२०८१ बैशाख २७, बिहिबार | Thu, 09, May, 2024

काभ्रेपलाञ्चोकमा उत्कृष्ट मेलमिलापकर्ता सम्मान


११९६१ पाठक संख्या
  • २०८० जेष्ठ ३१, बुधबार मा प्रकाशित १0 महिना अघि
  • काभ्रेपलाञ्चोक । काभ्रे जिल्लाको पनौती नगरपालिका न्यायिक समितिको आयोजनामा भएको मेलमिलापकर्ता भेलामा उत्कृष्ट मेलमिलापकर्ता लाई सम्मान गरिएको छ ।

    सम्मानित हुनेमा पनौती ९ का माधव प्रसाद हुमागाई रहनुभएको छ । उहाँलाई नगद पुरस्कार सहित नगर प्रमुख रामशरण भन्डारी, उपप्रमुख गीता बन्जारा , प्रमुख प्रशासकीय अधिकृत प्रणराज न्यौपाने लगायतले प्रमाणपत्र , नगद रु ५५५५÷सहित दोसल्ला ओढाएर सम्मान गरेको थियो ।

    उपप्रमुख गीता बन्जाराको अध्यक्षता तथा प्रमुख राम शरण भन्डारीको प्रमुख आतिथ्यमा सम्पन्न उक्त कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत प्रणराज न्यौपाने, मेलमिलाप कर्ताहरु रमा तिमल्सिना, लोकनाथ सापकोटा लगायतले आ आफ्नो धारणा राख्नुभएको थियो । न्यायिक समिति सदस्य महेन्द्रलाल श्रेस्ठले स्वागत गरेको कार्यक्रममा प्रमुख भन्डारीले मेलमिलापकर्ताको भुमिका अब्बल हुने ढङले कार्य गर्न नगर सदैव मेलमिलापकर्ताको हितमा आबश्यक कार्य गर्न तयार रहेको बताउनु भयो ।

    भेलालाई सम्बोधन गर्दै उप प्रमुख बन्जाराले न्यायिक समितिका विबाद निरुपणमा मेलमिलापकर्ताले अत्यन्त सर्हानिय कार्य गरेको, आफु जहिले नि मेलमिलापकर्ताहरुको साथ रहेको र आगामि दिनमा यसको निम्ति आबश्यक बजेट राख्न पहल गरिने बताउनु भयो । प्रदिप सापकोटाले सन्चालन गरेको उक्त कार्यक्रम दुइचरणमा भएको थियो । पहिलोचरणमा समुह विभाजन गरि समुह छलफल गरि निस्केका निचोडहरु प्रस्तुत गरिएको थियो ।

     

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    ३%४%१%

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार