२०८१ बैशाख २१, शुक्रबार | Fri, 03, May, 2024

आज सोमबार, कुन बिधिले पुजा गर्दा केफल मील्छ ?


३३६३ पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०७७ श्रावण १९, सोमबार मा प्रकाशित ३ साल अघि
  • अहिले भगवान शिवको प्रिय महिना श्रावण चलिरहेको छ । श्रावणमा भगवान शिवको आफ्ना भक्तहरुप्रति विशेष कृपा रहने गर्दछ । भगवान शिव मात्र एक यस्ता देवता हुन् जो प्रसन्न भएमा कुबेर बराबरको धन पनि दिन्छन् र क्रोधित भएमा पुरा ब्रह्माण्ड भस्म गर्ने सार्मथ्य पनि राख्दछन् ।

    शिवको कृपा पाउनका लागी श्रावणमा विशेष रूपले शिवलिंगको अभिषेक र पूजा गर्नु पर्दछ । शिवका प्रत्येक शिवलिंगका आआफ्नै महत्व रहने गरेको छ । जान्नुहोस् कुन शिवलिंगको पूजा गर्दा शिवभक्तले कस्तो आर्शिवाद प्राप्त गर्दछन् ।

    १. पारोको शिवलिंग
    सबैभन्दा बढि पारोको शिवलिंगको पूजा हुने गर्दछ । यस शिवलिंगको पूजा गर्दा भगवान शिव चाडैं प्रसन्न भई सबै मनोकामना पुर्ण हुने वर दिने धार्मीक विश्वास छ ।

    २. सुनको शिवलिंग
    सुनको शिवलिंगको पूजा गर्दा शिव साधकलाई समृद्धि प्राप्त हुने धार्मीक विश्वास रहेको छ ।

    ३. चाँदीको शिवलिंग
    चाँदीको शिवलिंगको पूजा गर्दा शिवभक्तका घरमा धनको भण्डारमा वृद्धि हुने मान्यता छ ।

    ४. पितलको शिवलिंग
    पितलको शिवलिंगको पूजा वा रुद्राभिषेक गरेमा शिवभक्तको दरिद्रता नाश हुने विश्वास गरीन्छ ।

    ५. फलामको शिवलिंग
    फलामको शिवलिंगको पूजा विशेष सिद्धि प्राप्तिका लागी गरीन्छ ।

    ६. मोतीको शिवलिंग
    मोतीको शिवलिंगको पूजा गर्दा स्त्री सुख मिल्ने तथा साधकको पत्नीको सौभाग्य वृद्धि हुने मान्यता छ ।

    ७. स्फटिकको शिवलिंग
    स्फटिकबाट बनेको शिवलिंगको पूजा गर्दा साधकको दीर्घ प्रतीक्षित मनोकामना पुरा हुने गर्दछ ।

    ८. फूलको शिवलिंग
    यदि कसैलाई पैतृक सम्पत्ती वा कुनै घरजग्गाको कामना छ भने श्रावणमा फूलको शिवलिंगको पूजा गरे भूसम्पत्तीको आशीर्वाद प्राप्त हुन्छ ।

    ९. मिश्रीको शिवलिंग
    कुनै पनि रोग वा शोकको पीडाबाट मुक्ति चाहिएको छ भने मिश्रीबाट बनाइएको शिवलिंगको पूजा गरे अत्यन्त लाभदायक हुन्छ । मिश्रीको शिवलिंगको पूजा गर्दा रोगबाट मुक्ति पाउने धार्मीक विश्वास छ ।

    १०. कपुरको शिवलिंग
    विधि विधानपुर्वक कपुरको शिवलिंगको पूजा गरेमा वा अभिषेक गरेमा साधकलाई भक्ति र मुक्तिको आर्शिवाद प्राप्त हुन्छ ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार