२०८१ बैशाख २०, बिहिबार | Thu, 02, May, 2024

काभ्रेपलाञ्चोकमा गुरु रिम्पोछेको ४३ फिट अग्लो प्रतिमा


९८०३ पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०८० बैशाख २६, मंगलबार मा प्रकाशित ११ महिना अघि
  • काभ्रेपलाञ्चोक / नमोबुद्ध नगरपालिका वडा नं ९, गहतेमा गुरु पद्मसम्भव (गुरु रिम्पोछे) को ४३ फिट अग्लो प्रतिमा निर्माण गरिएको छ । बुद्ध मुर्ति निर्माण उपभोक्ता समितिमार्फत सो स्थानमा गुरु पद्यसम्भवको सम्भवतः जिल्लामा नै अग्लो प्रतिमा निर्माण गरिएको समितिले जनाएको छ ।

    विभिन्न आर्थिक बर्षमा गरी वडाबाट ५० लाख, बाग्मती प्रदेश सरकारको २५ लाख, स्थानीयको सहयोग ३० लाख र श्रमदान समेतबाट करिब १ करोड १५ लाखको अनुमानित लागतमा प्रतिमा स्थापना गरिएको उपभोक्ता समितिका अध्यक्ष दलबहादुर तामाङले जानकारी दिए । उनका अनुसार, प्रतिमा निर्माण स्थलमा पर्खाल निर्माणको लागि थप २५ लाख विनियोजन भएको थियो ।

    प्रतिमामा सोमबार प्राण प्रतिष्ठान गरिएको छ । धर्म गुरु क्याब्जे खेन्टुल ग्याङखाङ रिम्पोछे, नमोबुद्ध नगर प्रमुख कुनसाङ लामा र उपप्रमुख रत्नबहादुर लामाले संयुक्त रुपमा प्रतिमा अनावरण गर्नुभयो । नगर प्रमुख लामाले सो स्थानमा अन्य पूर्वाधार निर्माण समेत गर्न बाँकी रहेको भन्दै संघ, प्रदेश र स्थानीय सरकारबाट पनि बजेट बिनियोजन गर्ने बताउनुभयो । धर्मगुरु रिम्पोछेले गुरु पद्यसम्भवको प्रतिमा स्थापनाले सो क्षेत्रमा धार्मिक पर्यटनको सम्भावना बढ्नुको साथै प्रगति हुने विश्वास व्यक्त गर्नुभयो ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    १%

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार