२०८१ जेष्ठ ७, सोमबार | Mon, 20, May, 2024

एक परिश्रमी


४१४१ पाठक संख्या

परिवर्तन मोक्तान हातमा पन्जा ज्याबेल छ अगाडि सिमेन्ट बालुवा पनिको मिश्रण छ तलिन छ सुन्दर

  • नवसंकेत अनलाईन
  • २०७५ पौष २४, मंगलबार मा प्रकाशित ५ साल अघि
  • परिवर्तन मोक्तान

    हातमा पन्जा ज्याबेल छ
    अगाडि सिमेन्ट बालुवा पनिको मिश्रण छ
    तलिन छ
    सुन्दर महल बनाउन पलास्टर गरिरहे छ
    एक परिश्रमी ।
    गोजिमा बजिरहे छ
    सुरिलो आवाज र सङ्गित ।
    चिसो छ मौसम
    छैन तनमा कुनै न्यानो बस्त्र
    छ त केबल
    एउटा पतलो च्यादर
    तर आन्नद लिइ रहेछ
    परिश्रम र सङ्गितका।
    वन पखामा घास काटदै गर्दा
    बारिका पाटामा कोदो, घहु टिप्पदै गर्दा
    मोबाइल फोनमा
    बजिरहन्छ सुरिलो आवाज र सङ्गित
    आन्नद लिरहे छ परिश्रम र सङ्गितका।
    आलिसान महलको सुनसान कोठामा
    नितान्त एकलोपनमा
    सुरिलो आवज र सङ्गित साथिबनेर
    गुन्जी रहेछ !
    गुन्जी रहेछ !

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार