२०८१ बैशाख २०, बिहिबार | Thu, 02, May, 2024

बैदेशिक रोजगारीको लागि कोरिया विश्वकै पहिलो गन्तब्य


५२७९ पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०८० बैशाख २६, मंगलबार मा प्रकाशित ११ महिना अघि
  • कोरिया /नेपाली उपभोक्ता संरक्षण महासंघका कानूनी सल्लाहकार अधिवत्ता तथा पत्रकार बिष्णु गिरी निश्चलले दक्षिण कोरियाका लागि कार्यबहाक नेपाली राजदुत पुष्पराज भट्टराईसँग भेटवार्ता गरेका छन् ।
    नेपाली दुतावासमा सोमबार भएको भेटमा ईपीएस मार्फत कोरिया आएका कामदारको अवस्थाको बारेमा छलफल भएको थियो । भेटमा कोरियामा ईपीएस मार्फत आएका नेपालीहरुको कुनै पनि समस्या नरहेको र कोरियामा समाधान नहुने कुनै समस्या नरहेको भेटमा कार्यबहाक राजदुत भट्टराईले जानकारी दिए । भट्टराईका अनुसार नेपालीहरुको ब्यत्तिगत समस्या मात्र रहेको नीतिगत रुपमा कुनै प्रकारको समस्या नेपालीहरुमा आए त्यसको लागि राजदुतावासले काम गरिरहको बताए । नेपालीहरुको लागि बैदेशिक रोजगारीको लागि कोरिया विश्व कै १ नम्बरको गन्तब्य भएको भट्टराईले जानकारी दिए ।
    भेटमा सहभागि नेपाली दुतावासकी काउन्सीलर चन्द्राकला वलीले ईपीएस ४० हजार नेपालीहरु कोरिया आएको र त्यसमा ३ हजार महिला श्रमिकहरु पनि कोरिया आएको जानकारी दिईन । उनका अनुसार हुण्डी कारोबारलाई निमुल गर्न बितिय साक्षरता अभियान दुतावासले संञ्चालन गरिरहेको जाकारी दिदै नेपालीहरुलाई जस्तो सुकै समस्ष परे पनि दुतावासले सहयोग गरेको बताईन । सो अवसरमा दुतावासका अन्य कर्मचारीहरुसँग पनि छलफल भएको थियो ।
    भेटमा नेपाली ब्यबसायी रोक्का बहादुर तामाङको समेत सहभागिता रहको थियो । बैशाख १९ गते कोरिया आईपुगेका पत्रकार बिष्णु निश्चल नेपाल पत्रकार महासंघ उपत्यका प्रदेश समितिका कार्यसमिति सदस्य समेत हुन् । अधिवत्ता गिरीले एन.आर ए.एन कोरियाका प्रतिनिधीहरु भेटगरी कोरियामा रहेका नेपालीहरुको अवस्थाको बारेमा छलफल गरेका छन् । अधिवत्ता गिरीले इपिएस मार्फत कोरिया पुगेका नेपालीहरुले काम गर्ने कम्पनी तथा कृषि फर्महरुको अवलोकन समेत गर्नेछन् । अधिवत्ता गिरीले कोरियाली उपभोत्ता संघले आयोजना गर्ने कार्यक्रममा सोमबार सहभागी हुने छन् ।
    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार