२०८१ बैशाख २७, बिहिबार | Thu, 09, May, 2024

काभ्रेपलाञ्चोकमा मोटरसाईकल दुर्घटना एकको मृत्यु


२१३४७ पाठक संख्या
  • २०८० आश्विन ३०, मंगलबार मा प्रकाशित ६ महिना अघि
  • काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोक जिल्ला पनौती नगरपालिका वडा नं १० दाहालटारमा रोकी राखेको बा ७ च ६२७७ नं. को बोलेरोमा पनौतीबाट दाहालटार तर्फ जादै गरेको बा ६५ प ७१३९ नं. को स्कुटर आफै ठोकीई उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जानकारी गराएको छ ।

    सो दुर्घटनामा परि घाईते भएका पनौती न.पा ७ बसपार्क बस्ने वर्ष १६ को ईरोज ताम्राकार र पनौती न.पा ७ ठाडोबाटो बस्ने वर्ष १७ को सुबोध श्रेष्ठ घाईते हुँदा उपचारको लागि धुलिखेल अस्पताल पठाईएको थियो ।

    उपचारको क्रममा आज (मंगलबार) साँझ ७ बजे ईरोज ताम्राकारको मृत्यु भएको भनि उपचारमा संलग्न डाक्टरले घोसणा गरेको थियो । मोटरसाईकलको पछाडि बसि यात्रा गर्ने अर्का घाईते सुबोध श्रेष्ठको अवस्था सामान्य रहेको जानकारी प्राप्त भएको छ । दुर्घटना भएका सवारी साधनहरु बनेपा प्रहरीको नियन्त्रणमा रहेको छ ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    १%१%१%१५%

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार