, रो, ता, ति, तु, ते

    सुखद् यात्राको योग छ । राज्यबाट मान सम्मान पाइनेछ । दाम्पत्य जीवनमा मधुरता छाउनेछ । ढिलै भए पनि अधुरा काम सम्पन्न होला ।

    बृश्चिक

    तो, ना, नि, नु, ने, नो, या, यि, यु

    आज लाभहानी, आयव्यय, सुखदुःख बराबरी मध्यम खालको दिन छ । सफल र उत्साहजनक यात्रा यात्रा हुनेछ र पुनर्मिलन हुनेछ ।

    धनु

    ये, यो, भा, भि, भु, धा, फा, ढा, भे

    गरेको कार्यबाट सफलता मिल्नेछ । आर्थिक क्षेत्रमा राम्रो सफलता मिल्ला । विशिष्ट व्यक्तिलाई प्रभावित तुल्याएर काम बनाउन सकिनेछ ।

    मकर

    भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि

    आज नयाँ कामका विभिन्न अवसर फेला पर्ने छन् । श्रमको उचित मूल्याङ्कन हुनेछ । पार्टनरसिपमा गरिएको कारोबारले राम्रै फाइदा दिनेछ ।

    कुम्भ

    गु, गे, गो, सा, सि, सु, से, सो, दा

    विद्यामा अरु भन्दा पछि परिने देखिन्छ । समयमा काम नबन्न सक्छ, तर मन मिल्ने साथीको साथ, सहयोग र हौसलाले मन शान्ति हुनेछ ।

    मीन

    दि, दु, थ, झ, ञ, दे, दो, चा, चि

    अधिकार प्राप्तिका लागि संघर्ष गर्नु पर्ला । घरायसी वातावरणमा केही असामान्यता देखिन सक्छ । यात्रामा सावधानी अपनाउनु पर्नेछ ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार