२०८१ बैशाख २५, मंगलबार | Tue, 07, May, 2024

सार्वजनिक सम्पत्तिको दोहन कहिलेसम्म ?


२५२५ पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०७७ अषाढ २, मंगलबार मा प्रकाशित ३ साल अघि
  • प्रल्हाद शर्मा हुमागाई
    मुलुक विधि संवत् चलेन भनेर विभिन्न किसिमका आन्दोलन भएको पनि दशकौं पार भएको छ । अझ अग्रजहरुका भनाइ अनुसार ७० दशक बित्यो रे ! तर उपलब्धी के ? मात्रै स्वरुप परिवर्तन गरेर सत्ता प्राप्ति गर्ने भ¥याङ्ग मात्र भए नेपाली जनता ।

    “हाम्रो राजा, हाम्रो देश प्राणभन्दा प्यारो छ’ वीर बिपी जिन्दावाद” भन्दै सडक गुञ्जिएको पनि हिजो जस्तै लाग्छ । यी दुवै घटनाक्रमलाई नियालेको पनि झण्डै ४५ वर्ष बित्यो । त्यो दिनदेखि आजसम्म आउँदा परिवर्तनका नाममा के देखियो भने हराभरा मनोरम दृश्यमा रम्दै खेल्दै आएका चउर, गौचरण, चौताराहरु मासिँदै गए । पाटीपौवामा आलिशान महलहरु बने, पानीघाट, गौचरण भूमाफियाको कमाउ स्रोत बन्यो । खोलानालाले आफ्नो गन्तव्य पाएनन्, सागरबाट खोल्सी हुँदै कुलोमा समेटिन बाध्य भए । यहाँभन्दा पनि ठूलो उपलब्धी खाली खुट्टा डोकाबाट ढोकामा पुगेकाहरु विलासिताका आलिशान महलहरुमा मलमल ओछ्याउँदै बुलेट प्रुफ गाडीमा हुँइकिन पुगे । के यो परिवर्तन होइन ? हिजो नुन र सुन बाहेक कुनै अन्य सामान किन्नु पर्दैन थियो । आज ठिक उल्टो होला, जसरी बजार विस्तार भएको छ, के त्यो उपलब्धी होइन ? विश्वमा पानीको दोस्रो ठूलो मुलुक पानी किनेर प्यास मेटाउनुपर्ने अवस्थामा पुगेको छ ।

    सुकुम्बासीका नाममा हुकुमबासीहरु जस्केलाबाट लुटतन्त्र मच्चाउँदै छन् । त्यो परिवर्तन होइन ? हो, नेपाली जनताले चाहेको परिवर्तन सीमित व्यक्तिको स्वार्थसिद्ध गर्नकै लागि जीवनको आहुति दिएका रहेछन् भन्ने पुष्टि माथि उल्लेखित बुँदाहरुले स्पष्ट पारेको छ । अहिले केही बचेखुचेको सार्वजनिक सरोकार राख्ने नदीनाला, गौचरण, पाटीपौवा, चौताराको समेत दोहन गर्न मरिहत्ते गरिरहेका छन् । अब नेपाली जनताले कसको विश्वास गर्ने ? आफैं गलत संस्कारको विरोध गरौं त चुल्ठे मुन्द्रे आइहाल्छन्, जिउज्यान जोगाउन धौ–धौ हुन्छ । नगरौं त असह्य हुँदै गएको छ ।
    हाम्रा समाजका केही बुज्रिक आफ्नो आङमा भैंसी देख्दैनन्, अरुको जिउको लिखा केलाउन जम्जमाउँछन् । यस्तो संस्कारभित्र रुमलिएका हामी कसरी समृद्ध हुन सक्छौं ? दयनीय विषय हाम्रा अगाडि आएको छ । सरकार यदि जनताकै प्रतिनिधि भन्न रुचाउँछौ भने कम्तीमा बचेखुचेका सार्वजनिक महत्वका सम्पत्तिहरुको दोहनलाई रोक्ने प्रयत्न गर । नत्र हाम्रो मतले तिमीलाई धिकार्ने छ ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार