२०८१ बैशाख २६, बुधबार | Wed, 08, May, 2024

काभ्रेको भैंसेपाटीमा सवारी दुर्घट्ना, एकको मृत्यु


१०७१३ पाठक संख्या
  • २०८० श्रावण ३०, मंगलबार मा प्रकाशित ८ महिना अघि
  • काभ्रेपलाञ्चोक । काभ्रे जिल्लाको बनेपा नगरपालिका वडा नं. १३ स्थित भैंसेपाटीमा सवारी दुर्घट्ना हुँदा १ जनाको मृत्यु भएको छ । इलाका प्रहरी कार्यालय, बनेपाका अुनसार मृत्यु हुनेमा धुलिखेल नगरपालिका वडा नं. १ बस्ने वर्ष २१ को अभिसेक न्यौपाने रहेका छन् ।

    प्रहरीका अनुसार आज विहान १०ः २० बजे बनेपाबाट साँगा तर्फ जादै गरेको बा प्र–०२–०३४ प ११६७ नं. को मोटरसाइकललाई बिपरित दिशा तर्फबाट आउदै गरेको बा प्र ०३ ००१ख १५८६ नं. को १० चक्के ट्रकले ठक्कर दिँदा न्यौपाने गम्भिर घाइते भएको थियो । प्रहरीले घाइते न्यौपानेलाई उपचारको लागि धुलिखेल अस्पताल ल्याइएकोमा थियो ।

    टाउकोमा गम्भिर चोट लागेका उनलाई विहान १०ः५५ बजेको समयमा उपचारको क्रममा डाक्टरले मृत घोषणा गरेको प्रहरीले जनाएको छ ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार