२०८१ बैशाख २४, सोमबार | Mon, 06, May, 2024

आज काभ्रेपलाञ्चोकको दुई स्थानमा भव्य मेला, वलि प्रथाको अन्त्य,लोभले डिप्रेसन निम्त्याउन सक्छ


७८५३ पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०८० बैशाख २२, शुक्रबार मा प्रकाशित १ साल अघि
  • काभ्रेपलाञ्चोक । आज बुद्ध जयनती ( चण्डी पुर्णीमा ) काभ्रेको दुई स्थानमा भव्य मेला लागेको छ । पाँचखाल नगरपालिका वडा नं ९ पलाञ्चोक भगवती मन्दिर र बनेपा नगरपालिका वडा नं ५ चण्डेश्वरी मन्दिर ।

    धार्मिक रुपले निकै प्रसिद्ध, मनको इक्छा पुरा गर्ने देविको रुपमा मानिदै आएको उक्त दुई स्थानमा अन्य दिनको तुलनामा आजको दिन मन्दिरमा भक्तजनहरुको उपस्थिति बढी हुने गरेको छ ।

    त्यसैगरी आजको दिनमा बोद्ध धर्मालब्विहरुले काटमार गर्न नहुने संदेश फैलाएपछि पलाञ्चोक भगवती मन्दिर परिसरमा बलि दिने कार्य करिव अन्त्य भएको छ । विगत दशकमा बोका , कुखुरा भाले , हाँस, राँगा जस्ता पशु वलि दिनेको लावा लस्कर हुने गरेकोमा पसिछल्लो समयमा पशु वलिको वदलामा नरिवल वलि दिने चलन आएको छ ।

    त्यसैगरी आज बुद्ध जयन्तीको अवसरमा बौद्ध धर्मालम्बिहरुले बिभिन्न कार्यक्रमको आयोजना गरी मनाएका छन् । कार्यक्रमहरुमा बुद्धको उपदेशहरुको व्याख्या गर्दैै सत्मार्ग अवलम्बन गर्ने कार्यमा प्राथमिकता दिएका छन् ।

    बुद्धले दिएका उपदेशहरु मध्य , ‘आफूलाई चाहेको कुरा मात्र संग्रह गर्नु, चाहिनेभन्दा बढी कुरामा आशक्ति बढ्यो भने दुःखी बनाउँछ ।’ अनावश्यक र क्षमताभन्दा बढी अरुलाई हानि गरेरै भएपनि कुनै पनि कुरा पाउन खोजेमा त्यसले सधैं असन्तुष्ट गराउँछ । ‘आवश्यकता भन्दा बढी लोभ गर्नु कमजोर मनस्थितिको उपज हो ।

    आत्मविश्वास कम भएको, कम चेतना भएको, अधैर्यवान व्यक्तिमा आवश्यकता भन्दा बढी लोभको भावना उत्पन्न हुन्छ,’ । भन्ने विषयला प्राथमिकता दिएको छ ।
    बुद्ध उपदेश अनुसार अनावश्यक लोभले मानसिक रोग निम्त्याउने, व्यक्तिलाई इष्र्यालु बनाउँछ । अरुको प्रगति उसले स्वीकार गर्न सक्दैन र ऊजस्तो हुन पनि सक्दैन, जसकारण बढी रिसाउने, झर्किने बनाउँछ,’ । नैराश्यता, एन्जाइटी र डिप्रेसन जस्ता समस्या समेत अनावश्यक लोभले निम्त्याउन सक्ने बुद्ध उपदेशको व्याख्याले प्रस्ट्याउँछ ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    १%

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार