२०८१ बैशाख २१, शुक्रबार | Fri, 03, May, 2024

होम क्वमरेन्टाइनमै मृत्यु, नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या २३


१७६८ पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०७७ अषाढ ७, आईतबार मा प्रकाशित ३ साल अघि
  • काठमाडौँ — कोरोना संक्रमणले थप एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा गुल्मी छत्रकोट गाउँपालिकाका वडा नं ५ का ६९ वर्षीय पुरुष रहेका छन् । ती पुरुषको मृत्युबारे आइतबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मृत्युको औपचारिक रुपमा पुष्टि गरेको हो ।

    मन्त्रालयले आयोजना गरेको नियमित मिडिया ब्रिफिङमा प्रवक्ता डा जागेश्वर गौतमले आइतबारसम्म मृत्यु हुनेको संख्या २३ पुगेको बताए । ती पुरुष प्यारालाइसिस उपचार गरेर जेठ २५ गते नेपाल आएका थिए । उनी होम क्वारेन्टइनमा बसेका बेला असार ५ गते घरमै मृत्यु भएको थियो । उनको सोही दिन नमुना संकलन गरिएको थियो र ६ गते कोरोना पुष्टि भएको थियो ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार