२०८१ बैशाख २१, शुक्रबार | Fri, 03, May, 2024

सुत्नेकोठामा राखिने पाँच बस्तुले श्रीमान श्रीमतिको सम्बनधमा धराप


३८९४ पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०७७ श्रावण ९, शुक्रबार मा प्रकाशित ३ साल अघि
  • श्रीमान श्रीमतीबीचको जीवनमा अतंरग महत्वपुर्ण हुन्छ । यसका लागी सबैभन्दा उत्तम स्थल हो, उनीहरुको बेडरुम ।तर कतिपय अवस्थामा जान अञ्जानमा मानिसले बेड रुममा राखेका केहि तस्बिरले उनीहरुको प्रेममय जीवनलाई असर पारिरहेको हुन्छ । वास्तुशास्त्रमा यस्ता केहि चिजहरु छन् जो बेडरुममा राख्दा श्रीमान–श्रीमतीको सम्बन्ध नै धरापमा पर्न सक्छ ।१. मृतक वा पितृका तस्बिर
    परिवारको कुनै पनि आफन्तजन वा प्रियजनको मृत्युपछि उनीहरुको तस्बिर सम्झना र सम्मानका लागी घरको भित्तामा झुण्ड्याउने गरिन्छ ।

    तर ती तस्बिर श्रीमान श्रीमतीको बेडरुममा भने राख्नु हुदैन । अन्यथा यसले मानिसको मनमा नैराश्यता र नकारात्मक उर्जा पैदा गर्दछ र श्रीमान श्रीमतीको सम्बन्ध सुमधुर हुन पाउँदैन ।

    २. देवी–देवताका तस्बिर
    वास्तु शास्त्र अनुसार श्रीमान श्रीमतीको बेडरुममा कुनै पनि देवी–देवता, मठ मन्दिर वा शक्तिपिठहरुको तस्बिर राख्नु हुदैन ।

    यसले भगवानको प्रतिको सम्मान घट्नुको साथै पति पत्नीबीचको दुरी समेत बढ्ने गर्दछ ।

    बरु यस्ता तस्बिरलाई पूजा कोठामा राख्नु नै उपयुक्त हुन्छ । बेडरुममा यस्ता तस्वीर राख्दा पति–पत्नीको सम्बन्धमा फाटो आउन पुग्छ ।

    ३. जुता चप्पल
    कतिपय मानिसमा जुत्ता चप्पल बेडरुमसम्म लाने बानि हुन्छ । तर वास्तुशास्त्र अनुसार बेडरुममा जुता चप्पल वा अन्य अनावश्यक चीजहरु भए यसले श्रीमान श्रीमतीको सम्बन्धमा दरार पैदा गर्दछ । यस्ता चीजले बेडरुममा नकारात्मक उर्जा उत्पादन गर्दछ । यसले पति–पत्नीको सम्बन्धमा नकारात्मक असर पार्दछ । तसर्थ जुत्ता चप्पल ढोका बाहिरै राख्नु पर्दछ ।

    ४. विद्युतीय उपकरण
    श्रीमान श्रीमतीको बेडरुममा कुनै पनि विद्युतीय उपकरण हुनु हुदैन । कम्प्युटर, टिभीजस्ता विद्युतीय उपकरण बेडरुममा भइदिदाँ यसले जोडी बीचमा दूरी उत्पन्न गराउँदछ । वास्तुशास्त्र अनुसार विद्युतीय उपकरणले अग्नि तत्वबाट प्रभावित हुन्छन् जसले सम्बन्धमा असर पार्दछ ।

    ५. सामग्री पनि नराख्नुहोस्
    श्रीमान श्रीमतीको बेडरुममा कुनै पनि हिस्रंक पशु, डुब्दै गरेको जहाज वा मुर्ती राख्नु हुदैन । यसले वैवाहिक जीवनमा मनमुटाव तथा कलह ल्याउछ ।

    साथै बेडरूममा एउटा मात्र बेड हुनु पर्दछ । एउटै कोठामा दुई वटा बेड हुदाँ यसले वैवाहिक सम्बन्धमा असर पार्दछ ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार