२०८१ बैशाख २६, बुधबार | Wed, 08, May, 2024

सवारी दुर्घटनामा तीनको मृत्यु


८०६१ पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०८० जेष्ठ २८, आईतबार मा प्रकाशित ११ महिना अघि
  • २८ जेठ, काठमाडौं । कालीकोटमा जिप दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ । शुभकालिका गाउँपालिका-६ चिसापानीस्थित बेहुली पानतडी सडकखण्डको चौकी बजारबाट हाउडीतर्फ जाँदै गरेको लु १ च ८४९८ नम्बरको जिप शनिबार राति साढे ११ बजे दुर्घटना भएको हो ।

    दुर्घटनामा जिपका चालक शुभकालिका – २ भर्ताका ३० वर्षीय हर्के कामी, वडा नं. ८ का ३१ वर्षीय रामबहादुर शाही र दैलेख नौमुलेका २५ वर्षीय गोपाल सलामी मगरको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कालीकोटले जानकारी दिए । जिप सडकबाट १५० मिटर तल खसेको छ ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    १%

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार