२०८१ बैशाख ७, शुक्रबार | Fri, 19, Apr, 2024

टुका कविता (हाइकु)  पाँचखालमा..


५०८७ पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०७८ फागुन २१, शनिबार मा प्रकाशित २ साल अघि
  • १. पाँचखालमा
    दिगो विकास सम्मेलन
    यसै सालमा।

    २.पाँचखालमा
    निशुल्क गुनिलो शिक्षा
    यसै सालमा।

    ३.पाँचखालमा
    निशुल्क स्वास्थ्य सेवा
    यसै सालमा।

    ४.पाँचखालमा
    जनतालाई आवास
    यसै सालमा।

    ५.पाँचखालमा
    घरघरमा खानेपानी
    यसै सालमा।

    ६.पाँचखालमा
    घरघरमा विजुली
    यसै सालमा।

    ७.पाँचखालमा
    घरघरै सौचालय
    यसै सालमा।

    ८.पाँचखालमा
    घरघरै पुग्ने बाटो
    यसै सालमा।

    ९.पाँचखालमा
    खेतखेतै बग्ने कुलो
    यसै सालमा।

    १०.पाँचखालमा
    घरघरमा रङ्गरोगन
    यसै सालमा।

    ११.पाँचखालमा
    घरमा दुई गमला
    यसै सालमा।

    १२.पाँचखालमा
    घरमा दुई डस्टविन
    यसै सालमा।

    १३.पाँचखालमा
    करेसाबारी बनाउने
    यसै सालमा।

    १४.पाँचखालमा
    राष्ट्रिय झण्डा फहराउने
    यसै सालमा।

    १५.पाँचखालमा
    वर-पिपल चौतारी
    यसै सालमा।

    १६.पाँचखालमा
    पुल पनि बनाउने
    यसै सालमा।

    १७.पाँचखालमा
    वृद्धाश्रम बनाउने
    यसै सालमा।

    १८.पाँचखालमा
    मेला, पर्व, हाटबजार
    यसै सालमा।

    १९.पाँचखालमा
    सोलार बत्ती जोड्ने रे
    यसै सालमा।

    २०.पाँचखालमा
    भ्युटरावर बनाउने
    अर्को सालमा।

    २१.पाँचखालमा
    वालवालिका – विद्यालय
    यसै सालमा।

    २२.पाँचखालमा
    एक व्यक्ती एक सीप
    यसै सालमा।

    २३.पाँचखालमा
    विभेदलाई बिदाइ
    यसै सालमा।

    २४.पाँचखालमा
    शोषणको काजकिरिया
    यसै सालमा।

    २५.पाँचखालमा
    भ्रष्टाचार उन्मूलन
    यसै सालमा।

    -सिताराम शिपखान
    पाँचखाल, काभ्रे
    011-499135
    ( कवि पूर्व शिक्षक तथा दिगो विकास परिकल्पनाकार हुन्।)

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    २%

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार