२०८१ बैशाख २१, शुक्रबार | Fri, 03, May, 2024

सपनामा कस्तो संकेत देखिए धन लाभ हुन्छ ?


४९४४ पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०७७ अषाढ २६, शुक्रबार मा प्रकाशित ३ साल अघि
  • सपनामा देखियो बस्तु वा स्थानले मानिसमा सकारात्मक वा नकारात्मक दुबै प्रकारका असर पार्ने गर्दछ ।कतिपय सपनाले मानिसमा धनलाभको समेत संकेत गर्दछ ।

    कुन कुन सपनाले मानिसलाई धनवान् बनाउने संकते गर्छ त ?

    १. यदि सपनामा कसैले बिरालो, उल्लु र घोडा देख्यो भने ती ब्यक्ति उपर माता लक्ष्मीको कृपा बर्सिने मान्यता छ ।

    २. यदि सपनामा आफुले घोडसवारी गरेको देखियो भने आगामी भाग लिएको प्रतियोगितामा सफलता पाउने मान्यता छ ।

    ३. सपनामा घोडा चढेको देखेमा रोकिएको पैसा छिट्टै फिर्ता हुने मान्यता रहेको छ ।

    ४. सपनामा माता लक्ष्मी वा भवानीको दर्शन गरेको देखेमा छिट्टै धनवर्षा हुने मान्यता छ ।

    ५. यदि सपनामा कसैले आभूषण धारण गरेको वा खरीद गरेको देखे भविष्यमा अधिक धनवान हुने संकेत गर्दछ ।

    ६. यदि सपनामा कमलको फूल धारण गरेको देखे या अरुले फुल भेट गरेको देखे थालेको काममा अपार सफलता प्राप्त हुनेछ ।

    ७. यदि सपनामा साना उमेरमा बालिका देखे देवीशक्तिको विशेष कृपा हुनेछ ।

    ८. कसैले सपनामा मन्दिरको दर्शन गरेको देखे त्यो अत्यन्त शुभ मानिन्छ ।

    ९. यदि सपनामा मन्दिर देखेमा आउने समय निकै शुभ हुनेछ भन्ने संकेत मानिन्छ ।

    १०. सपनामा कुलदेवताको दर्शन गरेको देखेमा जीवनमा विद्यमान सबै कष्ट, संकट नाश भएर जाने मान्यता छ ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार