२०८१ बैशाख २१, शुक्रबार | Fri, 03, May, 2024

तिज हिन्दु नारीहरुको स्वतन्त्रताको चाड हो


३५८० पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०७७ भाद्र ५, शुक्रबार मा प्रकाशित ३ साल अघि
  • –दिनेश राज खरेल


    तिजलाई महिलाहरुको विशेष चाडको रुपमालिने गरिन्छ । महिलाहरु यसदिन सम्पूर्ण दुखहरु विर्षिएर आनन्द महशुस गर्ने गर्दछन् । तिज शब्दले महिलाको मुहारमा प्रशन्नता भरिदिने गरेको छ । तिजमा विशेषत चेलिवेटी र आफन्तको भेटघाटहुने गर्दछ । माइती–मावली ल्याउने, पठाउने काम हुन्छ । साथीभाइहरुसँग भेटघाट गर्ने दर खाँदै रमाइलोमावित्ने भएकोले महिलाहरुको स्वतन्त्रताको दिनपनि भन्ने गरिन्छ ।
    तिजलाई हरितालिका पनि भनिन्छ । प्राचिन सत्य युगमा माता पार्वतिलाई आफ्ना पिता हिमालयले भगवान विष्णुलाई कन्यादान गरिदिने निर्णय गर्नु भयो । यो कुरा पार्वतिका सखीहरुले थाहापाए र दिक्दार भएकी पार्वतिलाई हरणगरि जंगलमा लगिलुकाएका थिए । त्यसकारण हरितालिका भनिएको भविष्य पूराणमा उल्लेख भएको पण्डीत तथा ज्योतिषी रविन्द्र पराजुली बताउनु हुन्छ ।
    परापूर्व कालदेखि नै महिला र पुरुषविच समानताको बहस चल्दैआएको छ । प्रकृतिक रुपमा महिलाहरु पनि कम छैनन् । केहि चिजप्राप्तीका निम्ती जस्तो सुकै त्याग गर्न पनि सक्छन् भन्ने उदाहरण मातापार्वतीलाई लिन सकिन्छ । महिलाहरु आफ्नादुवै मस्तीष्कलाई चलायमान बनाउन सक्छन् । अमेरिकी सोध कर्ताहरुका अनुसार महिलाको मस्तिष्कको बनावटमा तन्तुहरु बाँयावाट दायाँ र दायाँवाट बाँयादुवै तर्फ जोडिएका हुन्छन् । उनिहरुको मस्तिष्कमा न्युरोन कोशिकाको रक्षागर्ने भाग ग्रे मोटर धेरै हुन्छ । यसैकारणले गर्दा महिलाहरु बढिभावुक र संवेदनशिल हुन्छन् । प्रेमले भरिपूर्ण हुन्छन् । एकान्त र प्रकृतिसंग रमाउँछन् । दया, प्रेम, करुणा र क्षमावढी हुने भएकोले महिलाहरु भगवानको पुजागर्ने , व्रतबस्ने, मन्दिर जाने र शान्ती खोज्ने प्राकृतिक स्वभाव नै हो ।
    रेडियो , टि.भी. र सामाजिक संजालमा बज्ने तिजगीत र शुभकामनाले एक महिना अगाडी नै तिजको संकेत दिइसकेको छ । तिजको अघिल्लो दिन दर खाने परम्परा रहि आएको छ । दरमा ढकनी, खिर, कुराउनी पुलाउ, आलुदम, अचारका परिकार लगायत मिठाई, फलफूल जस्ता आडिलो खानेकुरा खाने गरिन्छ । यस्ता खानेकुराले शरिरलाई तागत प्रदान गर्दछ । तिजको दिन निराहार ब्रत बसिन्छ तर आज भोली त्यस्तो देखिदैन । मानिसहरुमा एक न एक थरी रोग छ तसर्थ स्वास्थयलाई ख्यालगर्दै जुस, फलफुल खाने गरेको पाइन्छ । यसरि निराहार ब्रत नभए पनि फलाहार ब्रतले स्वास्थ्यलाई असर गर्दैन भनि समाजमा स्विकार गर्न थालिएको छ । यसले महिलाहरु प्रति देखिने सामाजिक कठोरतामा खुकुलो पन रहेको छ ।
    पण्डीत पराजुलीका अनुसार ‘‘तिजविशेष गरि स्त्रीहरुको नै चाड हो ।” यस दिन उमा–महेश्वरको पुजा गरिन्छ । उमा भन्नाले मातापार्वती र महेश्वर भन्नाले भगवान शिवजीलाई भनिन्छ । यस दिन महिलाहरुले निराहार व्रत वसि, शुद्धमनले भगवानको पुजा आराधना गर्ने र नजिकको शिवालयहरुमा जाने चलन छ । स्त्रीहरुले आफ्नो सौभाग्य बृद्धिको साथै, ऐश्वर्य आरोग्यपुत्र, पौत्रादिका साथै श्रीमान र घर परिवारमा राम्रो होस भनि कामना गर्ने गर्दछन् । पति पत्नी विचको प्रेम र दाम्पत्यार्थ सदासर्वदा अटल र अमर रहिरहन यो ब्रत, पुजा र आराधनाले भूमिका खेल्ने कुरा शास्त्रहरुमा बताइएको छ ।” यस दिन महिलाहरु साडी लेहंगा, कुर्था सलवार, हातमा मेहन्दी, चुरा–पोते, गर–गहना लगाएर श्रृगारिएका हुन्छन् । यो पहिरन र श्रृगारमा महिलालाई देविको स्वरुपमा देख्न सकिन्छ । सौम्य, शान्त र शालिन ।
    तिजको भोलीपल्ट विहान ब्रत पारायणगरि ब्रत विर्षजन गरिन्छ । गोवरको कुण्डबनाई सो कुण्डमा अगस्त्य ऋषीकी पत्नी लोपामुद्रालाई अध्र्य चढाइन्छ । अघिपछिको अध्र्य सुर्यलाई चढाइन्छ तर सो दिन लोपामुद्रालाई चढाउने प्राचिन मान्यताहो । अध्ईमादहि, कुरा, दुवो, केरा आदि राखिन्छ । तिजको दिन निराहार ब्रत गरेको कारण तुलसी जल खाएपछि ब्राम्हणलाई टिकालगाई दानदक्षिण गरेर व्रत विर्षजन गर्ने गरिन्छ ।
    तेस्रो दिन वा ऋषिपञ्चमिको दिन हिन्दु महिलाहरुको लागी धार्मिक हिसाबले विशेष दिनहो । यो दिन महिलाको रजोधर्मका समयमा भएका जान अन्जानका सबै पाप मोचन गर्ने दिनहो । रजोधर्म वा महिनावारीलाई आजको समाजले अस्विकार गरेको छ । तर शास्त्रले यस बाट मुक्तिपाउने सरल उपाय पनि सिकाएको छ । ऋषी पञ्चमीकादिन महिलाहरुले नजिकको नदि, खोला, धारामा गई स्नान गर्ने गर्दछन् र हात्ती वा घोडा बाँधेको स्थान वा चार दोवाटोको माटोले गुप्ताङ्ग सफा गर्ने र ३६ पटक दतिवनले दात माझ्ने गर्दछन् । यसो गर्दा रजोधर्मको दोष नलाग्ने बताइन्छ । तत्पश्चात सप्तऋषीहरु अत्री, भारद्धाज, गौतम, बशिष्ठ, अरुणदति, कश्यपको विधि पूर्वक पुजागरिन्छ ।
    आजको डिजिटल समाज जति नै तडक भडक र देखावटी भए पनि हिन्दु महिलाहरुले आफ्नो वास्तविक अस्तित्वलाई विर्सिएका छैनन् । हिन्दु नारीहरु परिवर्तित समाज संगसंगै धार्मिक र सांस्कृतिक मूल्यमान्यतालाई उचित तरिकाले निर्वाह गर्न सक्षम छन् भन्न सकिन्छ । हिन्दु नेपालीनारीहरु देश विदेश जहाँ रहेका भए पनि तिजलाई सभ्य र भब्य रुपले मनाउने गर्दछन् ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार