२०८१ अषाढ ३१, सोमबार | Mon, 15, Jul, 2024

कुन गल्तीको सजाय दिँदैछौ


३०४९ पाठक संख्या

अँगालोमा लुटपुटिएको त्यो सम्झनाले सताउँछ हर पल किन । बिर्सुं कसरी भन एक अर्कामा भावना

  • नवसंकेत अनलाईन
  • २०७४ जेष्ठ २१, आईतबार मा प्रकाशित ७ साल अघि
  • अँगालोमा लुटपुटिएको त्यो सम्झनाले सताउँछ हर पल किन ।
    बिर्सुं कसरी भन एक अर्कामा भावना मनका ती साटेका दिन ।।
    पवित्र लाग्थ्यो तिम्रो माया सोच्थें हाम्रो मायामा छैन कुनै छल ।
    घात ग¥यौ तिमीले जब याद आउँछ तिमीसँग बिताएका पल ।।
    मीठा सपना देखाएर आज तिमीले अन्तै पाइला मोड्यौ ।
    मुटु मेरो टुक्रा पारी साइनो आज तिमीले अन्तै जोड्यौ ।।
    गर्थें म त हरदिन पूजा मायाको मन्दिर नै किन भत्कायौ ।
    उनेका सपनाका संसारमा आज आगो तिमीले सल्कायौ ।।
    गए पनि डुबाएर आँशुमा मलाई तिम्रै यादमा बाँचँकोछु ।
    दिए पनि तिमीले पिडा लुकाएर व्यथा अझै हाँसेकोछु ।।
    स्वार्थ आफ्नो पुरा गरी पराई काखमा भुलेछौ तिमी आज ।
    जिउँदो लाश बनाइ छाड्यौ निष्ठुरी बनी नमानेरै लाज ।।

    काठमाण्डौ झर्नासाथ उसले सबैभन्दा पहिले बिन्दुलाई सम्झ्यो र मोबाइलमा फोन ग¥यो । मोबाइलबाट मात्र एउटै कर्कस आवाज आउँथ्यो– ‘माफ गर्नुहोला, तपाईंले सम्पर्क गर्न खोज्नुभएको मोबाइलको स्वीच अफ गरिएको छ ।’ बिन्दुसँगै भेट्ने अभिलाशासाथ खुशी हुँदै बिहान भाले नबास्दै भुवन ससुरालीतिर लाग्यो ।े सबै जग्गा बेचेर बुटवलतिर परिवार सहित छिरेको बतायो । वुटवलमा पुगेर उसले ससुराली अनि बिन्दुको खोजी गर्न थाल्यो । तर हातमा लाग्यो सून्य । एक महिनासम्मको वुटवलको बसाइमा पनि केहि उपलब्धी नलागे पछि निरास हुँदै काठमाण्डौ नै फर्कने विचार ग¥यो भुवनले ।

    निरास भएर एकोहोरिएर हिँडीरहेको बेला एक्कासी एक जना महिलासँग ठोक्किन पुग्यो । झस्याङ्ग भयो, उसको मुखबाट कुनै शब्द निस्केन । ती महिलाको हिँडाइ अनि जिउडाल परिचित झैं लाग्यो उसलाई । एकटकले उसले ती महिलालाई हेरिरह्यो । ती महिला अलि हतारिएर छिटो छिटो हिह्डीरहेकी थिइन् । केहि पर पुगेपछि ती महिलाले पनि एक पटक पछाडी फर्केर हेरिन् र पुनः उहि रफ्तारमा हिँडिन् । भुवनले केहि सोच्नै सकेन । एकोहोरो हेरिरह्यो मात्र हेरिरह्यो … …

    भुवन उनलाई पछ्याउँदै गयो । उनलाई पछ्याउँदै गएको भुवनले केहि बेरको पछ्याइपछि ती महिलालाई भेट्टाइन् । जब पुनः उनीहरु दुईका आँखा चार भए भुवन हेरेको हेर्यै भए । केहि बेर नयन जुदाए पछि बिन्दुले भुवनसँग आँखा जुधाउन सकिनन् र नजर भुईतिर झुकाइन् । दुबै जनाले केहि बोल्नै सकेनन् । मात्र चुपचाप रहे । सून्यता छाएको थियो ।

    साँच्चै नै ती महिला अरु कोहि नभएर उनै बिन्दु थिइन् । जसको खोजीमा उनी बुटवलसमम आएको थियो । बिन्दु रातो सारमिा दुलही झैं सजिएकी थिइन् । गलामा मंगलसुत्र अनि सुनको सिक्रीसँग सुहाउने रातो र हरियो पोतेले झनै उनलाई अप्सरा झैं देखिएको थियो । उनको सुन्दरतले स्वर्गकी परीलाई नै माथ खुवाउला झैं आभास हुन्थ्यो । उनको सुन्दरतामा जो सुकै पनि लट्ठ हुन सक्थ्यो । त्यति धेरै सुन्दरताका धनी, सौनदर्यले निखारिउकी उनको मुहार भने मलिन देखिन्थ्यो ।

    केहि क्षणको मौनता पछि भुवनको वाक्य छुट्यो । ‘बिन्दु, के भूल भो र मलाई तिमीले यति ठूलो घात ग¥यौ ?’‘कुन गल्तीको सजाय दिँदैछौ मलाई बिन्दु ? किन टाढा टाढा हुन खोज्दैछौ मबाट ? मैलेचिम्रो लागि सबथोक सुम्पेथें । मेरो निश्चल मायाको उपहार आज तिमीले यति धेरै पीडा दियौ । यसलाई के सम्झुँ म ? बोल न केहि त बोल बिन्दु । तिम्रो सुन्यता हैन तिमीबाट जवाफ चाहन्छु म ।’ अवाक हुँदै भुवनले प्रश्न माथि प्रश्न तेर्साइरह्यो । तर बिन्दु एकोहोरो भुईमा हेरेर मात्र बसिरहिन् । उनको मुखबाट कुनै शब्द नै निस्कन सकेको थिएन ।

    ‘बोल न बिन्दु केहि त बोल । म तिम्रै जवाफ सुन्न आतुर छु । तिमीबिना म पागल हुन्छु । म एक पल पनि तिमीबिना बाँच्न सक्दिन बिन्दु । एकपल पनि बाँचन सक्दिन । म तिमीसँग मेरो मायाको भिख माग्दैछु बिन्दु । मलाई मेरो माय फिर्ता गरिदेउ ।’ भुवनले रुँदै अनुनय विनय गर्न थाल्यो । उसको आँखाबाट अश्रुधारा निरन्तर बगिरह्यो बगिरह्यो । आखिर बिन्दु पनि त मानव थिइन् । उनको मन पनि थामिएन । अनायसै उनको नयनबाट पनि आँशुका धारा बग्न थाल्यो । उनले रुँदै भुवनलाई अँगाल्दै भनिन्—‘मलाई माफ गरिदेउ भुवन मलाई माफ गरिदेउ । मबाट ठूलो गल्ती भयो ।’ दुबैजना एक अर्काको अँगालोमा बेरिएर रोईरहे रोइरहे ….

    क्रमशः.. (घटना सत्य भए पनि पात्रहरु फेरिएका छन् )

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार