२०८१ बैशाख १, शनिबार | Sat, 13, Apr, 2024

नसोचेको सबै मलाई भयो आज !


३५४८ पाठक संख्या

नसोचेको सबै मलाई भयो आज ! तिमीसँग बिताएका पल आज फेरि पल्र्टाई हेरेँ । खाएका

  • नवसंकेत अनलाईन
  • २०७४ जेष्ठ ३०, मंगलबार मा प्रकाशित ६ साल अघि
  • नसोचेको सबै मलाई भयो आज !
    तिमीसँग बिताएका पल आज फेरि पल्र्टाई हेरेँ ।
    खाएका ती वाचा कसम आज मस्तिष्कमा बल्झाइ हेरेँ ।।
    तिमी बिना त बाँच्दिन भन्दै काखमा पल्टी रुन्थ्यौै ।
    आज एक्लो पारी तिमी हिँड्यौ त्यो पनि तन्काइ हेरेँ ।।
    जीवनभर तिमीसँगको थियो यात्रा तिमीले थोरै समय दियौ ।
    बाँकी के नै अब छ खब जिन्दगी नै सारा सल्काई हेरेँ ।।
    हाँसी हाँसी दियौ पीडा त्यो पनि त खुशीले पिएँ सबै ।
    तिम्रै लागि भनेर नै सारा संसार त्यसै लत्याई हेरेँ ।।
    गयौ जब मन अन्तै मोडी नसोचेको सबै मलाई भयो ।
    जिउँदो लास भएछु म त थाहा पाउन आफैलाई हल्लाई हेरेँ ।।

    रुपाको खोजीमा गाउँ गाउँ भौतारिन थालेको दिनेश हर पल हरेक पल रुपालाई नै खोजिरहेथ्यो उसका ती कोमल नयनहरुले । सायद समय अनि विधातालाई सायद यो मन्जुर थियो कि पल पल आशा नै आशामा तड्पिरहोस् दिनेश । त्यसैले त हरेक पल रुपा कै झ–झल्कोमा बित्ने गर्दथ्यो तर हातमा लाग्यो सून्य ।
    दिनेशले कसै गर्दा पनि रुपाको पत्तो नै पाउन सकेन । दिनेश त्यतिकै त्यतिकै निराश हुँदै जान थाल्यो । उसले कैयौं प्रयास गर्दा पनि रुपालाई भेट्न नसकी रन्थनिरहेको थियो । रुपा कै गाउँमा पुगेर पनि खोज िग¥यो तर खाली हात फर्कन विवस भयो । उसलाई न दिनमा भोक न त रातमा निन्द्रा नै थियो । लाग्थ्यो सारा खुसी रुपाले नै लगेकी थिइन् ।
    रुपा कै गाउँ भन्दा पल्लो गाउँमा बास बसेको दिनेश रातभरि निदाउन सकेन । मनमा चैन थिएन । आखिर रुपा एककासी किन टाढा हुन पुगिन् त ? यहि कुरा मनभरि खेल्थ्यो । रातभरि मन भरि अनेक तर्कना खेलाउँदै उसको रात आँखै झिमिक्क नगरि बित्यो ।
    भोलिपल्ट भाले नबास्दै दिनेश अघिल्लो रात बेसुरा नै सहि रुपाको बिहे हुँदैछ भनेको गाउँतिर हान्नियो । बिहे घरमा पुगेर उसले रुपाले खोज्यो काहिँ देख्न सकेन । खोज्दै जाँदा उसले रुपालाई एउटा कोठामा फेला पा¥यो । मात्र हेरिरह्यो उसले । धेरै पछि रुपाको दर्शन पाउँदा दिने आफै दङ्ग परिरहेको थियो । एक टकले उसले रुपालाई नै हेरिरह्यो । केवल रुपालाई नै । उसलाई अरु कुनै कुराको मतलव थिएन । बर्षौ पछि खुसी भेटे झैं महसुस ग¥यो उसले । लाग्थ्यो उसले सारा संसारलाई नै भुलिरहेको थियो ।
    रुपा भने सोह्र श्रृङ्गार गरी अप्सरा झैं बनेकी थिइन् । रातो सारी रातो चोली आहा कति राम्री देखिएकी । साँच्चै नै स्वर्गकी अप्सरा देखिन्थिन् उनी । दिनेश उनैलाई एकोहोरो हेरिरहेकी थिइन् । साँच्चै नै यति राम्राी उनलाई दिनेशले कहिल्यै देखेको थिएन । ‘केटा मान्छे भएर के हेरि राको केटी मान्छेले श्रृङ्गार गरेको ? लाज लाग्दैन ? खै उता जानुस् ।’ जब रुपाकी एक संगिनीले भनिन् एकोहोरो हेरिरहेको उसको तन्द्रा भङ्ग हुन पुग्यो । उसलाई कता कता लाज लागेर आयो ।
    दिनेशसँग जब रुपाकी संगिनीको कुराकानी भयो तब रुपाको नजर पनि दिनेशतिर पर्न गयो । जब रुपाको नजर दिनेशतर्फ प¥यो तब रुपा रिसले सरासर दिनेशको अगाडि आइन् र गाली गर्न थालिन् —‘अब मसँग के बाँकी छ र तिमी आयौ । मेरो सारा खुशी त तिमीले लुटिसक्यौ अब के खोज्न आएका हौ ? कि मेरो दुर्दशा हेर्न कन लागेर आएका हौ ? तिमीले मलाई काहिँ पनि सुखले बाँचन दिने भएकौ हैन । ठीकै छ । यसरी बार बार मलाई जिउँदै मार्नु भन्दा एकै चोटी घाँटी थिचेर मारिदेउ मलाई ।’ दिनेशको दुबै हात आफ्नो गलामा लगेर न्याक्न थाली ।
    त्यहाँ भएका रुपाका सबै साथिहरु अक्क न बक्क भए केहि क्षण त । केहि सोच्नै सकेनन् । दिनेश केहि बोल्न खोजिरहेको थियो तर रुपाले उसलाई बोल्ने मौका नै दिएकी थिइनन् । ‘भन तिमी मबाट के चाहन्छौ ?’ रुपाले रुँदै भनिन् । ‘म मात्र तिम्रो खुशी चाहन्छु । तिम्रो लागि म सबथोक त्याग्न सक्छु । के तिमी यो विवाहबाट खुशी छौ ?’ दिनेशले प्रति प्रश्न ग¥यो ।
    ‘मेरो खुशीको तिमीलाई चासो छ र ? तिमी त मेरो खुशीलाई हाँसी हाँसी रेट्न खोज्ने मान्छेलाई अुशी के हो के थाह । भो तिमी मेरो नजिक नै नआउ । जाउ मेरो आँखाबाट टाढा टाढा जाउ । मलाई आफ्नै तरिकाले जिउन देउ ।’ रुपाले दिनेशको कुनै कुरा सुन्न नै नचाहेर उसलाई तिरस्कार गर्न थाली । दिनेश निरीह बनेर हेरि मात्र रहेको थियो त्यसै समयमा रुपाका संगीहरु आएर  दिनेशलाई त्यहाँबाट जबरजस्ती बाहिर निकाली दिए । केहि क्षण पश्चात विवाहमा आएका केहि यूवाहरु पनि त्यहाँ आइपुगे । ती यूवाहरुलाई दिनेशलाई पिट्दै त्यस विहे घरबाट अलि टाढा लगेर छाडिदिए ।
    दिनेश रुँदै रुँदै टाढैबाट रुपालाई अर्कैले अन्माएको हेर्न विवस थियो । रुपा आज अरु कसैकी अर्धाङ्गिनी बन्दैथिइन् । टाढा कता कता गीत बजिरहेथ्यो । ‘ नबिसैृ तिमीलाई न पाउँ तिमीलाई बिना अर्थ दिलमा सजाएँ तिमीलाई ।’
    क्रमशः (घटना सत्य भए पनि पात्रहरु फेरिएका छन् । )

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार