२०८१ बैशाख २५, मंगलबार | Tue, 07, May, 2024

कांग्रेसको दम्भ र अहङ्कारले गठबन्धनमा फेरबदल भयो —सापकोटा


११२३३ पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०८० फागुन २१, सोमबार मा प्रकाशित २ महिना अघि
  • काभ्रेपलाञ्चोक । नेकपा ( माओवादी केन्द्र ) का केन्द्रीय उपाध्यक्ष एवं पूर्व सभामुख अग्नि प्रसाद सापकोटाले नेपाली कांग्रेसको दम्भ र अहङ्कारले गर्दा वर्तमान गठबन्धनमा फेरबदल आएको बताउनु भयो ।

    आज (सोमवार) काभ्रेपलाञ्चोक जिल्लाको बनेपामा नेकपा ( माओवादी केन्द्र ) आवद्ध जवस मोर्चाहरूले आयोजनामा सहिद परिवारहरूको सम्मान तथा व्यवस्था परिवर्तनमा बलिदानको महत्व विषयक अन्तरक्रिया कार्यक्रमको उद्घाटन गर्दै उक्त धारणा राख्नुभएको हो ।

    कार्यक्रमका प्रमुख अतिथि पूर्व सभामुख सापकोटाले भन्नुभयो —नेपाली कांग्रेसले राष्ट्रिय सभाको निर्वाचन‚ कोशी प्रदेशको सरकार गठनमा  धोका दिएको‚ शान्ति प्रक्रियासँग सम्बन्धित त्च्ऋ विधेयक सदनमा प्रस्तुत गर्न रोकेको‚ भ्रष्टाचारमा डुबेको मन्त्रीहरू र असक्षम मन्त्रीलाई हटाउन नचाहेको कारण गठबन्धन तोड्नु परेको हो । उहाँले थप्नुभयो महान् सहिदहरूको उच्च बलिदान‚ पार्टीको नेतृत्वमा सञ्चालन भएको महान् जनयुद्ध र जन आन्दोलनको जगमा आजको संघीय लोकतान्त्रिक गणतन्त्र प्राप्त भएको बताउनु भयो । महान सहिदहरूको सपना पूरा गर्न वैचारिक‚ राजनीतिक‚ सांस्कृतिक पुनर्गठन गर्दै शक्तिशाली विचार मार्क्सवादलाई समृद्ध पार्दै समाजवाद र महान् साम्यवादको दिशामा लाग्नु पर्नेमा जोड दिनुभएको थियो ।

    त्यसैगरी कार्यक्रममा बागमती प्रदेश समितिको अध्यक्ष सरल सहयात्रीले सहिदको सपना साकार पार्न सबै तहको पार्टी कमिटीहरूको तहगत नेता कार्यकर्ताहरू आफूले आफैँले पहिचान गरेर अमूर्त पार्टी खोज्ने होइन आफ्नो कर्तव्य‚ जिम्मेवारी बोध गरि आ–आफ्नो दायित्व पूरा गर्न देश र जनताप्रति इमानदार लाग्नुपर्ने  बताउनु भयो ।

    कार्यक्रममा संघीय सांसद सूर्यमान दोङ‚ प्रदेश सांसद रत्न ढकाल र रुकु चौलागाईं पार्टीको केन्द्रीय सदस्यहरू दीननाथ गौतम‚ गङ्गा बहादुर तामाङ (बमध्वज)‚ कृष्ण अधिकारी  तेज बहादुर मिजार‚ जिल्ला संयोजक भोला प्रसाद अर्याल ‚  सहिद परिवारहरूको तफर्बाट सहिद शेर सिंहको भाइ राज कुमार तामाङ ‚ बागमती प्रदेश समितिका सचिवालय सदस्य एवं जिल्ला सह–इञ्चार्जहरु मिम बहादुर वाईवा ज्वाला‚ चौँरीदेउराली गाउँपालिका अध्यक्ष रेणुका चौलागाईं  बागमती प्रदेश समिति सचिवालय सदस्य एवं  जिल्ला सचिव दैवलाल घिसिङ (अनुशील) ‚ सचिवालय सदस्य मिना पाख्रिन प्रदेश सदस्यहरू आइत सिं लामा ‚ नारायण बानियाँ दिपेश‚ होम बहादुर खुलाल ‚गोपाल घिमिरे‚ उषा अर्याल र यादव ढुंगेल लगायतका नेताहरूको उपस्थिति रहेको थियो ।

    अनेमसं (क्रान्तिकारी) जिल्ला अध्यक्ष  सुन्तली थिङको सभापतित्व तथा अखिल (क्रान्तिकारी) ले सञ्चालन गर्नुभएको उक्त कार्यक्रममा बुद्धिजीवी संगठनको जिल्ला अध्यक्ष  चन्द्रप्रसाद मैनालीले स्वागत मन्तव्य राख्नुभएको थियो । उक्त कार्यक्रम महान् जनयुद्धको  प्रथम सहिद दिल बहादुर रम्तेलले सहादत प्राप्त गरेको फागुन १४ गतेदेखि झापा विद्रोहको क्रममा तत्कालीन पञ्चायती शासकले जेल सार्ने बहानामा २०२९ फागुन २१ गते सुखानीको जङ्गलमा लगेर राजबन्दीहरूलाई हत्या गरेको दिनसम्मको अवधि ( फागुन १४–२१) लाई माओवादी केन्द्रले जनयुद्ध क्रमबाट सहिद सप्ताह मान्दै आएको छ ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    ८%३%

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार