२०८० चैत्र १६, शुक्रबार | Fri, 29, Mar, 2024

हरियो पृथ्वि


३७८० पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०७८ पौष १८, आईतबार मा प्रकाशित २ साल अघि
  • १०हरियो पृथ्वी

    रोपेर वृक्ष
    हामीलाई चाहिन्छ
    हरियो पृथ्वी १

    २०आकाशे बस्ती

    घोलेर कार्बन
    कहाँ भाग्ने योजना
    आकाशे बस्ती १

    ३०विश्व शान्ती

    बम र बन्दुक
    विश्व शान्तीका लागि,
    मृत्युका लागि१

    ४० घर
    छाना छ खर
    से।रा।का। माटी दल्यो
    नेपाली घर १

    ५० परिवार

    दिनभर दौडी
    आआफ्ना कामकाज
    साँझमा भेट१

    ६०खाना

    बिहान ढिंडो
    सन्तुलित भोजन
    साँझ जाउलो१

    ७० खाजा

    जाडोको बेला
    मकै र भटमास
    मीठो छ खाजा १

    ८०कोरोना

    नखाको भए
    चमेरो वा सालक।।।
    आउँदिनथें १

    ९० भ्रष्टाचार

    दिगो आधार
    विकसित नेपाल
    ० भ्रष्टाचार १

    १००चक्रपथ

    पाखैपाखोमा
    डाँडाको फेदी हुँदै
    गोलाकार बाटो१

    ११०काम

    दिगो विकास
    प्रकृती अनुकुल
    मान्छेको काम १

    १२०स्वास्थ्य

    सबेरै उठ्नु
    स्वस्थकर जीवन
    काममा दौड्नु १

    १३०समय

    आउँछ जान्छु
    पर्खेर त बस्दैन
    टिप्न पो पर्छ १

    १४० प्रदुषण

    कहाँ बस्नु खै,
    धूलो(धुँवा र ध्वनी
    सहर ( बजार रु

    १५०जमीन

    फल्दैन अन्न
    आकास( पातालमा
    जोगाउनु छ

    सिताराम शिपखान
    पाँचखाल, काभ्रे

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार