२०८१ बैशाख २७, बिहिबार | Thu, 09, May, 2024

काभ्रेपलाञ्चोकमा हत्याको अभियोगमा २ लाई झ्याप


६८१३ पाठक संख्या
  • २०८० आश्विन १५, सोमबार मा प्रकाशित ७ महिना अघि
  • काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोक जिल्ला बनेपा नगरपालिका वडा नं १ मा भएको हत्या अभियोगमा प्रहरीले दुई जनालाई पक्राउ गरी आवश्यक कानुनि कारवाही सुरुगरेको छ ।

    बनेपा नगरपालिका वडा नं १ कलमसीमा , घिमिरे गाउँमा केहि दिन अगाडि सिन्धुली जिल्लाको मरिण गाउँपालिका वडा नं ५ का ५५ बर्षीय दूधलाल थिङको हत्या भएको थियो । सोही बिषयलाई लिएर प्रहरीले सक्रियताका साथ अगाडि बढ्दा अभियुक्त द्वयलाई पक्राउ गर्न सफल भएको छ ।

    थिङको हत्यामा संलग्न चागुनारायण नगरपालिका वडा नं ८ का २१ बर्षीय समिर राय र बनेपा नगरपालिका वडा नं १ का २२ बर्षीय इश्वर विकलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय काभ्रेका प्रवक्ता प्रहरी नायब उपरिक्षक (डिएसपी) राजकुमार श्रेष्ठले जानकारी दिए ।

    श्रेष्ठका अनुसार मादक पदार्थ सेवन गरेका राय र विकको सोही स्थानमा मजदुरी गर्दै आएका थिङ विच भनाभन भएको थियो । राय र विकले क्षणिक आवेग नियन्त्रण गर्न नसकि थिङलाई भुईमा लडाई पछाडीबाट टाउकोमा ढुंगा प्रहार गरी फरार भएका थिए । घटना घटाउदा बखत उनीहरुले प्रयोग गरेको कपडा समेत प्रहरीले बरामद गरेको छ ।

    पक्राउ परेकाहरुलाई मुलुकी फौजदारी अपराध संहिता ऐन २०७४ को ज्यान सम्बन्धी कसुरमा म्याद थप गरी थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

     

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    १%

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार