२०८१ बैशाख २१, शुक्रबार | Fri, 03, May, 2024

शंख बजाउदा मानवको लागि हुने फाईदा


३११८ पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०७७ अषाढ २२, सोमबार मा प्रकाशित ३ साल अघि
  • विशेषतः हिन्दु धर्मालम्बीहरुले पूजापाठ गर्दा होस् वा कुनै धार्मिक समारोहमा शंख बजाउने गर्दछन् । शंख शंखेकिराको खबटाबाट बनाइने एक प्रकारको वाद्ययन्त्र हो । शंख समुद्रमा पाइने जलचरले बनाएको खबटा हो ।

    प्राचीनकालदेखि नै विभिन्न प्रयोजनमा ल्याइने शंख एक प्रकारको समुद्री चिप्लेकिराको कडा आवरण हो । यो विशेषगरी धार्मिक कार्यमा प्रयोगमा ल्याइन्छ । हिन्दु धर्ममा शंखलाई देवी लक्ष्मी र भगवान विष्णुले आफ्नो हातमा धारण गरेको देखाइन्छ । तर किन शंख बजाउने गरिन्छ ?

    शंखको अरु उपयोगीता के के छ त ?

    धार्मिक कारण
    १. शंख बजाउँदा वायुमा रहेको बिकार हट्ने विश्वास गरिन्छ ।
    २. शंखको आवाजले सुतेको भूमिलाई जागृत गराउँछ ।
    ३. शंख घरमा राख्दा वा बजाउँदा शुभ हुने विश्वास गरिन्छ ।
    ४. यसको ध्वनीले भुतप्रेम, पिसाच भाग्ने विश्वास गरिन्छ ।
    ५. वास्तुशास्त्र अनुसार शंखको ध्वनीले घरमा सकारात्मक ऊर्जा प्रवाह गर्छ ।

    स्वास्थ्य लाभ
    १. यसको ध्वनीले वातावरणमा रहेको कतिपय हानिकारक जीवाणु नष्ट हुने गर्दछ ।
    २. शंख बजाउँदा फोक्सोको व्यायाम हुन्छ यसले दमका रोगीलाई फाइदा पुग्दछ ।
    ३. शंखमा पानी संचित गरेर पिउँदा क्याल्शियम, फस्फोरस प्राप्त हून्छ ।
    ४. यसले हड्डी तथा दाँतको लागि राम्रो काम गर्छ ।
    ५. शंखमा भरेको पानी पिउँदा कब्जियत निको हुन्छ ।
    ६. एक रात शंखमा राखेको पानीले आँखा धोएमा आखाँ निरोगी एवं स्वस्थ्य राख्दछ ।
    ७. शंखमा राखेको पानीले अनुहार मसाज गर्दा अनुहारमा प्राकृतिक चमक ल्याउँछ ।
    ८. शंखमा राखेको पानीमा गुलाब जल मिसाएर कपाल धुदाँ बलियो, मुलायम र बाक्लो हुन्छ ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार