२०८१ बैशाख १७, सोमबार | Mon, 29, Apr, 2024

खुत्रुक्क पार्न पनि सक्छ


३१५२ पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०७८ अषाढ ९, बुधबार मा प्रकाशित २ साल अघि
  •       गजल ***
    विश्वासमा नटासिनु मार्न पनि सक्छ
    धेरै नजिक नजानु सार्न पनि सक्छ।

    आफू ठिकै छदैछु भन्दै ढुक्क नहुनु
    कोरोनाले बेसरी पछार्न पनि सक्छ।

    माया त अवस्य लाग्छआफन्तको सधैं
    वेवशी हेर ! खुत्रुक्क पार्न पनि सक्छ।

    समयले खेल खेल्यो आफै बच्नु पर्ने
    सचेत हुनु ज्यान बटार्न पनि सक्छ।

    कोही नि छैन रहेछ ज्यान भन्दा ठूलो
    सार्छ भन्ने रीसमा लघार्न पनि सक्छ।

    शर्मिला श्रेष्ठ हाल अमेरिका

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार