२०८१ जेष्ठ ७, सोमबार | Mon, 20, May, 2024

बहिनीको पत्र !


२८७१ पाठक संख्या

रचना मोक्तान यात्री प्रत्येक बर्षझैँ फेरि आइपुग्यो घडीको रफ्तारमा यौटा नयाँ क्यालेन्डर क्यालेन्डरसँगै फेरियो जीवनको

  • नवसंकेत अनलाईन
  • २०७५ पौष २४, मंगलबार मा प्रकाशित ५ साल अघि
  • रचना मोक्तान यात्री

    प्रत्येक बर्षझैँ
    फेरि आइपुग्यो घडीको रफ्तारमा
    यौटा नयाँ क्यालेन्डर
    क्यालेन्डरसँगै फेरियो जीवनको आवरण ।

    थपियो जीवनको अंकगणित
    अंकगणितसँगै घट्दै गयो यौवनको ऐकिक नियम
    जीवन फुलेकै छ
    यौवनहरू हुर्कँन बाँकी छँदै
    यसरी हरेक बर्ष फेरिँदै गयो भने
    सिरानीमाथि झुन्डिएको क्यालेन्डर
    कसरी मुस्कुराउला हजुरजस्तै ?
    दाइ !
    समय हो जो दौडिरहन्छ
    जीवनले केही असफलता पाउला
    नआत्तिनु
    हिँड्दा बाटोमा पहाड भेटिएला
    नअडिनु
    हजुरका औँलाहरू जो छन्(
    सारेगमसँग नाचिरहोस् ।

    हजुरका सिर्जनाहरू जो छन् ती सबै प्रिय छन्
    तपाईं नदी हो निरन्तर बगिरहनुस्
    यस्तै जीवन बाँचिरहनुस्
    एकदिन भेटाउनु हुने छ भेटाउन बाँकी शालिकग्राम
    शुभकामना यहि हो यहि रहनेछ ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार