२०८१ अषाढ ८, शुक्रबार | Fri, 21, Jun, 2024

जोगाउनु थुतुनो भन्दछन्, सोझालाई कस्ले पो गन्दछन्


४६०१ पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०७८ अषाढ ३१, बिहिबार मा प्रकाशित २ साल अघि
  • राता रात हराउँछ सिमानाको जङ्गे पिलर ,
    हाम्रो त देश बन्यो अचेल माफियाको डिलर।

    उदार दिलका धनी हामी हाम्रो चौडा छाती,
    शान्तीको गीत गाउँदै बालौ मिली धुप बाती।

    उस्तै छ है प्रियतमा तिमी र म बस्ने बास ,
    धनी गरिव भनेर किन गर्नु उपहास।

    बनाऊँ सुन्दर बस्ती एकताको माला गाँसी,
    जीउन सिकौ सबै मिली दिल खोलेर हाँसी।

    – नवशिला
    बेलबारी –२, लालभित्ती, मोरङ

    ठिक्क पार्ने दही चिउरे बानीले,
    कस्तो कुरा गरेकी हौ त नानीले ।

    जीवनलाई कति दुःख दिऊँ त झेलेर,
    मर्न मन लाग्छ कहिले भीरमा ठेलेर ।

    किन बस्छन् यसरी टोलाएर ,
    कस्ले सुन्छ होला है बोलाएर ।

    स्वार्थ लुट्न तिमीलाई के गरे ,
    यस्तै कुरा गरेर नै मन मरे ।
    – ललिता गिरी, सिन्धुली

    तिम्रो मात्र प्रिय हुने छु खास,
    राख म माथि तिमीले विश्वास।

    यस्तै हो भने आउन सक्छ ठूलो हुरी,
    ए मायालु यसरी न बढाऊ न दूरी।

    माया गरी त्यो दिलमा सजाऊ,
    लाने भए दिलभित्र बसाऊ।

    देखेको सबै सत्य हुन्छ भन्ने छैन,
    यसरी त हजूर प्रमाण हुँदैन।

    – लालीमाया थापा

    ज्ञानका प्रश्नहरू बिक्री गर्न लागी परे सर,
    मृगौला मुटु र आँखा झिक्न तत्पर छन् डाक्टर ।

    सोध्न मन छ सरकार कस्का लागि हो नेल?
    अपराधीहरू बाहिर छन् खाली छ त जेल ।

    विदेशीको पाउमा गिरेर कति बन्नु दास?
    त्यो सपना पूरा गर्दागर्दै आइ पुग्छ लास।

    पूरा भएन देखेका सपनाहरू साना,
    घरमा छैन नि बाआमाका आँखा ओभाना ।

    – रिजाल विनोद
    बेलबारी २ मोरङ

    आज बाट उन्सत्तरी पुगेर सत्तरी टेकिछु,
    रोग व्याध बोकेर मृत्युलाई नजिकै भेटिछु।

    छोरा छोरी जन्माए पढाइ लेखाइ हुर्काए,
    छोरी जुवाई छोरा बुहारी सन्तान फुर्काए।
    महामारी कष्ट थियो आज धेरै सुखमा,
    महल छोडेर आज बास भयो दुःखमा।

    समाऊँ हात छैन बसूँ तारा मण्डल नै घर छ मेरो,
    खोसेर लगे छोरा बुहारी मिलेर नै सबै सेरो फेरो।

    – कमला पाण्डे, झापा

    पानी पर्यो दरर,
    मन भयो थरर।

    धेरै आए दौँतरी लगाए,
    डर सबै आफुमै भगाए।

    अहिले समय यस्तै हो हजुर,
    राम्रो भएर नै मारिन्छ मजुर।

    जोगाउनु थुतुनो भन्दछन्,
    सोझालाई कस्ले पो गन्दछन्।

    – रघु न्यौपाने, पोखरा

    नेपाली साहित्यको जग तिमीबाटै होनि बसेको,
    किन बुझ्दैनन् आज मनुवाहरू अस्तित्व खसेको।

    साहित्यको आकाशमा थियौ तिमी उज्वल नक्षत्र,
    हराउँदा धर्म, तिम्रो योगदान प¥यो अलपत्र।

    उब्जिन्छ मुरी अवस्य रोपियो भने मानु,
    सफल हुन्छौ बाँचेर हेर बनेर भानु।

    प्राथमिककालका प्रतिनिधि थियौ तिमी कवि,
    यत्रतत्र सर्वत्र पुग्यौ नपुगेको ठाउँ रवि।

    – मुक्तिनाथ अधिकारी
    भरतपुर चितवन ।

    खोज्दैमा पाइदै पाइदैन आफ्नो मान,
    ढाँका टोपी दौरा सरुवाल हाम्रो सान।

    फूल त फुलेकै छ है केसरी,
    मेरो मन नदुखाउँ बेसरी ।

    यो जिन्दगीले चोटै चोट सहेको,
    तिम्रो जस्तै मेरो मन नि भएको।

    कोही छौ भने आइदेऊ सम्झनामा,
    बाँचेको छु तड्पी म तिम्रो कल्पनामा।

    – प्रेम सुनार, दैलेख

    घटना धेरै चेलीहरुको अपहरण घटिरहेछन् ,
    अनि मिडीया पुलिस र आर्मीहरु त्यहीँ खटिरहेछन्।

    चारैतिर बाढी पहिरो गएको कति,
    जताततै भएकोछ झन् बढी नै क्षति।

    हाम्रो देशको विश्व समाजमा मान,
    सगरमाथा र धरहराको सान।

    बाउँले छोरी भन्दैन जेठाजुले बुहारी,
    दाईजो थोरै भयो भनेर खेल्छन् जुहारी।

    – शोभा अर्याल, बुटवल

    नखाएसम्म तल्तलीले छुने
    खाए सारै उपर्तली नै हुने

    रहेछौ जेठो म भन्दानी
    यस्तै रहेछ जिन्दगानी।

    पानी कहिलै बोल्दैन
    कुरा कसैले खोल्दैन।

    तिहुन खायौ करेली
    न झिम्काउनु परेली।

    – बेदु न्यौपाने, काठमाडौं

     

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार