२०८१ बैशाख २७, बिहिबार | Thu, 09, May, 2024

काभ्रेपलाञ्चोकमा मोटरसाईकल दुर्घटना एकको मृत्यु


१८६१७ पाठक संख्या
  • २०८० आश्विन २४, बुधबार मा प्रकाशित ७ महिना अघि
  • काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोक जिल्लाको रोशी गाउँपालिलका वडा नं ११ माम्दीमा मोटरसाईकल दुर्घटना भई सख्त घाईते भएका सर्वेश्वर हुमागाइको उपचारको क्रममा मृत्यु भएको छ ।

    आज (बुधबार ) दिउसो १ बजेको समयमा बनेपाबाट सिन्धुली तर्फ जादै गरेको बा ९६ प ९२६१ नं.को मोटरसाईकल आफै अनियन्त्रित भई दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकले जानकारी गराएको छ ।

    मोटरसाईकल दुर्घटना हुँदा रोशी गाउँपालिलका वडा नं ११ स्थित वि.पि राजमार्ग सडकको बायाँ साईडको डिभाईडरमा ठोकिन गई नालिमा खस्दा मोटरसाईकल चालक काभ्रेपलाञ्चोक बनेपा न.पा. १० जनागाल बस्ने वर्ष २५ को सर्वेश्वर हुमागाई घाईते भई उपचारको लागी धुलिखेल अस्पताल पठाएको थियो । घाइते हुमागाईको टाउकोमा गम्भीर चोट लागेको उपचारको क्रममा आज दिउसो २ बजेको समयमा डाक्टरले मृत घोषणा गरेको थियो ।

     

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    १%५%

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार