२०८१ बैशाख २५, मंगलबार | Tue, 07, May, 2024

विश्वभर फेसबुक, म्यासेन्जर र इन्स्टाग्राममा देखियो समस्या


१३५३ पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०८० फागुन २२, मंगलबार मा प्रकाशित २ महिना अघि
  • २२ फागुन, काठमाडौं । विश्वभर सामाजिक सञ्जाल फेसबुक, म्यासेन्जर र इन्स्टाग्राममा समस्या देखिएको छ । मंगलबार राति एक्कासी फेसबुक र इन्स्टाग्राम आफै लगआउट भएको थियो । त्यसपछि  भने लगइन नै नहुने समस्या देखिरहेको छ ।

    समस्या देखिएपछि विश्वभरका फेसबुक र इन्स्टाग्रामका प्रयोगकर्ताले गुनासो गरेका छन् । सामाजिक सञ्जालमा देखिएका समस्याबारे रिपोर्ट गर्न मिल्ने डाउन डिटेक्टरमा हजारौँ प्रयोगकर्ताले गुनासो गरेका छन् ।

    फेसबुकसँगै मेटाको अर्को सामाजिक सामाजिक सञ्जाल इन्स्टाग्राम भने पूर्णरूपमा काम गर्न छाडेको छ ।यस्तै मेटाकै ह्वाट्सएप भने चलिरहेको छ ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार